Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 01, 2008 | Author : मालिकराम राई 'वियोगी'
Category : Story / कथा | Views : 1465 | Rating :

  
मालिकराम राई 'वियोगी'

                                                भाग २
            उसको आँखाभरि विद्रोहको भाव स्पष्ट देखिन्थ्यो । निराशाका लहर मुहारभरि फैलिन्दै थियो । पीडा र दर्दका आभाहरू ओँठभरि लर्बराउदै थिए । त्यसपछि उनीहरू छुटे । अझ दिलमान बोल्थ्यो होला तर ऊ घरबाट निक्लेको समय निकै भइसकेको थियो । अलि ढिलो भयो भने उसकी स्वास्नीले उखर्माउलो मचाउँथी । उनी साह्रै दुर्छी, छुच्ची, मुखाले थिईन् । एकाध घण्टा ऊ कतै भुलियो भने बबण्डर मच्याउथी । कति पटक त माधव हुँदाहुँदै उसले आफूलाई अदपमा राख्दा राख्दै उसको सातो खाएकी थिई । उसले यो निसन्देह भन्न सक्छ कि दुवैले माधवलाई सम्मान र आदर गर्थे । कारण के थियो त्यो त ऊ भन्न सक्दैन तर उसको उपस्थितिमा उनीहरू आफूलाई अदपमा राख्न हरप्रयास गर्थे । दिलमान साह्रै निरीह थियो । आफूलाई अदपमा राख्दा राख्दै त उसकी स्वास्नीले त्यति विधि उसको हुर्मत लिन्थी भने खुल्ला र आवेशमा कसो गर्दिहोली कसैले सोँच्नै सक्दैनथ्यो । उनको यो अव्यवहारिक र अस्वाभाविक प्रवृतिले माधवको अन्तरमन नराम्ररी प्रभावित भएको थिएछ । त्यसैले एक दिन उसले हठात भनिदियो,- "बहिनीको अनुहारजस्तै व्यवहार र शीलस्वभाव सुन्दर भइदिएको भए भाइले यो धर्तीमा केही खोज्नु पर्दैनथ्यो । काश ... ।" त्यसबेला दिलमानले निर्निमेष दृष्टिले उसलाई हेरिरह्यो मात्र, ऊ बोलेन । उसमा कुन भाव उब्जियो माधवले अनुमान लगाउन सकेन ।
          एक दिन उनीहरूको विशेष समारोहमा पुनः भेट भयो । यसपाली दिलमान धेरै निराश, उदाश देखिन्थ्यो । उसको अनुहारभरि खुशीको थोरै पनि संकेत थिएन । अनुहारमा न रस देखिन्थ्यो न बोलीमा जोश । उर्जाहीन यन्त्रजस्तै मूल्यहीन देखिन्थ्यो ऊ । मलीन अनुहार पार्दै दिलमान बोल्यो,- "अब त दाइ मेरो कथा बन्छ होला नि  "
           कसरी ? के थपियो र त्यस्तो घटना ?" माधवले जिज्ञासापूर्वक सोध्यो ।
          त्यस्तै भावमा दिलमान बोल्यो- "निर्दयी, निर्मोही स्वास्नी भनाउदिले मलाई छाडेर हिँडी ।" लगभग उसको स्वर खिइसकेको सुनिन्थ्यो । भन्दै गयो -"हेर्नु न दाइ, उसलाई बिहे गर्दा मलाई कम सास्ती परेको थिएन ! नेपाल गएर आमाबाबुबाट मीठो वचन लिई आएको थिएा तर यहाँ उसले ढिम्किन दिइन । म केमा ढुक्क थिएँ भने, हाम्रो संस्कार र परम्परामा आमाबाबुले वचन दिइसकेपछि त्यो अकाट्य हुन्छ । कथंकदाचित ! केटी कसैसँग गइहाली भने पनि फर्काउनु मिल्छ । अधिकार लाग्छ । हामी छोरामान्छेले पनि अर्को बिहे गर्न मिल्दैन । कतै त्यस्तो भइहाल्यो भने माफी माग्नुपर्छ, जरिवाना (नैतिकताको) तिर्नुपर्छ । त्यसैले वचन पाइसकेपछि हामी अनुकुल समयको प्रतीक्षामा बस्नुपर्छ । मैले पनि अनुकुल समय पर्खेर बस्नु पर्यो । किनभने केटीले मेरो परीक्षण गर्ने भई । एक वर्षे परीक्षण कालपछि मात्र उसले सहमति जनाई । अनि हाम्रो बिहे भयो ।"
