Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 15, 2009 | Author : हाङयुग अज्ञात
Category : Article / लेख | Views : 816 | Rating :

  
हाङयुग अज्ञात
Author

कार्यपत्र

. विषय-प्रवेश

          जनजाति शब्दलाई जनजाति साहित्य समूहका अभियन्ता भूपेन्द्र चेम्जोङ र नेपाल कुश्शाले अङ्ग्रेजीको नेटिभ -native_ भनेर समूहको मुखपत्र जनजाति द्वैमासिक-वर्ष १, अङ्क १, नोभेम्बर-डिसेम्बर, २००३)मा उल्लेख गरेका छन् । तर, नेपाल जनजाति महासंघ र राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान-कार्यदल)ले जनजाति शब्दलाई अङ्ग्रेजीको नेशनालिटीज् -nationalities_ शब्दको समानान्तर उभ्याएका छन् । जनजाति शब्दलाई कतिपयले आदिबासी शब्दको पर्यायवाचीका रूपमा पनि चलाउने गरेका छन् । आदिबासीलाई अङ्ग्रेजीमा इन्डिजिनस -indigenous_  शब्दले अथ्र्याउँछ । हिजोआज जनजाति र आदिबासी दुवै शब्दलाई एक्कै ठाउामा गाँसेर नयाँ शब्द आदिबासीजनजाति प्रचलनमा आएको छ । हामी किन जनजाति ? हामी किन आदिबासी ? हामी किन आदिबासीजनजाति ? यी आधारभूत प्रश्नहरूका उत्तरहरू सहज रूपमा प्राप्त नगरूञ्जेल 'जनजाति साहित्य'को विषयमा बुझ्न र बुझाउन जटिल हुनेछ । जनजाति साहित्यको विषयमा प्रष्ट पार्न भूपेन्द्र चेम्जोङले जनजाति सम्बन्धमा नेपाल जनजाति महासंघ, नेपाल (राजकीय) प्रज्ञाप्रतिष्ठान र विश्व बैंकका परिभाषाहरूबाट निचोड निकाल्दै लेख्छन् कि '...राज्यका प्रभुत्वशाली वर्गबाट मार खाएका, आफ्नै भाषा, सास्कृति, परम्परा, धर्म र रीतिरिवाज भएका विश्वको जुनसुकै क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई नै आदिबासी वा जनजाति भनिन्छ । तसर्थ विश्वका ती जातिहरूसँग सम्बन्धित लेख, रचनाहरूलाई जनजाति साहित्य भन्नुपर्ने हुन्छ ।' आदिबासी र जनजाति शब्दले यौटै अर्थनिर्धारण गर्न सक्दैनन् र गर्दैनन् । यस विषयमा सीताराम तामाङ भन्छन्- 'आदिबासी भन्नाले गोत्र, प्रजाति, जनजाति आदि सबैलाई बुझ्नु पर्दछ जब कि जनजाति भन्नाले आदिबासी समुदायको विकासको एउटा खास चरणलाई बुझ्नु पर्दछ ।' मानव समाजको विकास गोत्र (Clan) बाट प्रजाति -tribe_ प्रजातिबाट जनजाति र जनजातिबाट जाति -nation_ भएको मान्यता पाइन्छ । तेसो र जनजाति शब्दसित मानव समाज अथवा आदिबासी समुदायको विकासको ऐतिहासिक चरण गाँसिएको हुँदा 'जनजाति साहित्य'को परिभाषामा दुविधा र भ्रान्तिहरूलाई कुनै स्थान दिनु हुँदैन । जनजाति साहित्य समूहले जनजातिको ठाउँमा प्रयोग गरेको नेटिभ शब्दले विषेश गरी अमेरिकाको आदिबासी समुदायलाई इङ्गित गर्दछ । आदिबासी समुदायलाई विभिन्न राष्ट्रले आफ्नै तरिकाले सम्बोधन गर्ने गरेको पाइन्छ । ट्राइबल (अफ्रिका), इन्डिजिनस कम्युनिटी (दक्षिण अमेरिका), एबोरिजिन(अष्ट्रेलिया), इथ्निक माइनोरिटज (विश्व बैंक), नेशनल माइनोरिटिज (चीन) आदि शब्द-शब्दावलीले आदिबासी समुदायलाई बुझाउने गरिएको छ । नेपालमा आदिबासी समुदायलाई जनजाति शब्दले बुझाउँदा (अहिलेको स्थितिमा) उपयुक्त देखिन्छ । तर, आदिबासी र जनजाति शब्दहरू नेपालका राजनीतिज्ञहरूका लागि लुछाचुाडीको खेल भएको छ । लेफ्टिस्टहरूले जनजाति र राइटिस्टहरूले आदिबासी शब्दलाई फ्याँकेर यथार्थमा आदिबासी समुदायको मानसिकतालाई दुई चिरा बनाइरहेका छन् । हामी अराजनीतिज्ञहरूले चाहिँ जनजाति र आदिबासी दुवै शब्दहरूलाई तिनीहरूको आफ्नो प्राज्ञिक स्थान र मूल्यअनुरूप प्रयोग र प्रबर्धन गर्दै लैजानु पर्दछ । जनजाति-धारणामा यसरी प्रष्ट भइसकेपछि मात्रै 'जनजाति साहित्य'को विषयमा अघि बढ्ने बाटो मिल्नेछ । भूपेन्द्र चेम्जोङ, नेपाल कुश्शालगायत जनजाति साहित्यका अभियन्ताहरूले नेपाली साहित्यमा उठाइरहेको यो आवाजको पहिचान, मापन र अवलोकन गर्दै 'जनजाति साहित्य'लाई कसरी समृद्घ बनाउने ? जनजाति साहित्यको कसरी संरक्षण गर्ने ? यस आलेखमा केही उत्तरहरू खोज्ने प्रयत्न गरिनेछ ।

