आत्मा चिसो शरिर चिसो मनै चिसो यहाँ बोली चिसो हेर्राई चिसो तनै चिसो यहाँ । पारीलो घाम अस्ताइसक्यो नउदाईकन, त्यसै चिसो दुनिया“ यो झनै चिसो यहाँ । पराया त परै भए ठण्डि अनी चिस्सिएका, आफन्तका त आफ्नो पनै चिसो यहाँ । मुटु दुख्दा सुम्सुम्याउने हातहरु हटिसके, त्यसै त दिल मेरो छ नै चिसो यहाँ । |