          "उनले कस्तो परीक्षण लिइन् ? के तिम्रो व्यवहार शंकास्पद थियो ? कि तिम्रो आनीवानी उनलाई थाहा थिएन ?"
          "मेरो हाउभाउ र व्यवहार उसलाई अलि अनौठो र शंकास्पद लाग्यो रे । फेरि, त्यसबेला मेरा साथीहरू त्यस्तै थिए, लागुपदार्थ सेवन गर्ने । यी कारणले मेरो लामो परीक्षण लिनु परेको रे । वर्ष दिनको परीक्षण कालमा म सफल भएँ । हाम्रो बिहे भयो । हाम्रो जीवन सुखमय बित्यो । हाम्रो प्रेमको चिनो एउटा छोरो जन्म्यो । तर त्यो परीक्षण काल मैले काटेर पनि, हाम्रो छोरो भएर पनि आज ऊ हठात लापत्ता भई । उसका साथीहरू भन्छन् -"ऊ ब्रिटेन (युके) गएकी छे ।"
          माधव उसको कुरो निश्चल, निशब्द सुनिरह्यो । केही छिनको मौनतापछि ऊ बोल्यो- "सायद, तिमीले बहिनीलाई कहिलेकाहीं सताएका थियौ होला ? जसले गर्दा उनले तिमीलाई दुई चार दिन तड्पाउनु चाहिन् । तर केही अपवादबाहेक धेरै छोरीमान्छे बच्चालाई सर्वस्व मान्छन् । त्यसैले छोरो सम्झेर पनि उनी आउने छिन् । तिमी ढुक्क बसे हुन्छ ।"
          दिलमानले आफ्नो अडानबाट डेग नचली भन्दै गयो,- "मलाई त विश्वास लाग्दैन, उनी फर्केर आउछिन् भनेर ।" ऊ यसबेला साह्रै उदाश र निराश देखिन्थ्यो । उसको अनुहारमा कुनै जिज्ञासा, उत्साह, उमंग र विश्वास थिएन । त्यसैले मैले भनें,- "आमाबाबुको वचनलाई विश्वास गर्नेमान्छे तिमी, कसरी बच्चाको आमालाई विश्वास गर्दैनौं ? तिमीहरूको रीतिरीवाज र संस्कार सुनेर त मलाई ताजुप लाग्यो, आमाबाबुको वचन अकाट्य हुने तर बच्चाकी आमाचाहिँ .... ! बरु बच्चाकी आमा र बाबुलाई छोराछोरिसँगको सम्बन्ध अकाट्य हुनु पर्ने । आमाबाबुले दिने वचन त नारीहरूको स्वतन्त्रताको हनन हो । अविवाहित नारीले लोग्नेको चयन स्वतनत्ररुपमा गर्न सकोस् नकि आमाबाबुको वचन अकाट्यरुपमा मान्न परोस्। यस्तो विसंगतिलाई हामीजस्तो शिक्षित र सचेतवर्गले परिवर्तन गर्दै लानुपर्छ । सामाजिक संस्कार र परम्पराले मानव हितलाई बेफाइदा गर्छ भने त्यसलाई परिवर्तन गर्दै लानु हाम्रो कर्तव्य हो । यस्तो चलनले भाइको जस्तै घरव्यवहार डाँवाडोल हुनसक्छ ।"
          उसले भन्यो,- "खोइ दाइ ! हाम्रो संस्कार यस्तै छ । हामीले मान्नैपर्छ । शिक्षित अशिक्षित सबैले मानिरहेकै छन् । कसैकसैले परिवर्तनप्रति सोच्दै होलान् कि ... ।"
          दिलमानको अवस्था साह्रै नाजुक थियो । मधुरो मलिन अनुहार सडिसकेकोजस्तो देखिन्थ्यो । विक्षिप्त र उदास शरीर लिएर ऊ निकैबेर बर्बरायो अनि छुटियो माधवसँग
           केही महिनापछि फेरि उनीहरूको भेट भयो । त्यसबेला दिलमानको अवस्था साह्रै दयनीय भइसकेको थियो । उसको जीर्ण शरीरमा हाँसो र खुशीको रेखा रतिभर थिएन । दुब्लाएर हाड र छालामात्र देखिन्थ्यो उसको शरीर । त्यसबेला त ऊ पागलझैँ बोल्थ्यो । आफूलाई अदपमा राख्नै नसक्ने भइसकेको थियो ।
          माधवले प्रश्न गर्यो,- "बहिनीको पता लाग्यो त ?"
