गजल (१) खोजेनौ भने पुर्खाको ईतिहास बंस नामेट हुन्छ भुमिपुत्रहरुले भूमिको रक्षा नगरे अंस नामेट हुन्छ । घमण्डी पापी भएर अभिस्ट पुरा गर्ने षडयन्त्रकारी त्रिलोकमा आश्रय खोजे पनि कंस नामेट हुन्छ । टेरेसा बुद्ध महागुरुको दिप मार्ग अनुसरण नगरे स्वर्गको रात्री स्वप्न नदेख नर्कमै हंस नममेत हुन्छ । मानिसले मानबिय परिधि नागेर जलाई रहदा सृस्टी बिस्वास नगरौ अमल पतापान मंस नामेट हुन्छ । खोजेनौ भने पुर्खाको ईतिहास बंस नामेट हुन्छ भुमिपुत्रहरुले भूमिको रक्षा नगरे अंस नामेट हुन्छ । गजल (२) गोलि ठोक्ने धेरै भयो पानि दिने छैन यहाँ भोक प्यासले मुर्छा पर्दा जानी दिने छैन यहाँ । मान्छेले मान्छे मार्दै खान थाल्दा भूगोल भित्र दया माया र करुणाको नानि दिने छैन यहाँ । स्वार्थी यो दुनियामा हार गुहार गर्दा पनि सत्य ब्यथा निमुखाको मानि दिने छैन यहाँ । बिदेशीको डलर थाप्न संघ संस्था देखिए नि तनमन धनको यथार्तता खानि दिने छैन यहाँ । गोलि ठोक्ने धेरै भयो पानि दिने छैन यहाँ भोक प्यासले मुर्छा पर्दा जानी दिने छैन यहाँ । गजल (३) "धान रोप्ने बेलामा" धान रोप्ने बेलामा बारी खेतको याद आयो तिमी रोपार म बाउसे टारी खेतको याद आयो । हलो जुवा कोदालो मुशल धारे पानीमा माले झुले जोतेको पारी खेतको याद आयो । साल्बोटे आरुबोटे कातिके र सुन्तले आली र ऐचिला घारी खेतको याद आयो । धान रोप्ने बेलामा बारी खेतको याद आयो तिमी रोपार म बाउसे टारी खेतको याद आयो । पाँचथर नागी ५ |