खुशीको दिवस मनाउँदै आउ नयाँ वर्ष
उज्यालो बस्ति बनाउदै आउ नयाँ वर्ष ।
सुनामीसंग पाउठे जोरी खेलेर पनि
समुद्रमा डुंगा चलाउदै आउ नयाँ वर्ष ।
अनवरत पहल कदमी लक्ष्यको बिन्दुमा पुग्न
अवरोधका काँडाहरु जलाउँदै आउ नयाँ वर्ष ।
आँधि तुफान र झरी बादल सहेर पनि
अजंगको पहाड ढलाउँदै आउ नयाँ वर्ष ।
खुशीको दिवस मनाउँदै आउ नयाँ वर्ष
उज्यालो बस्ति बनाउँदै आउ नयाँ वर्ष ।। |