नरोकेर नछेकेर छेकियो समय ॥
जीवनमृत्यु दुवैमा देखियो समय ॥
रोई कराई चिच्याई टार्दैन टारेर,
जन्ममा नै निधारमा लेखियो समय ॥
रहर हैन जन्म मरण पनि त्यस्तै,
सप्ना अपुरो बुढ्यौली टेकियो समय ॥
चाहाना अधुरो विछोड पिडा सँगै,
यात्राकालमै रोकि ठेकियो समय ॥
नचाहेरै भुल्नुपर्ने पल कुनै हुन्छ,
विश्वासबाटै पुर्पुरो सेकियो समय ॥
जीउँदाको जन्ति मर्दाको मलामि मान्छे,
पिंजडामा चरी सरि चेतियो समय ॥
गोरखा |