Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 14, 2016 | Author : मुकेश राई
Category : Review / समिक्षा | Views : 1347 | Unrated

  
मुकेश राई

     संघर्षशिल जीवन जिउनुको क्रम एउटै धरतीमा रहेर पनि आफ आफ्नै हुन्छ जिउने शैली,परिवेश, बाध्यता र अनुभूतिहरु । यही क्षणभंगुर् जीवनमा समय भन्दा बलवान अरु के नै पो हुन सक्छ र ? यही समयको परिवर्तनसगैँ बदलिन्छ मान्छेको सोचाइ । यही क्रममा आफ्नै जीवनका कतिपय अनदेखा पाटोहरुलाई आफ्नो भावनाको गहिरो सागरबाट सतह अनि किनारासम्म छचल्क्याएर गीतकार जानु "काली" अर्थात (जानु काम्बाङ लिङ्देन) उदाएकी छिन नेपाली साँगीतिक आकाशमा "अनुभव" नामक गीती एल्बम लिएर । यस एल्बममा ७ वटा सुन्दर गीत समाविष्ट रहेका छन ।  जसमा ६ वटा गीतमा अहिलेका चर्चित संगीतकार ताराप्रकाश लिम्बुको संगीत रहेका छन भने एउटा गीतमा संगीतकार शिखर सन्तोषको संगीत रहेको छ । सबै गीतहरु अहिलेका लोकप्रिय गायक गायिकाहरुले गाएका छन र सबै गीतहरु श्रवणिय बनेका छन ।

मैले गर्ने विश्वास मा खोट पाएँ आज

मायै माया दिदाँ पनि चोट पाएँ आज ।

यो गीतमा गीतकारले चोखो माया गर्ने मुटुले भोग्नु परेको अनुभूतिलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेकी छिन, साँचै नै भन्नु पर्दा गीतकारको गीतिलेखनको भाव साथै प्रविधिक कुशलता पनि यस गीतमा प्रखर रुपमा झल्किएको छ् । संगीतकार ताराप्रकाश लिम्बुको संगीत र गायक प्रमोद खरेलको स्वर रहेको यो गीतले मनको अन्तर कुन्तर छुन्छ । उसो त यस एल्बममा मायाप्रेम, वियोग, गाउँघरको माया आदि कुरोहरुलाई नै प्राथमिकता दिएर लेखिएको भएता पनि अधिकांश गीतहरु विरहकै छन । कहिले आफ्नाले दिएको पिडा त कहिले घरदेशबाट् टाढा हुनुको पिडा-

घर त मेरो ताप्लेजुङ्ग हो बसाई पाचथरको

गडी डाडा घुम्न जाँदा माया गासेको

सम्झना राखे है कहिले नभुल्नु

मलाई भुली अन्त कहिले नफ़ुल्नु ।

यो गीत यसैको एउटा दसी प्रमाण हो ।  अतित मोहले अभिप्रेरित भएर कोरिएको गायक हेमन्त शर्मा र नव गायिका अमृता लिम्बुको स्वरको यो गीतले बालापनको अल्लारे बैंशको झल्को दिनु सगैँ आफ्नो थातथलो  ताप्लेजुङ्, इलाम, ��"दिनको सल्लाघारी, जोर्साल, लालिखर्क, सिवाखोलाको सम्झना दिलाउँछ अनि सम्झनामा बाँच्नुको पिडाले द्रविभूत बनाउँछ-

तिम्रा सारा मायाहरु दिलमै उनकी छु

धड्कन हरु त्यो मुटुको मैले सुनेकी छु ।

तिमीलाई पाई यो मन भित्र खुशी फूलेको छ

लह लह प्रिती फुल्दा मन यो झुलेको छ ।

कुनै शोक सुर्ता बिनाको जीवन अनि जे देखे पनि रमाईलो लाग्ने, माया बस्ने बैशालु उमेरको आभासलाई टपक्कै टिपेर शब्द संयोजन गरिएको यो गीत संगीतकार ताराप्रकाश लिम्बुले उस्तै फीलमा कम्पोज गरेका छन अनि गायिका मेलिना राईले उस्तै चंचलेपन कै अनुभूति हुने प्रकार गाएकी छिन । एउटा गीतकार त्यत्ति बेला सफल हुन्छ जब उनका गीतहरुले सार्थक भाव बोकेर प्रस्तुत हुन्छन अनि लय, संगीत र स्वरको संयोजनमा श्रवणिय बन्छ ।  गीतकार जानु काली आफ्नो प्रथम एल्बमबाटै यो श्रृखलाबद्ध यात्राको सिढिमा एक कदम उक्लिएकी छिन । यही सफलतासगैँ उनको काँधमा धेरै जिम्मेवारी पनि थपिएको छ । साहित्यका विभिन्न विधाहरुमा गीत प्रविधिक र संरचनात्मक नियमहरुले गर्दा पृथक रहेको छ । एउटा पूर्ण गीत भाव पक्षमात्रै सबल भएर पुग्दैन गेयात्मक हुनको निम्ती विविध कुरोहरुमा पनि ध्यान दिन पर्दछ ।  हरेक मानिसमा केही न केही कमजोरी रहेका हुन्छन त्यस्ता झिना मसिना कमी कमजोरीहरु गीतकार जानु कालीको लेखनमा पनि अवश्य नै छन जसलाई उनको नियमित चलिरहने कलमको निरन्तरताले अवस्य नै निखार ल्याउँदै जाने कुरोमा म विश्वस्त् छु किनभने निरन्तर साधना र अभ्यासले सर्जकलाई पोख्त बनाउँछ ।

