Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 05, 2013 | Author : राजु महत
Category : Review / समिक्षा | Views : 1662 | Rating :

  
राजु महत

स्वच्छन्द शैलीमा लेखिएका क्यानभाासमा कोरिएका कथाहरु कथा शृखलामा पच्चीस वटा कथा संगहीत छन् । कथाकारले समय भावनालाई लयबद्ध गरेर समेटिदिएकी छन् । कथाकार शर्मिला खड्का (दाहाल) ले परम्परागत शैली तोड्दै नयाँ ढंगबाट कथा लेखन शुभारम्भ गर्नुभएको छ । कथाकार दिवाकर र अनामिकालाई पात्रको रुपमा प्रस्तुत गर्दै प्रत्येक कथा निजात्मकरुममा अगाडि बढेका छन् । कथाहरुमा सामाजिक विसंगति, आधुनिक समाजमा देखापरेका पुस्तागत वैचारिक भिन्नता, देशको समसामाथिक अवस्थाले सिर्जना गरेका संवेदनहीनता र विकृतिहरुको वास्तविक ढंगबाट प्रस्तुत भएका छन् ।

हरेक कथामा कथाकार कथासँगै बगेका छन् । आफ्नै अनुभवलाई कथात्मक शैलीमा आफै पात्र बनेर सामाजिक यर्थाथता र संस्कारजन्य बाध्यताहरुलाई समेटेर विद्रोह र मिलापलाई वास्तविकतामा देखाउँदै समस्या र समाधान दुवैकालाई उजागर गरिएका छन् । वास्तविक पात्रहरुलाई कथामा उतारेर तीनै पात्रहरुलाई नै कथा लेख्न लगाएर कथाकार साक्षी बसेकी छन् र पाठकहरु न्यायमूर्तिको रुपमा न्याय सम्पादन गर्न सक्षम भएफैँ देखिन्छन् ।

देशले भोगेको समाजले आत्मसात गर्न नसकेको समसामयिक समस्याहरुको कथाहरुमा बाहुल्यता पाएका छन् । पुरुष प्रधान वर्चस्वको कारण नेपाली समाजमा अव्यक्तरुपमा रहेको नारीका समस्याहरु अस्तित्व खोजिसँगै विवद्रोहको आकारमा देखपरेका र पति पत्नीबीचको सम्बन्धलाई समानता र आत्मसम्मानका रुपमा रहनुपर्ने विषयलाई कथाहरुमा बेजोड किसिमले उठाइएको छ । विकृति, त्रासदी, पीडा, वेदनालगायत विद्रोह, द्वन्द्व, प्रेम, प्रणय, यौन, सबैलाई समेटेर कथाहरु सुन्दर बनेका छन् । विदेशिएका नेपाली युवा औ युवतीका पीडा, विदेशममा बलात्कृत भएकी नेपाली महिलाहरुको व्यथा, माओवादी द्वन्द्वमा

छापामारभएकी युवती खुल्ला र स्वतन्त्र जीवनमा बाध्यताले यौनकर्मी हुनुपरेको र विदेशममा मारिनु परेको विषयहरु मन छुने खालका छन् । असफल प्रेम, विखण्डन भएको सामाजिक मान्यता, शहरी जीवनमा मौलाउँदै भएको युवा औ युवतीबीचको यौन उच्छृखलता र विकृत बन्दै गएको समाज, मर्यादाको सीमा नाघेर असाजिक बन्दै गएका मानिसहरु, घरपविार र त्यसको कलुषित असरले मानवता मर्दै गएका विषयहरु कथाहरुमा समावेश छन् । मानवीय संवेदना हराएको समाजमा आफनै आमाको उपचारको लागि सहयोग नपाउँदाको पीडाले आफनै साहुलाई मारेर खर्च जुटाउदा पनि आमालाई बचाउन नसक्दा विक्षिप्त भएको युवकाको कथा मर्माहत छ ।

कलाकारले कुचीले चलाएर सुन्दर चित्रको सिर्जना गर्दै क्यानभासलाई जीवन्त बनाएजस्तै कथाकार शर्मिला खडका (दाहाल) ले पनि क्यानभासमा कोरिएका कथाहरुलाई नेपाली साहित्यकाशमा एउटा जीवन्त कृति दिने कोशिश गरेकी छन् । यद्यपि नयाँ शैलीगत रुपमा कथाहरु लेखिएकाले व्याख्यात्मक ढंगमा आएका एकै किसिमका भावनात्मक विषयहरु दोहोरिएका छन् । एक कथा अर्को कथासँग सम्बन्धित भएका कारण उपन्यास जस्तो पनि लाग्छ । तथापि मुक्त शैली र नवीन ढंगले लेखिएको कृति भएकोले नेपाली साहित्यमा यसले नयाँ तरगं पैदा गरेको छ ।

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
गजल उस्तै छ मात्र धुन बदलियो
अधेरि उही हो मात्र जुन बदलियो।
मालि संग डालि मागी भमरा रमायो
फूल मुल्य सस्तो नै छ सुन बदलियो।
माया प्रेमका राम्रा राम्रा कथा पढीयो
माया उही मायालुको गुन बदलियो।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
924294
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com