Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 06, 2012 | Author : निर्भिक राई
Category : Poetry / कविता | Views : 682 | Unrated

  
निर्भिक राई

तिम्रो एकतर्फी प्रेमको फोप्सीमा (खाडल) बाट निस्कनु

मैले अनेक उपाय खोज्दा पनि म असफलतामा पछारिइरहेको

पहिलो हेराइमा तिम्रो रुपले लट्ट्याएको नशाबाट म बौरिनु नसकेको

तिम्रो एकतर्फी प्रेममा समर्पित हुँदा म खुस्किएको

जुन समर्पणबाट शहीदले जस्तो इज्जत मैले पाउनुको साटो

'कात्तिके कुकुर वा देउते बोको' को सम्बोधनबाट म अपमानित हुनु सक्ने

तिमीतर्फ बगिरहेको मेरो अविरल प्रेम

उँधो झरिरहेको खोला भेट्न उँभो चढिरहेको बाटोझैँ सके उल्टो गइरहेको,

 

तिम्रो प्रेम यदि वासनात्मक मात्र भए

त्यसको तृप्तिपछि पो त्यसबाट मुक्ति पाउने छु कि ?

वा त्यसको प्राप्तिपछि नशा झन् थपिई

कहिल्यै बौरनु नसक्ने गरी म लट्टरिहने हो कि ?

साली ताक्ने व्यभिचारले मलाई उक्साएको हो भने

अरु दुइटी सालीप्रति म किन बेवास्ता भएको ?

काइँलीसाली धेरैको आँखाले छानेको भए पनि

मेरा आँखाहरु र मनले तिमीलाई छानेको

रुपसी मात्र नभई गुनिलो समेत भई तिमी मेरो हृदयमा टाँसिएकी

त्यसैले मेरो प्रेमभित्र वासना मात्र नलुकेको दाबी मैले पछारेको

तिम्रो एकतर्फी प्रेमको विरुद्घ मेरो स्वाभिमानले उघारेको फँणा

स्थायी रुपमा उघ्रिरहनु नसकी बन्द हुने गरेको

मलाई पिरोल्ने तिम्रो माया प्राप्ति अघिको लालसा मात्र हो त ?

 

क्रान्तिको नशाले चे ग्वेभारा वलिदान भएझैँ

तिम्रो मायाको नशाले म वलिदान हुनु तयार भएको

कलशको घाँटीजस्तो सुन्दर तिम्रो घाँटी

आकर्ष छातीमा जोडिएको लोभलाग्दो दृष्य

मेरो निधारको मोनिटरमा नमेटिएको

किनारलाई छुँदै र्सर्ने नदीझैँ

तिम्रो जीवनजोडी र मलाई बराबरी छुँदै तिमी के बग्न सक्ने ?

त्यस्तो प्रायः असम्भव कुरालाई तिमीले सम्भव बनाए

तिमी मेरी बेजोड प्रेमिकाको रुपमा मैले पाउने

नत्र तिमीलाई एकलौटी पाउन सके

हराएको आफ्नो महान् चीज पाउँदाझैँ म बेहद रमाउने

कृपया ! तिमीले मलाई प्रेमको कोमलताले नसुमसुम्याए पनि

घृणाको कठोरताले दरफर्याई तिम्रो एकतर्फी प्रेमबाट हच्काउनु ।
 

मनमैजु, काठमाण्डू ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
शान्त तलाउ पनि छचल्किएको छ
सुनसान बोटबृक्षाहरू चलमलाएका छन
चुपचाप निदाउने रात पनि चिच्याएको छ
स्थिर बुख्याचा पनि हल्लिएको छ
चरा मुसा चिरबिर चुँचुँ गरेका छन
किट पतंग किरिक कुरूक गरेका छन

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
706397
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com