Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 27, 2014 | Author : नरजित राई
Category : Others / विविध | Views : 965 | Unrated

  
नरजित राई

डायरि नं ५ अगस्त २०१४

(क) मेरो चौबिसै घन्टा प्राय: अन नै रहने मोबाईल फोनलाई, कहिले कहि बिधुतिय चारो दिन बिर्षिएको बेला थाहा नै नदिई स्वातै निदाउने गर्दछ। मलाई कहिले कहि मोबाईलको यस्तो हालत भएको बेला कसैले कन्टयाक्ट गरि नभेट्दा दिक्क हुदै अलिक गतिलो फोन सेट लिनु पर्यो भन्ने  सुझाव पनि पाएको छु। मैले फोन सेटको कमजोरि नभई प्राबिधिक गढबडि भएछ भन्दै साथि भाईहरु समक्ष माफि पनि मागेकोछु। मैले फोनलाई प्राय: बिधुतिय चारो दिन बिर्षि रहनु मेरो बिर्षिने रोग झै भईसकेकोछ। मलाई फोन गर्नेहरुले फोन निदाएको बेला प्राय: भ्वाइस मेलमा नै भए पनि आफ्नो समचार तथा शन्देशहरु छाड्न बाध्य हुन्छन। मेरो फोनको यस्तो अप्रत्यासित प्रक्रियाहरु निकै नै पटक दोहोरिएका, तेहेरिएका छन। १८ जुलाई २०१४ को दिन थियो। मेरो फोनको कुनै चाईचुइ नै किन छैन भनि शंका लागेर फोनलाई गोजिबाट थपक्क निकालेर हेरे। अहो त्यो दिन पनि फोन त निस्पट निदाई पो रहेको रहेछ। मैले हतार-हतार फोनलाई बिधुतिय चारो खुवादै अन गरेको थिए। मेरो फोनको भ्वाइस मेल बक्समा ४-५ वटा मौखिक समचारहरु भएको सूचना तुरुन्तै फोनको स्क्रिनबाट पाप्त गरे। मैले पनि *३२ मा हतार-हतार डायल गरि लहरै प्राप्त भएका शन्देशहरु सुन्दै गएको थिए। यस मध्ये भ्वाइस मेलमा एउटा निक्कै महत्वपूर्ण शन्देश प्राप्त भएको रहेछ। किरात साम्पाङ राइ जुम्लेखा हङकङका सचिब नारायण प्रसाद राई ले बोल्नु भएकोरहेछ -" नरजित सर तपाईलाई धेरै चोटि फोन गरे तर फोन अफ नै रहेछ यसैले भेट हुन सकेन। यहि आउदो ३ अगस्ट २०१४ का दिन जुम्लेखा हङकङ द्वारा छायाकंन गरिएको पहिलो कर्म न्वारानको सिडि बिमोचन बारे जानकारि दिउ कि भनेर फोन गरेथे। मैले तपाईको लागि पत्र गोर्खा स्टोर जोर्डनमा छाडेकोछु। कृपाय कलेक्शन गरि सहयोग गर्नु होला धन्यबाद।" मैले यो शन्देश भ्वाइस मेलबाट सुन्न साथ किरात साम्पाङ राई जुम्लेखा हङकङको सो अति महत्वपूर्ण कार्यक्रममा किरात राई चाम्लिङ खाम्वातिम हङकङको तत्कालिन अध्यक्षको हैसियतले भाग लिने मौका पाएको झल्याँस संझिएको थिए।