 

. जनजाति साहित्य आन्दोलन

          जनजाति साहित्यको विषयमा बुझ्न खोज्दा जनजाति साहित्य समूहका संयोजक भूपेन्द्र चेम्जोङले मलाई कतिपय अवसरहरूमा भनेका छन्- 'खै Û साथीहरू आ-आफ्नै बाटो लागे । कोही नेपाल लागे । देशजी भयवादतिर लाग्नुभो । दिलजी लिम्बुवान राष्ट्रिय मोर्चातिर लाग्नुभो । तर, अब काम गर्नुपर्छ । साथीहरूलाई म फोन गर्छु ।' भूपेन्द्र चेम्जोङ आफै पनि नेपाली आदिबासीजनजाति महासंघ हङकङका महासचिव हुँदै अध्यक्ष बनिसकेका छन् । राई चन्द्र दुमी पत्रकारितामै व्यस्त छन् । गीता पालुङ्वा गीत र म्युजिक भिडियोमा मस्त छिन् । चञ्चला सेनेहाङ, सनु इजम र सुमित्रा गुरूङको पत्तोफाँट छैन । यद्दपि, यो समूहले जनजाति साहित्यको सन्दर्भमा उठाएका कुराहरू अत्यन्तै गम्भीर रहेको छ । जसको चर्चा र मूल्याङ्कन गरिएन भने हङकङेली नेपाली साहित्य अधुरो हुनेछ । जनजाति द्वैमासिकमा नेपाल कुश्शा सम्पादकीय लेख्छन्- '...साहित्यमा पनि परिवर्तनहरू हुने गरेका छन् । ... नेपालको सन्दर्भमा अहिले आदिबासी जनजातिका कुरा चलिरहेका छन् । हिजो जनजाति शब्द थिएन आज जन्मिएको छ । राजनैतिक, आर्थिक, साँस्कृतिक परिवर्तन साथै जनजाति साहित्यको कुरा उठिरहेको छ ।' तेस्तै जनजाति साहित्यको विषयमा अझै स्पष्ट पार्दै नेपाल कुश्शा लेख्छन्-'जनजाति साहित्यको बारेमा भन्नुपर्दा उपेक्षित जातिबारे जो कोहीबाट लेखिएको साहित्यलाई जनाउनेछ । यसमा सामान्यतः तर्कवितर्क हुन सक्छन् । तर संसारमा पुाजीवादी साहित्य, प्रगतिवादी साहित्य, नारीवादी साहित्य, यौनवादी साहित्य जस्ता स्थापित वाद तथा धार जस्तै जनजाति साहित्यको सुरूआत भएको आभास पाइँदैछ । यसै कुरालाई मनन् गर्दै नेपाली हङकङबासी साहित्यकारहरूबाट जनजाति साहित्यको उठान सुरू भएको छ ।' अब जनजातीय साहित्य र विचारको पालो भन्दै सम्पादकीयमा अभिव्यक्त भएको विचार हङकङेली नेपाली साहित्यका लागि क्रान्तिकारी शुरूवात थियो भने भूपेन्द्र चेम्जोङको जनजाति साहित्य विषयक विचारपत्रलाई लामो छलाङ मान्न सकिन्छ । हङकङको सन्दर्भमा व्यक्त गरिएका विचारहरूलाई तर उता नेपाल र विश्व परिवेशको साहित्यसित दाँजेर हेर्दा चाहिँ जनजाति साहित्यले बुझ्नुपर्ने धेरै कुराहरू पनि रहेछन् । सर्वप्रथम म भूपेन्द्र चेम्जोङका विचारहरू प्रस्तुत गर्न चाहन्छु ।

