Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 26, 2014 | Author : सुरेश आर.कटुवाल
Category : Poetry / कविता | Views : 771 | Unrated

  
सुरेश आर.कटुवाल

अध्याय "क"

 

तिमी बिश्वास गर्दैनौ होला,

मैले त अनुभव गरेको छु !

मेरो मानसपटमा त्यो अतित ज्युँदै छ,

मेरा आँगनीमा,

टक् टक् टक् गरी बजेका बुटहरु,

अनि काँधमा राइफल बोकेर !

 

काला भुसतिग्रेहरुले दिएका ति हुकुम,

 

"आज सें इस देशको भि हमं नें हमरा

एक छोटा राज्य घोषित कर दियां " ।

 

अनि लाचार भएर,

अरुको अस्तित्व़ स्विकारी,

आफ्नो अस्तित्वलाई नेपथ्यमा धकेली,

बिस्तारबादको पिडा मैले सहेको छु ।।

______________________

अध्याय "ख"

 

मेरो देश अनि पाटी-पौव़ा,

पाखा-पखेरा अनि नदी-नाला,

खोला-खाल्सी अनि हरियाली पहाड,

समथर तराई अनि चाँदी जस्ता हिमाल ।

पाटी-पौव़ा भत्किदै मेरो देश बिलिन हुने छ,

खोला-खाल्सी, नदी-नाला सुक्दै,

हरियाली पहाडहरु कक्रने छन्,

समथर तराई बाँझिदै, हिमालमा धमिरा लाग्ने छन् ।

तब मक्किदै गरेको सगरमाथा,

कक्रक्-कक्रक गरी ढल्ने छ,

आफ्नो आफ्नो इहलिला मुताबिक ।

 

अनि सोच त ! तिम्रो अस्तित्व़ काहाँ जाने छ ?

तिमीलाई कति आत्माग्लानी हुने छ ।।

__________________

अध्याय "ग"

 

अराष्ट्रिय तत्वहरुको घुषपैठ,

नेताहरुको अदुर्दर्शिता,

जनताको भेडी गोठाले स्वभाव,

अनि युव़ाहरुको देश देखी पलायन,

अब के नै चाहियो मेरो देशलाई ?

 

कतै सिक्किम जस्तै !

या त भनौ कबिताको अध्याय "क" जस्तै,

अथवा हालैको क्रीमिया,

मेरो हिमाल पहाड तराईको,

बिस्तारै भाग-बण्डा हुने छ !

आमा एउटी हुन तर टुक्रा दुई हुने छ ।

तब जातियताको लडाई के को लागि ?

राष्ट्रियताको लडाई छाडेर !

हकको लडाई के को लागि ?

स्वतन्त्र अस्तित्व़को लडाई छाडेर ।

 

भाई फुट्दा त पराईले लुट्छन्,

अब त देशकै भाग-बण्डा हुँदा,

माथि बाट राता बुटहरु,

तल देखी काला बुटहरु,

तिम्रा आँगनिमा परेड खेल्दा,

तिमी के गर्छौ ?

फरिया-चौबन्दी, दौरा-सुरुवाल,

अनि ढाका टोपी बिलिन हुँदा,

तिमी के गर्छौ ?

काठमाण्डौमा होंग लिपावो (लालसलाम) भनिदा,

बिराटनगर र नेपालगंजमा जय़ हिंन्द सुनिदा,

तिमी के गर्छौ ?

हाम्री आमा दुई धुजाँ भई,

दुइटा सिक्किम बन्न पुगे भने,

तिमी के गर्छौ ??

अनि तिम्रो संघियतालाई कता हाल्छौ ??

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
अनियन्त्रित दारी
अस्तव्यस्त पहिरन
हुलिया बेथातको
त्यसैले
हुलिया
कुनै पागलको जस्तो पनि हुनसक्छ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
734029
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com