(ख) २० जुलाई २०१४ का दिन मेरो बिदा भएकोले पशुपतिको दर्शन सिद्राको ब्यापार भने झै  दिउसो तिर जोर्डन पुगेको थिए। मेरो स-सानो कामहरुलाई सिध्यायर अन्तिममा मित्र रामलि राई को पसल गोर्खा स्टोरमा फुत्त छिरेको थिए। मलाई किरात साम्पाङ राइ जुम्लेखा हङकङले  छाडि राखेको पत्रलाई त्यहाबाट ग्रहण गरेर सो पत्रलाई त्यहि खोलेर सरर लिखित शन्देशहरु पनि पढेको थिए। मैले ८ सेप्टेम्बर २०१३ का दिन किरात राई यायोख्खा हङकङको कार्यलय तथा चुल्हा घरमा किरात साम्पाङ राइ जुम्लेखा हङकङको पहलमा छोरि बुङखमा राईको नुङ वाईमाकको ( न्वारन) कार्यक्रमलाई सम्झिन पुगे। म सो कार्यक्रममा उत्साहित हुदै सहभागिता जनाउन दिउसो ठिक १:०० बजे नै किरात राई यायोख्खा हङकङको कार्यलय तथा चुल्हा घर भएको स्थान ऐङलङ पुगेको थिए। म कार्यक्रम स्थल पुग्दा नुङ वाईमाक कार्यक्रमको लागि प्राय: सबै तयारि भईसकेको रहेछ। सो कार्यक्रमको छायाकंनका लागि क्यामेरा म्यानहरु श्याम कर्ण सुनुवार, बिष्णु कुमार सुनुवार र प्राबिधिक कन्ट्रोलर धिरज कुमार बान्तवा निकै जोश जागर, उत्साहका साथ भिडियो खिच्नका लागि तम्तयार रहनु भएको थियो। किरात राई यायोख्खा हङकङको कार्यलयको सानो कोठा, निम्तालुहरुको भिडभाड, हङकङको सेप्टेम्बर महिनाको प्रचण्ड गर्मि बिच किरात साम्पाङ राइ जुम्लेखा हङकङका सचिब नारायण प्रसाद राई ले औपचारिक कार्यक्रम शुरु गर्नु भएको थियो। हामिहरु उहाहरुका बिशेष पाहुना भएकाले चुल्हाको पछाडि पट्टि आसन-ग्रहण गराउनु भएको थियो। म पनि निकै गमक्क हुदै घ्याम्पे भूंडिलाई पलेंटि मारेर अड्याउदै बिसाउने कोशिसमा लागेको थिए। गर्मिको कारणले गर्दा हाम्रो शरिरबाट जति पसिनाका धाराहरु बगिरहेका थिए त्यति नै चिसो वासिमले त्यसलाई पूर्ति गरिरहेको थियो। त्यस पछि तत्कालिन सो संस्थाका अध्यक्ष हरि साङपाङ राईले नुङ वाईमाकलाई संस्थाले छायाकन गर्नु पर्ने मूख्य कारण हाम्रा संस्कारहरुलाई श्रब्यदृश्यमा समेत देखाउदा त्यसबाट सिकेर आउदा पुस्ताहरुले संस्कारहरुलाई जिवित राख्नका लागि पेरणादायि हुन सक्छन भन्नु भएको थियो। त्यस समारोहको मुख्य आकर्षकको रुपमा कुमि (धामि) श्रेष्ठ बहादुर राई हुनुहुनथ्थो। उहाले बृद्द अवस्था हुदा सम्म पनि आफ्नो संस्कार, संस्कृति परम्परा रिति रिवाजहरु आजको पुस्तालाई अझै सिकाईरहनु भएकोमा उहा प्रति गौरव महशुस गरेको थिए। उहाले आफ्नो यलाबाट मुद्दुम फलाक्दै साङपाङ राईहरुको संस्कार, बिधि-बिधान र रिति अनुरुप छोरि बुङखमा राईको न्वारान ( नुङ वाईमाक) गरिदिनु भएको थियो।

(ग) किरात साम्पाङ राइ जुम्लेखाले आफ्नो मुद्दुमको खोज अनुसंधान तथा अभिलेखिकरण गरि पुस्तकको रुपमा प्रकाशन गरि सकेको छ। हङकङ का साङपाङ राईहरुले लिखित मूध्दुमलाई बुङखमाको नुङ वाईमाक कार्यक्रममा प्रयोग गर्नु भएको थियो। त्यो दिन लिखित मूध्दुमबाट बालक बालिकाहरुको पहिलो कर्म नुङ वाईमाक गर्ने तरिका तथा कार्यबिधि र सो कार्यमा शिशुहरुलाई दिईने आशिर्बादहरु दस्तावेजबाट पढेर धिरज साङपाङ राईले सुनाउदा मलाई निक्कै गर्व लागेको थियो। हामि किरात राईहरुले हाम्रा पराम्परागत मौलिक तथा मौखिक मुद्दुमहरुलाई खोज अनुसंधान गरि लिखित गर्ने सोचाई लिनु नै जातिय अस्तित्व बचाउने पहिलो खुडकिलो हो। मैले पनि किरात राई चामलिङहरुको मूध्दुम अभिलेखिकरण गरि लिखित दस्तावेजको रुपमा मुन्धुम प्रकाशन भए पछि यस्तो प्रयोगात्मक कार्यक्रमहरु संचालन गर्नु पर्ला भनि त्यसबेला संझिएको थिए। हामिहरु प्रत्येक थरिका किरात राईहरुले अबका आउदा दिनहरुमा मूध्दुमको खोज अनुसंधान तथा अभिलेखिकरण गरि नोछोङको अनुपस्थितिमा समेत लिखित दस्तावेज मूध्दुमलाई बुझेर-पढेर आफ्नो संस्कारलाई चलाउन सक्छौ। मेरो पनि संस्कार संस्कृति, परम्परा, कला, साहित्यहरुलाई अभिलेखिकरणका साथ-साथै श्रब्यदृश्यमा समेत कब्जा गरि हेरेर सिक्ने सिकाउने गर्नले संस्कार र संस्कृति बचाउन अझ प्रभावकारि हुन सक्छ भन्ने सोचाई पहिले देखि कै थियो। मैले किरात राईहरुको संस्कृति साकेला शिलिलाई श्रब्यदृश्यमा कब्जा गरेर सिक्ने सिकाउने बारेमा जोड दिनुको कारण पनि यहि नै थियो। अहिले हङकङमा किरात राई यायोख्खा र भाषिक संस्थाहरुको पहलमा साकेला शिलिको श्रब्यदृश्यको छायाकंनमा लागि परिरहेका छौ। हामिहरुले एक दिन यस कार्यबाट सफलता प्राप्त गरेर छाड्ने छौ भन्ने आशाबादि छु।