 

  • ) राज्यबाट असमान व्यवहार गरिएको छ । ती शोषित, पीडित आदिबासी जनजातिको पक्षमा वकालत गर्ने सामुहिक आवाजको रूपमा जनजाति साहित्य अगाडि आएको छ । यति मात्र नभएर आउँदा दिनमा विश्वको कुनै पनि आदिबासी जातिको लोपोन्मुख धर्म, संस्कार, भाषा, लिपि, कला, साहित्य र सास्कृति संरक्षण उत्थानको लागि अग्रगामी भूमिका जनजाति साहित्यले खेल्नु पर्नेछ ।
  • ) ..व्यवहारवादी समालोचनामा उभिएर हेर्दा जनजातिसम्बन्धी जुनसुकै लेख, रचना, पम्प्लेट, विचार, कथा, उपन्यास, नाटक, निबन्ध, मुक्तक, हाइकु, गीत वा अरू कुनै विधा जसमा जनजातिहरूको धर्म, संस्कार, सास्कृति, भूमि, राजनैतिक अधिकार प्रत्याभूत होस् वा भाषा, लिपि, साहित्यसम्बन्धी विषयवस्तु समेटिएको होस् । ती दस्तावेजहरूलाई हामी जनजाति साहित्य भन्छौं ।
  • ) जनजाति साहित्य हुनलाई कुनै लेख जनजातिकै भाषामा लेखिएको हुनुपर्छ भन्ने छैन । भाषा त केवल माध्यम हो । जनजाति साहित्य एक विज्ञान हो । जुन भाषामा लेखे पनि हुन्छ ।
  • ) अमेरिकामा अमेरिकन साहित्यबाहेक अरू पनि धारहरू छन् । जस्तो कालाजातिहरूले अङ्ग्रेजीमै लेख्छन् भने त्यसलाई अफ्रिकोअमेरिकन साहित्य भनिन्छ । त्यसरी नै त्यहाँ रेड इन्डियनहरूको बारेमा लेखिएको साहित्यलाई आदिबासी साहित्य (नेटिभ लिटरेचर) भन्ने गरिएको छ ।
  • ) जनजाति पात्र वा लेखक कुनै कृतिमा वा लेखरचनामा देख्नेबित्तिकै त्यो साहित्य जनजाति साहित्य हुँदैन । त्यस्तै गैरजनजाति पात्र  भएको वा गैरजनजातिले लेखेको कृति भन्दैमा जनजाति साहित्य नहुने कुरै छैन । नेपाली सन्दर्भमा डोरबहादुर विष्ट, नीलमेश्वर अधिकारी जनजाति साहित्यकार हुन् भने भूपि शेरचन, पारिजात, इन्द्रबहादुर राई जन्मले जनजाति भए पनि समग्रमा जनजाति साहित्यकार भन्न मिल्दैन ।

 