          दिलमान बोल्दै गयो,- "पत्ता लाग्यो । उनी पोइला गइसकी । अब उनी मेरी रहिनन् । उनको वियोगको तड्पाईमा मैले के गरिनँ होला । सबथोक गरेँ । म धेरै धार्मिक कृयाकलापतिर लागेँ । म मन्दिर, चर्च, मस्जिदमा गएर मनको पीरलाई भुल्ने प्रयास गरेँ । म कहिले गडएन्जल, कहिले साई बाबा, कहिले आत्मनन्दकहाँ गएर प्रार्थना, प्रवचन सुनेर ऊसँगको वियोगको पीर, व्यथा भुल्ने प्रयास गरेँ । यति गर्दा पनि उसलनई भुल्न सकिनँ । त्यसले गर्दा म गीत संगीततिर लागेँ । यो मेरो सानैदेखिको सोख र रुचिको विषय हो । म अहिले दिनेश दाइ (प्रख्यात संगीतकार दिनेश सुब्बा) सँग संगीत सिक्दै छु । यस परिवेशले निर्दयीको सम्झना र मनको तड्पाई भुल्न सजिलो भएको छ । मलाई बाँच्न केही सजिलो भएको छ । अनि दाइ ! अब त मेरो कथा लेखिदिनु हुन्छ होला नि, होइन ?"
          माधवले मन नलाग्दै भन्यो,- "लेख्ने कोसिस गरौंला नि ।" त्यसपछि उनीहरू छुटेका थिए ।
          हाम्रो नेपाली समाजमा घट्ने यस्तो घटना सामान्य भइसकेको छ, जसले हाम्रो अन्तरमनलाई छुनै सक्दैन । नेपाली समाज दिनानुदिन अधोगतितिर झरिरहेछ, जसले गर्दा कुनै शोषित पीडित तथा अन्यायको कथाले हामी गम्भीर हुनै सक्दैनौं । हामी हाम्रो समाजभित्रका विसंगति र कुरीतिहरूप्रति संवेदनशील हुनै सक्दैनौं, जसले ती विसंगति र कुरीतिहरूले हाम्रो समाजमा जरा गाडेर बसेको बस्यै छ । कतै कसैले यस्ता विषय र घटनालाई कथामा रुपान्तरित गरिहाले पनि पाठकहरूको अनिकाल खड्किँदो छ । अभाव छ । जसले गर्दा हाम्रा सर्जकहरू निरुत्साहित र निराश देखिन्छन् । यहाँ दिलमान साह्रै विक्षिप्त र दुःखित छ । ऊ एउटा पागलप्रेमी भएको छ । उसले जीवनभरि दुःखैदुःखमात्र भोग्दै आएको छ । अझ पनि त्यहीं दुःखले सताइरहेको छ, उसलाई । त्यसैले ऊ एउटा कलाकार (गायक, संगीतकार) बन्न संगीत सिक्दैछ । माधवले पनि जीवनमा यस्तै दुःख, पीर, व्यथा भोग्दै आएको छ । त्यही दुःखाइ र भोगाइलाई ऊ आफ्नो सिर्जनाहरूमा पोख्दै आइरहेको छ । अर्थात लेखक भएको छ । उनीहरूको भोगाइ दुखाइ समग्रमा समान छन् । र पनि माधवजस्तो सिकारु लेखकलाई कति पनि संवेदनशील र विचलित बनाएन, ऊ कति पनि गम्भीर भएन । 'लेख्ने प्रयास गरौंला' भनेर टारिदियो ।
          तर यो घटनाले माधवलाई सोच्न बाध्य बनायो । ऊ आफूले आफैँलाई प्रश्न गर्छ,- "मप्रति आज एउटा विशाल प्रश्न तेर्सिरहेको छ -के मैले आफूजस्तै शोषित पीडित र आफ्नै वर्गको हृदय-विदारक घटनालाई कथामा अनुवाद नगरुँ त ?" माधव आफैँ अनुत्तरित हुन्छ । उत्तरहीन । समाप्त ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Story / कथा category

बाटुलीको बैँश
अन्धा जनता
'क्याफे वान'
लाहुरे विरासत
लाहुरे विरासत
अभियान
सल्लाह
विकास
छायाँसँग एकरात
कोठा खोज्नुको पीडा र छाँया
सिपाहीको सपना
आइमाई
खीर
पापी समय र निष्ठूरी मायालु
वास्तविकता
बाजेको कथा
छरपस्ट तन्नेरीहरू
मृग तृष्णा

    Links
Column / स्तम्भ

    Random Pick
निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
706400
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com