वाइपंखी त्यो घोडाको कथा काल्पनिक हो
जाडो खाने बोकाको कथा काल्पनिक हो ।
अमृत खाएर अमर भएको भनी लेखिएको
देवि अनि देवताको कथा काल्पनिक हो ।
बीस राखेर घाँटीमा निलकण्ठ कहलिएका
शंकर बमबम भोलाको कथा काल्पनिक हो ।
जात पात छुट्याएर सानो अनि ठूलो ठान्ने
उँच निच र छोटाको कथा काल्पनिक हो ।
मरेपछी के हुन्छ ? कस्लाइ पो थाहा छ र
स्वर्ग नर्कको कथाको कथा काल्पनिक हो ।
अमेरिका |