           भूपेन्द्र चेम्जोङका यी विचारहरूबाट जनजाति साहित्यको विषयमा अनुमान लगाउन सकिन्छ कि यसप्रकारको साहित्यले जस्तोसुकै अवस्था र परिस्थितिमा पनि सधैा जनजातिको पक्षपोषण गर्दछ । यद्दपि, बुँदा ङ' को भूपी शेरचन, पारिजात, इन्द्रबहादुर राई जन्मले जनजाति भए पनि समग्रमा जनजाति साहित्यकार होइनन् भन्ने आशयको अभिव्यक्ति या विचारसित सहमत हुन सकिन्न । भूपी शेरचनको 'हामी' कवितामा जनजातीय तत्व पाइन्छ । भूपीले कवितामा 'हामी महाभारतको कथामा वणिर्त एकलव्य हौं' भनेर एकलव्यको प्रतीक लेख्नु भनेको जनजातिप्रतिको सहानुभूति र ब्राम्हणवादविरूद्घको विद्रोह बुझ्नुपर्दछ । भूपीले लाहुरेहरूको कथाव्यथामा कविताहरू बुनेका छन् र लाहुरेहरू भन्नेबित्तिकै जनजातिहरू बुझ्नुपर्दछ । अनि कसरी भूपी शेरचन जनजाति साहित्यकार होइनन् ? पारिजातले पनि कतिपय कविताहरूमा तामाङ जनजातिको चेतनालाई व्यक्त गरेकी छिन् । पारिजातले त दलित (उपेक्षित) जातिको विषयमा समेत कविता लेखेकी छिन् । 'जुठी दमिनीको अभिव्यक्ति' नामको उनको कविता दलितहरूको विषयमा लेखिएको कविता हो । पारिजातको यो कविताबाट नेपाली साहित्यमा अत्यन्तै चर्चित कविता बिसे नगर्चीको बयान समेत प्रभावित भएको पाइन्छ । उपेक्षित जातिको बारेमा लेखिएको साहित्य जनजाति साहित्य हो भनेर नेपाल कुश्शाले सम्पादकीयमा लेखिसकेपछि उपेक्षित (दलित) जातिमाथि महान् कविता लेख्ने र तामाङ जनजातिको चेतनालाई आफ्नो रचनाहरूमा सुषुप्त रूपमा अभिव्यक्त गर्ने विष्णुकुमारी वाइबा 'पारिजात' कसरी जनजाति साहित्यकारहरूको परिभाषाभित्र अँट्न सकिनन् । इन्द्रबहादुर राईले आफ्ना उपन्यास र कथाहरूमा जनजाति पात्रहरूलाई आफ्नो धर्म, भाषा, सास्कृति, परम्परा, संस्कार, स्वभाव र चेतना बोल्न लगाएर जनजातिकै पक्षमा साहित्य लेखेका छन् । मिहिन ढङ्गको अध्ययन र अनुसन्धानले मात्रै जनजातीय चेतनालाई भूपि, पारिजात र इन्द्रबहादुर राईका रचनाहरूमा स्पर्श गर्न सकिन्छ । सिद्घचिरण श्रेष्ठले 'अछुत' विषयमा मनमोहक कविता लेखेका छन् । तेसो र सिद्घचिरण पनि जनजाति साहित्यकारकै लहरमा उभिन्छन् । ब्राम्हणवादी राज्यसत्ताले हाम्रो मनमस्तिष्कमा जे-जे हुलिदिएको छ हामीबाट त्यै-त्यै प्रतिध्वनिहरू बाहिर आउनु स्वभाविक हो तर अब हामीले बुझ्नुपर्दछ कि नेपाली साहित्यको उत्खनन् र पुनर्मूल्याङ्कन गर्ने बेला आएको छ । जे होस्, जनजाति साहित्यको अवधारणाले यो उत्खनन् र पुनर्मूल्याङ्कनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्भावनालाई भने नकार्न मिल्दैन ।