 

बरु जिउछु तिमीसगैँ दु:ख भुलाएर

सानो संसार आगँनीमा खुशी फुलाएर

सक्दिन म तिमीलाई पिडा दिलाउन

बदलामा तिम्ले जस्तै आँशु पिलाउन ।

मान्छेको जीवनमा अनेक किसिमका पिर र ब्यथा हुन्छ, जसो तसो समयसगँ ति दु:खका घाउहरुमा खाटा बस्दै जान्छ । कसैबाट कहिलेकाहीँ नचाहेरै पनि धोका अनि मनभरी पिर पनि मिल्छ तर यस्ता कुराहरु मनमा लिएर प्रतिशोधको भावनाले जल्नु भन्दा माफ गरिदिनु सयौ गुणा श्रेयकर हुन्छ । यसरी माफ दिनसक्ने हृदय महान हुन्छ यसैले गीतकारले आफ्नो कोमल मनभित्र अनेक दु:ख लुकाएर पनि एउटा सकारात्मक विचार गरेकी छिन र आफ्नो महानताको कौशलता प्रस्तुत गरेकी छिन यस् गीतमा र गीतको भाव जस्तै संगीत संयोजन गरेका छन संगीतकार शिखर सन्तोषले र गायिका संजीवनी र गायक आनन्द कार्कीको सुमधुर स्वरले जिवन्तता पाएको यो गीत निकै मिठो छ, सुनिरहुँ लाग्ने ।

साहित्यका विभिन्न विधामा कलम चलाईरहेकी जानु कालीलाई शायद गीतकार मात्रै भनेर पुग्दैन । आफ्नो भाषाका गीतहरु लगायत नेपाली चलचित्रमा समेत गीत लेख्न भ्याईसकेकी छिन । यसै गरी विभिन्न वेब पत्रपत्रीकाहरुमा उनको फुटकर रचनाहरु प्रकाशित भईरहने उनको लेखन यात्रा लामै भएता पनि सार्वजनिक रुपमा उनले कविता सङ्रह "शिविरमा ईश्वर" पनि यही एल्बमसगैँ पाठक सामु ल्याएकी हुन । र उहाँकै अनुसार चाडै नै कथासङ्रह पनि प्रकाशोन्मुख छ । मैले उनको गीती एल्बम "अनुभव" को बिषयमा आफ्नो छोटो विचारलाई प्रस्तुत गर्न जमर्को गर्दा उनको लेखकिय दायरा समेट्न त सक्दिन नै तर अझै साँघुरो पो हुने हो कि भन्ने मलाई लागीरहेको छ, यद्धपि एउटा पाठकिय हैसियतले छोटो मन्तब्व सहित दुई शब्द बधाई, शुभकामना लेख्नको निम्ती तत्पर बनिरहेको छु ।

इखाबु - ६, ताप्लेजुङ्मा बाबा टेकबहादुर काम्बाङ लिम्बु र आमा सम्रोती फेम्बु लिम्बुको कोखबाट २०३० सालमा जन्मिएकी जानु काली (काम्बाङ लिङ्देन) हाल आफ्नो श्रीमान विजयबिक्रम लिङ्देन र दुई छोरा एक छोरीसँग अक्सफोर्ड, बेलायतमा बसोबासो गर्दै आईरहेकी छिन ।  यही परदेश बसाईको ब्यस्तताबाट आफ्नो देश, कला संस्कृति अनि भाषाको निम्ती केही समय छुट्याएकी छिन । उनले नेपाली साहित्य र संगीत सगैँ आफ्नै लिम्बु भाषाको गीत अनि कविताहरुमा पनि कुशलतापूर्वक कलम चलाईरहेकी छिन । उनको श्रीमान हाल एन आर एन यु केका महासचिवको कार्यभार सम्हालेर सामाजिक कार्यमा संलग्न छन भने गीतकार जानु काली आफ्नो श्रीमानलाई सहयोग गर्नुको साथ साथै आफु पनि विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेर समाजसेवा लगायतका कार्यमा समर्पित छिन ।

अन्त्यमा जाँदा जादै उनको कविता सङ्रह "शिविरमा ईश्वर" मा समाविष्ट कविताको हरफ यहाँहरु समक्ष राख्दै उनको साहित्यिक, सांगीतिक अनि पारिवारिक जिन्दगी सुखद अनि सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्दछु ।

आधा आकाश हुँ म

शित बनेर झरिदिन्छु थोपा थोपा

संसार शिताङ्ग बनाईदिन्छु

अनि बोलाउँछु बाल सूर्यलाई

विस्तृत आकाश बनेर

ऊ उदाउनेछ र आउनेछ अवश्य

मलाई भेट्न थुप्रै थुप्रै कोसेली बनेर

हजारौ आमाहरुको दु:ख निदान गर्न ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
यहाँ खसिको मासु पाईन्छ भन्ने ठाउँमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा
नयाँ जुता पुरानो जुता सँग साटिन्छ
हरेक दिन नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
924327
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com