एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती, आँखा छोप्दा एकान्तमा झस्काई नजाती । ठुस्किएर कहिलेकाहीँ दोबाटोमै छुट्थ्यौ तिमी, त्यही रिस, त्यही प्रितको ठस्काई नजाती । कहिले हुन्थ्यो माया गर्ने कहिले रिसाउने, कहिले चाहीँ छायाँ देख्दै हच्काई नजाती । मुस्कान त्यो अधरको घटा सरी केश काला, मातै लाग्ने नयनको पस्काई नजाती । गजल २ तिम्रै निम्ति दुइ शेर गजल लेखुँ कि म आज, तिमि अड्ने धरातलमै टेकुँ कि म आज । दिवारहरु जहिँतहिँ उभिरहे गोरेटोमा, तिमि हिँड्ने बाटोहरु छेकु“ कि म आज । पिडाले मन अत्तालीँदा छट्पटिले पिरोलेथ्यो, दुखेको मन त्यो हातले सेकुँ कि म आज । हेर्दा हेर्दै थाकीसकेँ उदासीझैं मुहार त्यो, चेहरामा नटखटपना देखुँ कि म आज । गजल ३ सोध्दैछ्यौ रे के गर्दैछ, चिन्ताभित्रै जलेको छु, दुखाई पिडा सोध्छ्यौ भने भुङ्ग्रोमाथी बलेको छु । पाईतालामा काँडा रोप्यौ, हिँड्नै बन्द होला भनी, हिँड्न करै पर्यो तर जिवनसँगै गलेको छु । सोध्छ्यौ अरे दुनियाँलाई जिउँदै छ या मरिसक्यो, मूर्दा शरिर लिएर यो मृत्युलाई छलेको छु । हात फिजाई साथ माग्दा लल्कारेर गईगयौ, बाँच्नै पर्यो संसार हेर्न दुखसँगै चलेको छु । गजल ४ रात ढलेको थियो अचानक, निभ्यो बलेको दियो अचानक । जोत्दा जोत्दै मनका पाटा, टुट्यो मिलेको मियो अचानक । मात्तिएको रात थियो भड्किएथ्यो जुन पनि, आकाशले मदिराका घुट्काहरु पियो अचानक । सुस्ताएका चाहना सब आत्तीएर ब्युँझेका थे, निदाएको आत्मा पनि निमेषमै जियो अचानक । रोक्दा रोक्दै आवेग सारा सिउँदै थिएँ उत्तेजना, तुन्दा तुन्दै मनको तिर्खा झर्यो खिलेको सियो अचानक । गजल ५ केवल एउटै हाँसोभित्र मप्रतिको प्यार देख्छु, तिम्रो न्यानो र्स्पर्शमा निमेषमै संसार देख्छु । गल्छेडामा बात मारी हिँड्दाहिँड्दै प्रित बस्यो, त्यही प्रित त्यही प्यारमा मायाको आधार देख्छु । सुस्ताएका कल्पना र निदाएका सपना थे, कल्पना र सपनामै जिन्दगीको सार देख्छु । विजय नै जिवन भए जित्नुपर्छ तिमि मलाई, तिम्रो सामु मेरो जितमा म सधैँनै हार देख्छु । गजल ६ हिजो आज त्यसैत्यसै छेलीएर बसेको छु, यताबाट उताबाट पेलीएर बसेकेा छु । कहिलेकाहीँ लहरामा कहिले रसिकामा, अहिलेचाहीँ काँडेतारमा जेलीएर बसेको छु । आफन्तका मुटुहरु बिछोडीए हिजोआज, आफ्नै गृह आफ्नै ठाउँमा हेलीएर बसेको छु । स्थिरता छ जिन्दगिमा संकिर्ण बाँधीएको, मिथ्या अनि झुटा भित्र ठेलीएर बसेको छु । खेल हो यो जिवन सारा खेल्ने अनि खेलाउने, तमासा र रँडाकोमा खेलीएर बसेको छु । गजल ७ हामी दुर्इको जातमाथी भेद हुनेछैन अब, त्रि्रो मेरो सम्बन्धमा छेद हुनेछैन अब । म लेखुँला नयाँ पुराण, नयाँ गिता नयाँ रीति, तिम्ले पढ्नै नहुने त्यो वेद हुने छैन अब । नविन समाज बनाउँला सुसज्जित र हराभरा, जहाँ हाम्रो सम्बन्धमा खेद हुनेछैन अब । सुन्दर महल, दुइ मुटुकोर् इँटा जोडी ठड्याउँला, जहाँ पस्न तिमिलाई निषेध हुनेछैन अब । |