           अफ्रिकोअमेरिकन या अफ्रिकनअमेरिकन साहित्यले अमेरिकी साहित्यको ठूलो हिस्सा ��"गटेको छ । ल्याटिन अमेरिकीहरूले लेखिरहेको साहित्यलाई अर्गानिक लिटरेचरको नामले पनि चिनिन्छ । इथ्नोलिटरेचरको नामले समेत अमेरिकी आदिबासी समुदाय या अल्पसंख्यकहरूले साहित्य रचना गरिरहेका छन् । अफ्रिकाका गाउँहरूबाट समातेर दासको रूपमा अमेरिकामा बेचिएका ती काला जातिहरू दासप्रथाको उन्मूलनपश्चात् अफ्रिका र्फकन सकेनन् । तेतै अमेरिकामै आफ्नो गाउँ बनाएर बस्न थाले । तर, उनीहरूको रगतमा अफ्रिका नै बगिरह्यो । आज तेही उनीहरूको रगतमा बगेको अफ्रिकालाई अफ्रिकनअमेरिकन भनेर अमेरिकी समाजले सम्मान गरेको छ । नेपालका आदिबासी समुदाय र अमेरिकाका काला जातिबीच ऐतिहासिक आधारमा समानता छैन तथापि राजनैतिक, सामाजिक, आर्थिक र साँस्कृतिक रूपले केही समानताहरू छन् । तेसो र नेपालको जनजाति आन्दोलनले अफ्रिकनअमेरिकन आन्दोलनबाट धेरै तौरतरिकाहरू सिक्न सक्नेछन् । अफ्रिकनअमेरिकनहरूले द मिडल प्यासेज, दी अन्डरग्राउण्ड रेलरोड, द ग्रेट माइग्रेसन, द हार्लेम रिनाइस्सान्स, द सिभिल राइटस् मुभमेन्ट, द ब्लैक पावर मुभमेन्ट र द ब्लैक आर्ट मुभमेन्टजस्ता अनेकौं प्रकारका आन्दोलनहरू चलाए । ती सप्पै आन्दोलनहरूको उद्देश्य अफ्रिकनअमेरिकनहरूको विकास, उन्नति र प्रगति गर्नु थियो । नेपालमा पनि जनजातिको विकास, उन्नति र प्रगतिका लागि विभिन्न किसिमका आन्दोलनहरू चलिरहेका छन् । वि.सं. २०४६ सालदेखि यता साहित्य, सङ्गीत र कलामा पनि जनजाति आन्दोलनले आफ्नो अलग पहिचान बनाएको छ । हङकङबासी साहित्यकारहरूले सुरू गरेको जनजाति साहित्य पनि जनजातिका पक्षमा चलिरहेका विभिन्न आन्दोलनहरू मध्ये एक हो ।

 

. नेपालका साहित्यिक आन्दोलनहरू र जनजाति साहित्य

          प्रष्ट रूपमा जनजातिको पक्षमा साहित्य लेख्नुपर्दछ भनेर आन्दोलन छेड्ने जनजाति साहित्य समूह नै प्रथम हो तर कलात्मक ढाँचामा जनजातिको जीवन र जगतलाई पनि नेपाली साहित्यले लेख्नुपर्ने आवाजका साथमा आएको सृजनशील अराजकताको आन्दोलनकै मार्ग भएर जनजाति साहित्य आन्दोलनको उठान भएको पाइन्छ । पञ्चायतकालको निरङ्कुश शासनव्यवस्थामा अत्यन्तै कुटनैतिक तवरले साहित्यमा आफ्नो नश्ल र स्वभावको खोजी गर्दै तेस्रो आयाम साहित्यिक आन्दोलनको विकास भएको थियो । झट्टै हेर्दा तेस्रो आयाम 'कलाका लागि कला' भनेझैं अनेकका दर्शन र आस्थाहरूको जगल्टोमा हराएर बिलाउँछ तर यथार्थमा तेस्रो आयामले आदिबासी समुदायका जीवन र जगतलाई नेपाली समुदायमा उजागर गर्ने कार्य गरेको छ । वैरागी काइालाले लिम्बू जातिको मुन्धुमशास्त्रमा वणिर्त पात्र तथा कथाहरूलाई आफ्नो कविताको तत्व बनाएका छन् । पचासको दशक यता उनले प्रष्ट रूपमा जनजाति साहित्यबारे विचारविमर्श शुरू गरेका छन् जसका कारण जनजाति साहित्यमा आफ्नो लेखन उत्सर्ग गर्ने नयाँ लेखकहरूलाई ठूलो प्रोत्साहन मिलेको छ । इन्दबहादुर राईका जनजाति पात्रहरूको शालीन अभिव्यक्तिहरूले पनि हामीलाई हौसला नै प्राप्त भएको छ । तेसो र तेस्रो आयामलाई जनजाति साहित्यको प्रोटो-टाइप-आद्यरूप) मान्दा फरक पर्ने छैन ।

