नटुट्नु थियो सम्बन्ध हाम्रो टुटाएर कहाँ गयौ
नछुट्नु थियो साथ हाम्रो छुटाएर कहाँ गयौ
संगै जिउने संगै मर्ने कसम खायौ पहिले
दोबाटोमा एक्लै छाडी भन कहाँ गयौ अहिले
नलुट्नु थियो खुसि हाम्रो लुटाएर कहाँ गयौ
नछुट्नु थियो साथ हाम्रो छुटाएर कहाँ गयौ ।
जुन संसार हो तिम्रो उही लैजाउ मलाई
सम्झनामा हर पल नराख भो मुटु जलाई
नफुट्नु थियो शिशा सरि फुटाएर कहाँ गयौ
नछुट्नु थियो साथ हाम्रो छुटाएर कहाँ गयौ ।
खोटाङ |