एक भारी वाध्यतालाई बुई गर्दै सपनाहरुका छरपस्ट विस्कुन लगाई सुन्दर भोली खोज्न दुर देशमा भौतारी रहेछु आफ्नो प्यारो गाउँ घर भन्दा पर- धेरै परको भूगोलमा यायावर जीवन बांचीरहेकोछु माटो, देश र आफन्तदेखि भौगोलिक दुरता नाप्दै गर्दा हिजोआज यस्तो लाग्छ भाग्यले ठगिएकी कर्मले हेपिएकी म बिचरी केवल बिचरी हिजो र आज देश र परदेश केलाउदा केलाउदै कतै केही नमिले जस्तो केही हराए जस्तो लाग्छ मन बिरक्तिन्छ यताबाट जोडेपनि उताबाट जोडेपनि जिन्दगीका गणितमा भागा नलागेर शेष रहेको भागफल जस्तै देख्छु मेरा रहर म परदेशमा हुनुले हो वा आज मैले टेकी रहेको भूगोल परदेश भएर हो निरश र उराठ देख्छु मेरो परदेशी जीवन । प्रीती-४, रामेछाप हाल, लेबानन |