             तेस्रो आयामभन्दा अझै प्रष्ट रूपमा जनजातिका संवेदना र विचारहरूलाई नेपाली साहित्यमा लेख्दै र ब्राम्हणवादी या हिन्दु अहङ्कारवादी तथाकथित नेपाली साहित्यको घोर भत्र्सना गर्दै सृजनशील अराजकताले जुन आन्दोलनको शुरूआत गर्यो तेसकै प्रतिफलस्वरूप नेपाली साहित्यको सडकमा अन्य यस्तै आन्दोलनहरू देखा पर्न लागे । रङ्गैरङ्ग भन्दै विषेश रङ्गवादी आन्दोलनले पनि जनजातिको जीवन र जगतलाई नै आफ्नो आधारभूत सिद्घान्त बनाएको छ भने सृजनशील उत्तरवर्तीहरूले पनि आदिबासी समुदायका कथाव्यथाहरूलाई नै साहित्यको विषयवस्तु बनाउँदै आएका छन् । नयाँ नेपाली साहित्यमा १) वैचारिक अनेकानेक २) साँस्कृतिक वैविध्य ३) नश्लीयबोध ४) कवित्व निस्सीमता र ५) सृजनात्मक निर्णय हुनुपर्छ भन्ने पाँचवटा सर्तहरूका साथमा आएको सृजनशील अराजकता अन्य साहित्यिक आन्दोलनहरूका लागि प्रेरणा बनेको छ । अथवा, सृजनशील अराजकताले उठाएको अजेन्डालाई आफ्नै प्रकारले अन्य साहित्यिक आन्दोलनहरूले उठाइरहेका छन् । यो सकारात्मक पक्ष हो । सन् २००३ तिर हङकङमा पनि जनजाति साहित्यको नाममा जनजातिको पीरमर्का र विचारहरूलाई साहित्यमा लेख्ने आन्दोलन शुरू भएको थाहा हुन्छ । पछिल्लो अवस्थामा देश सुब्बा जनजाति साहित्य भनेर प्रष्ट रूपमा हिाड्न छाडेका छन् तर उनले भयवादका नाममा जे लेखिरहेका छन् तेसले जनजाति साहित्यलाई नै बलियो बनाउने काम भइरहेको छ । नेपाल कुश्शा लिरामोद्वारा राजनीतिक रूपले अघि बढिरहेको स्थिति भएता पनि अन्ततः उनको प्रयत्नले पनि जनजाति साहित्यलाई नै टेवा पुग्ने देखिन्छ । भूपेन्द्र चेम्जोङले 'आत्माआन्दोलन'का नाममा भर्याङ चढ्नु पनि जनजाति साहित्यको आन्दोलनलाई नै बल पुग्नु हो । हङकङेली नेपाली साहित्यबाट घोषणा गरिएकोले नेपालमा प्रचलित अन्य साहित्यिक आन्दोलनहरूभन्दा जनजाति साहित्य आन्दोलनको इतिहासमा विषेश महत्व हुनेछ । तर, प्रतिबद्घता र परिमार्जनको खाँचो जनजाति साहित्य आन्दोलनमा देखिन्छ । जनजाति द्वैमासिक प्रथम अङ्कको परिपक्कता तेस्रो अङ्कसम्म आइपुग्दा फ्यातुलो भएकोछ । नेपाल कुश्शाको जनजाति साहित्यअन्तर्गतको उपन्यास 'छोटो फ्रक'ले प्रेम र वासनालाई प्रमुख विचार बनाउँदा यसले प्रसंशाभन्दा धेरै आलोचना खेप्नुपर्यो । मूल थोक जनजाति चेतनाले सीमान्तीकृत हुनुपर्यो ।

