Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 07, 2009 | Author : प्रकाश थाम्सुहाङ
Category : Poetry / कविता | Views : 990 | Rating :

  
प्रकाश थाम्सुहाङ
Author

नयाँ दिन

नयाँ मौसम

नयाँ परिवर्तनमा

पखालेर सप्पै क्षयग्रस्त पुराना बिम्बहरू

पुरानो जग

पुरानो घर

पुरानो राष्ट्रियता

आऊ सोल्टिनीहरू

नयाँ घाम लागेको बेला

नयाँ अन्न पाकेको बेला

नाचौं उल्लासले

नाचौं उमङ्गले
 

च्याङ्ब्रुङ ब्रुङ

च्याङ्ब्रुङ ब्रुङ

नयाँ संरचनाका लागि

नयाँ जीवनका लागि

 

हामी विजयको नजिक

हामी प्राप्तिको नजिक

अब, अग्लिएर चेतनाको कञ्चनजङ्घा

डाकौँ सहस्र उत्पीडित हंसहरू

डाकौँ सहस्र सिमान्तीकृत मुटुहरू

डाकौँ सहस्र मुर्झाएका सातोहरू

भाकौँ पवित्र मनले

मुजिङनाखेयङना

र बोलाऊँ ताजा हावा
 

लिऽखुरी   लिऽऽखुरी

लिऽखुरी   लिऽऽखुरी,
 

यो गुम्सिएको युगमा

जन्माऊँ नयाँ भ्रुण

साक्षी छन्

यो हावा

यो पानी

यो जङ्गल

आऊ निर्वासित मनहरू

जाग पराजित आत्माहरू

लेखौँ सुनौलो इतिहास

कोरौँ आफैले आफ्नो भाग्य

 

च्याङ्ब्रुङ ब्रुङ

च्याङ्ब्रुङ ब्रुङ

 

आऊ सोल्टिनीहरू

नाचौँ उल्लासले नाचौँ उमङ्गले

नयाँ संरचनाका लागि

नयाँ जीवनका लागि ।

 

  1. चासोक : किराँत लिम्बूहरूका एक उधौली चाड, जसमा नयाँ अन्नहरू भित्र्याइने गरिन्छ ।
  2. मुजिङनाखेयङना : मेन्छामगेन याप्मी कुबोक्मा (मानिसको उत्पत्ति) मुन्धुमअनुसार लिम्बूहरू मुजिङनाखेयङनाका छोरा      सुऽसुवालिऽलिम याक्थुमहाङका सन्तान हुन् । मुजिङनाखेयङना हावाबाट गर्भवती भएको हुनाले आफनो छोरालाई हावा-बतासको छोरा भनेर सुऽसुवालिऽलिम भनेर न्वारान गरिदिइन् । यो नामको अर्थ सुस्तरी चल्ने बतास लाग्छ । मुजिङनाखेयङनाले आफनो दौतरीहरू नभेटेपछि थकित उनी रूखमा चढेर लिऽखुरी लिऽखुरी भन्दै मीठो हावा बोलाएर दौतरीहरूको तिर्सना मेटिन् । आज पनि रूखको फेद वा कतै थुम्कीमा बसेर लिऽखुरी लिऽखुरी भन्दा मीठो हावा चल्ने गर्छ ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि
चुपचाप सधैं बस्नु हुन्न जङे पिलर ढाले पछि ।
गर्दा गर्दै अलिअलि सबै मेरै भन्न बेर छैन
सिमानाको ढुङो सारी त्यही कुकुर पाले पछि ।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
706449
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com