बलेको आगो नै ताप्छन् सबै
बलेकोलाई नै च्याप्छन् सबै
बखान गरेर ठूल्ठूला अक्षरले
बलेकाकै खबर छाप्छन् सबै
बलेकाकै कानमा कुरा भरेर
स्याबासीको धाप खाप्छन् सबै
बचेको खुचेको झर्छकि भनि
दुबै हात र मुख थाप्छन् सबै
फाइदा हुनेतिर जाउँकी भनि
को धेरै बलेको नाप्छन् सबै ।
उपाध्यक्ष- अनेसास लस् एन्जेलस् च्याप्टर |