              नेपालमा प्रचलित साहित्यिक आन्दोलनहरूको अभीष्ट र जनजाति साहित्यको अभीष्ट कुनै पनि अर्थमा बेगल छैन । वि.सं. २०५७ देखि यता नेपाली साहित्यमा जनजातिका आवाजहरूलाई बाक्लो गरी लेख्न थालेको पाइन्छ । यसै सन्दर्भमा वैरागी काइालाको ठहर छ-'...साहित्य सिर्जनाको फाँटमा पनि जातीयता, लैङ्गिक र सामाजिक असमानता र उत्पीडन, र आदिबासी जनजातिहरूका सीमान्तीकृत भाषा, धर्म र सास्कृतिहरूले विषय र बस्तुका रूपमा हकदाबी गरेर साहित्यमा ठाउँ पाउन थालेका छन् । यसो हुन सक्नु पनि परम्परागत सोचका परिप्रेक्ष्यमा हेरिदाँ सामयिक र सकारात्मक कुरा हुन्छ । विचार र व्यवहारमा आइरहेको यो परिवर्तनलाई सबैले, विशेषतः बौद्घकिवर्ग र स्रष्टाले सकारात्मक दृष्टिले हेरेनन् भने समाजमा विग्रहको रक्तबीजलाई खेल्ने मैदान सधैा उपलब्ध हुनेछ ।' यसरी उता नेपाल जनजाति साहित्य सिर्जनामा विविध शैली र शिल्प अँगालेर अघि बढिरहेको अवस्थामा यता हङकङमा पनि जनजाति साहित्यको उदय भएको पाइन्छ । जनजाति द्वैमासिकमै नेपाली साहित्यकार तथा पाठकहरूलाई हार्दिक अनुरोध गर्दै भनिएको छ-' जबसम्म देशभित्र छरिएर रहेका सबै जातजातिको भाषा, धर्म, सास्कृति साहित्य बनेर राष्ट्रको मूल साहित्यमा बहदैन तबसम्म त्यस देशको साहित्यलाई पूर्ण साहित्य मान्न सकिदैन ।' तेसो र उता मूलभूमि नेपालमा जोड्तोडका साथ चलिरहेका साहित्यिक आन्दोलनसङ्सँगै यता हङकङमा जनजाति साहित्य अभियान चलेको देखिन्छ । सन् २००४ देखि यता भने जनजाति साहित्यले वैचारिक विमर्शहरू गरेको भेटिदैन । यसबीचमा जनजाति साहित्य समूहले जनजाति साहित्य पुरस्कारको स्थापना गरेर राष्ट्रगान रचयिता व्याकुल माइला र आदिबासी उपन्यासका लागि देश सुब्बालाई पुरस्कृत गरिसकेको छ । तेस्तै कवि नरेश सुनुवार र कवि देवेन्द्र खेरेसलाई पनि कवितामार्फत् जनजाति साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै कदर गरिसकेको छ । भूपी शेरचनलाई जनजाति साहित्यकारकै लहरमा राखेर प्रतेक वर्ष भूपी जयन्ती मनाउँदै आएको जनजाति साहित्य समूहले जनजाति साहित्य सम्बन्धी गतिविधिहरूलाई तीब्र बनाए तापनि जनजाति साहित्यको अवधारणा भूपेन्द्र चेम्जोङको 'जनजाति साहित्य' नामक आलेख र नेपाल कुश्शाको सम्पादकीयमा सिमित भएको छ । अभियान या आन्दोलनमा लागेकाहरूले समय सापेक्षित विचारहरू पनि प्रवाह गर्नु अनिवार्य हुन्छ । नत्र आन्दोलन तुहिने खतरा रहन्छ । कुनै पनि आन्दोलनको आत्मा भनेको विचार हो । तेसो र विचारबिनाको आन्दोलन आत्माबिनाको शरीर सिवाय केही होइन । जनजाति साहित्य समूहले विश्व र नेपालको बदलिँदो परिस्थितिहरूमा नयाँ विचारको निर्माण गर्नु अनिवार्य भइसकेको छ ।
 

