निधारबाट खसेको पसिनाले जब आफ्नो मुल्य खोज्दै तरबारको धार बन्छ र अडिन्छ गर्धनमा तब आँखा चिम्म गर्छ कुरुप समयले, जब फूलहरूले हिर्काएर चर्काउँछ शोषक झ्यालहरू तब चुप रहन्छ भ्रमको पाठशाला जब बाटोहरूले ठाडाउन थाल्छ्न् काँडाहरूको पर्खाल तब एकाएक रोकिन्छ घोडाको टाप र बज्न थाल्छ जीवनको सुमधुर लयहरू, जब हल्लिन्छ दमित धरतीको छाती तब घट्छ कुर्सीको उचाइ र आयतन जब सल्कउछन् सिमान्तकृत बुट्यानहरूले आगोको मसाल तब ढल्छ बुढो सल्लाको निरंकुश सत्ता, जब कारखानामा काटिएका हत्केलाहरूले माग्न थाल्छन्-औंलाहरूको हिसाबकिताब जब युगदेखी थिचिएका मस्तिष्कमा हुन्छ- चेतनाको बिस्फोट ठिक यतिबेला छिनिन्छ गर्धन र लेखिन्छ रगतले इतिहासको, नयाँ अध्याय जहाँ भूगोलको हरेक अँध्यारो कुनाबाट उदाउछ सूर्य जहाँ कलिला हातहरूले खोल्छन् नयाँ सभ्यताको पर्दा । |