(घ)  अगस्ट ३ - २०१४ आइतबारका दिन मेरो रात्रिकालिन काम भएकाले जुम्लेखा हङकङ ध्वारा छायाकंन गरिएको पहिलो कर्म न्वारानको बिमोचन कार्यक्रममा भाग लिन पो कठिनाई हुन्छ कि भन्ने सोचमा परेको थिए। मैले रातभरको जागा आँखालाई केहि समय आराम दिनु पनि पर्ने भएकाले कतै भुसुक्कै पो भई हाल्छु कि भन्ने भय पनि थियो। मलाई सो कार्यक्रम कुनै पनि हालतमा छुटाउनु नपरोस भन्ने भित्रि ईच्छा पनि थियो। यसर्थ म सो दिन बिहानको ८ बजे कोठा भित्र छिर्ने बित्तिकै कतै चाईचुई नगरि दिनको १:०० बजेको अलाराम सेट गरि ��"छ्यानमा तुरुन्तै पल्टिइएको थिए। मैले थाहा नै नपाई आखिर कतिखेर भुसुक्कै निदाई पनि हालेछु। मैले नै सेट गरेको अलाराम ठिक समयमा जोडतोडले बज्न थाल्दा, अलाराम संग रिसाउदै केहि समय लुकामारि खेला-खेल गर्दा झ्वाट्ट बुङखमाको न्वारानको बिमोचन कार्यक्रमलाई संझिएको थिए। म हतार-हतार ��"छ्यानबाट जुरुक्कै उठेर पुन: रात्रिकालिन कामका लागि चाहिने सबै सामाग्रिहरु तयार गरि झोलामा खादखुद पारेर कार्यक्रम स्थल नेपाल फाईनान्स लिमिटेड हङकङको ये मा तेयि, क्यान्टन रोड स्थित हलमा पुगेको थिए। म कार्यक्रम स्थलमा पुग्दा करिब दिनको ३:३० नै भइसकेको थियो। म त्यहा पुग्दा बुङखमाको नुङ वाईमाक श्रब्यदृश्यको भर्खरै मात्र बिमोचन हुदै रहेछ। म पनि आज भने नेपालि समय प्रति निकै खुशि भएको थिए। त्यहा सामान्य छोटो जानकारि भाषण पछि नुङ वाईमाक कार्यक्रमको छायाकंनको श्रब्यदृश्यलाई पर्दामा देखाईएको थियो। मैले ८ सेप्टेम्बर २०१३ का दिनको बास्तबिक कार्यक्रम र नुङ वाईमाकको छायाकंनको श्रब्यदृश्यमा देखाईएको कार्यक्रमको मनमनै तुलना गर्दै आँखा झिमिक नगरि पर्दामा देखिएको दृश्यहरुलाई हेरिरहे। किरात साम्पाङ राइ जुम्लेखा हङकङले समयको उपयोग गर्दै आफ्नो संस्कारहरुलाई रक्षा गर्न तथा बचाउनका लागि बिदेशमा रहेर पनि ठूलो प्रयास गरेकोमा धन्यबाद दिदै घडिको काटाको ईसारा पाए पछि रात्रिकालिन काम तिर दौडिएको थिए।
 

५ अगस्त २०१४

तु क्वा वान, हङकङ

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Others / विविध category

चाउचाउ साहित्यको प्रस्तावनापत्र
बुङखमाको नुङ वाईमाक
मुखाँ हानु जस्तो
कविता वाचनको पहिलो निमेक
पृथक उपन्यास 'अपमान' को तेस्रो संस्करण
राइफलको मूर्च्छनाले म फेरि बल्झिदै दुःखेँ
कार्यपत्र: नेपाली साहित्यसमाज र धर्मर्दशनप्रति आवश्यक एक नयाँ वैचारिक आयम
अस्तित्ववादी साहित्य (कार्यपत्र)
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
नेपाली साहित्यमा डायोस्पोरा

    Links
Column / स्तम्भ

    Random Pick
नहुँदा उर्बरा तिम्रो फूलबारीमा
खन्ने इसारा दियौ
तेसैले
तिम्रो फूलबारी मैले सुम्सुमाएँ
न मल
न जल

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622772
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com