Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 08, 2017 | Author : तुल्सिराज राना
Category : Poetry / कविता | Views : 1648 | Rating :

  
तुल्सिराज राना

आमाको आँखाको नानी

बाबाको सानी छोरी

भाइको प्यारी दिदी

तिमी कहिल्यै नफर्कने गरी

सयौं आमाहरुको आँखाको परेला भिजाई

आफन्तलाई भावबिव्हल बनाई

श्रद्धाञ्जली दिन आउने सबै सबैलाई रुवाई

गयौ इक्सामा तिमी कहिलै नफर्कने गरी,

 

तिम्रो के दोश थियो र ?

तिमी त अबोध थियौ

तिमी निर्दोष थियौ

तिमी खेल्ने, घुम्ने, रमाउने बेलैमा

कहिले आमाको काखमा

कहिले बाबाको काखमा

लडीबुडी खेल्ने बेलैमा

भरखरै ए फर एप्पल बि फर बल भनेर सिक्ने बेलैमा

नयाँनयाँ साथि चिन्ने बेलैमा

मिसले दिएको होमवर्क गर्ने बेलैमा

सबैसबै छोडेर गयौ इक्सामा कहिलै नफर्कने गरी,

 

दोष त त्यो पापी दैबको थियो

काल बनेर त्यो सेतो कार

तिम्रो पदचाप मेटाउन आयो

त्यसले देखेन सानो नानी

त्यसले बुझेन तिम्रो चित्कार

उस्ले सोच्दै सोचेन

तिमीले आमाको काखमा धेरै खेल्नु छ

उस्ले बुझ्दै बुझेन

बाबाको काखमा धेरै रम्नु छ

उस्ले सुन्दै सुनेन

भाइले दिदी भनेर तिमीलाई खोज्ने छ

उस्ले तिमीलाई लानु नै थियो लग्यो टप्प टिपेर

निर्दयी त्यो काल सेतो कार बनेर,

 

त्यो पापी दैबले

बृद्ध, रोगी, आशक्त लेगेको भए पनि ठिकै थियो

जाने लेखेकै रहेछ भन्नु हुन्थ्यो

तिमी त सानी थियौ

तिमी त प्यारी थियौ

बाबा आमाको आँखाको नानी थियौ

भाइको मायालु दिदी थियौ

त्यसैको आरिस लागेर

त्यो पापी दैब आयो

उस्ले तिमीलाई लानु नै थियो लग्यो टप्प टिपेर

निर्दयी त्यो काल सेतो कार बनेर,

 

सयौले पुष्पगुच्छा चढाए

चिरशान्तिको लागि सबैले कामना गरे

तर दैबले अन्याय गरेरै छोडे

तिम्रो बिदाइमा सबैले आँसु बगाए

मैले पनि पुष्पगुच्छा चढाएँ

चिरशान्तीको कामना गरेँ

शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेँ

मनमनै हे दैब ! तैले अन्याय गरीस् भने

तेरो खुबी छ भने

सैतानी दिमाग भएकाहरुलाई लैजा भने

हत्याराहरुलाई लैजा भने

भ्रष्टाचारी, ब्याबिचारीहरुलाई लैजा भने

आमाको काखमा खेल्दै गरेकोलाई लगेर

हे दैब ! तैले लगेर ठिक गरेनस् भने

आज तिनै सानो नानी इक्सामा

तिमीलाई कविता बाटै श्रद्धाञ्जली चढाए ।

 

सडक दुर्घटनामा ज्यान गुमाउन पुगेकी सानो नानी इक्सामा सेनेहाङ लिम्बुको अन्तिम श्रद्दान्जली कार्यक्रममा मलामी गए पस्चात लेखिएको श्रद्धाञ्जली कविता

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
तिमी भन्थ्यो तिम्रो लागि
सदा तिम्रै साथ रहन्छु
तर आज बिरानो भएको छौ
तिमी कठोर हृदयको रहेछौं
तिमीले गरेका सबै बाचा टुटी गए
तिमीले सम्झना भनि दिएको उपहारहरू ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
641641
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com