. जनजाति साहित्यको समसामयिक अवस्था

          हङकङबाट सुरूआत गरिएको जनजाति साहित्यलाई मात्रै जनजाति साहित्य नबुझेर समग्रमा जनजाति साहित्यको चर्चा गर्ने हो भने यो समृद्घशाली बन्ने बाटोतिर लम्किसकेको छ । नेपाल, भारत, बेलायत, खाडी मुलुकहरू, मलेशिया, अमेरिकालगायत विभिन्न देशहरू जहाँ नेपाली साहित्य लेखिन्छ तिहाँ जनजाति साहित्य हिजोआज बाक्लै लेखिने गरिएको छ । जनजातिको हकहित र विकासका लागि साहित्यका प्राय सबै विधाहरू प्रयोग भएका छन् । विशेषगरिकन कविताले जनजाति साहित्यको आधा वजन उचालेको पाइन्छ । वैरागी काइाला, थाम्सुहाङ पुष्प सुब्बा, कृष्णभूषण बल, विक्रम सुब्बा, भूपाल राई, श्रवण मुकारूङ, सञ्जय वान्तवा (भारत), उपेन्द्र सुब्बा, राजन मुकारूङ, धमेन्द्रविक्रमनेम्बाङ, स्व. स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, भवानी तावा, बलिराज खम्बू, राजेश राई, सगुन सुसारा, समीर, राज माङ्लाक, देवान किराँती, प्रकाश थाम्सुहाङ, गणेश राई (बेलायत), देवेन्द्र खेरेस (बेलायत), चन्द्र गुरूङ (दुबई), समदर्शी काइाला (दुबई), मोहन थेबे (अमेरिका), टंक वनेम (बेलायत), नरेश सुनुवार (हङकङ), भोगेन एक्ले (हङकङ), मुक्कुम (हङकङ), प्रकाश रोदुङ (हङकङ) प्रदीप कन्दङवा (हङकङ) आदिइत्यादि कविहरूले जनजातिका विषय र वस्तुलाई काव्यमा समेटिरहेका छन् । इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ, समीरको उपन्यास पारूमा, देश सुब्बाका उपन्यासहरू अपमान र आदिबासी, दील पालुङ्वा नेपाल कुश्शाको उपन्यास त्यान्द्रो र छोटो फ्रक, राजन मुकारूङको उपन्यास हेत्छाकुप्पा आदिइत्यादिले जनजातिका जीवनशैलीलाई साहित्यमा सुन्दर रूपले प्रयोग गरेका छन् । गीत-गजलबाट पनि जनजातिका मुद्दाहरू उठिरहेका छन् । आदिबासी गीतकार समाज हङकङले आदिबासी नामको गीतिएल्बम प्रकाशन गरेर जनजाति साहित्यलाई गीतसङ्गीतमार्फत् अगाडि बढाउने जमर्को गरेको छ । आदिबासी समुदायबाट लेखकसाहित्यकार, गायककलाकारहरू ठूलो संख्यामा जन्मिरहेका छन् । राज्यले सामान्य नागरिकको सुविधादेखि वञ्चित गरेपछि आदिबासी समुदायका मानिसहरूले आफ्नो अस्तित्व बचाइराख्न पनि साहित्य र कलाको सहारा लिएको हुनुपर्छ । वर्तमान् समयमा तेसो र पनि जनजाति साहित्य एकदमै उन्नतरूपले विकसित भएर गइरहेको छ । जनजाति मूलको गीतकारको रचना राष्ट्रगानका रूपमा छानिनु पनि जनजाति साहित्यको विकास सकारात्मक रूपमा अघि बढिरहेको सङ्केत हो । यति हुँदाहुँदै पनि राज्यसत्ताले दादागिरी बन्द गरेको छैन । क्षेत्री/बाहुन जातिका लेखकसाहित्यकारहरूलाई मात्र संरक्षण दिदैं आएको त्यो राज्यसत्ताको अन्त्य अनिवार्य छ । यसै सन्दर्भमा लेखक प्रकाश थाम्सुहाङ लेख्छन्-'...कवि राजन मुकारूङ र म साझाको सबैभन्दा ठूलो बिक्रीकक्ष प्रदर्शनी मार्गमा पुगेका थियौं । अफसोच, त्यत्रा महान् कवि भूपी शेरचनमाथि यहाँका समालोचकहरूको दृष्टि पुगेकै रहेनछ । यो राज्यको दृष्टि पुगेकै रहेनछ । देवकोटाको, लेखनाथ पौडेलको, माधव घिमिरेको सयवटा समालोचना निकाल्न सक्ने साझा प्रकाशनले भूपीको एउटै समालोचना किताब निकालेको रहेनछ । नत्र त्यत्रो ठूलो बिक्रीकक्षमा भूपीको बारेमा एक समालोचना पुस्तक त पाउनु पर्ने हो ।' हो, यस्तो हेपाई अब सहनु छैन । यसका लागि सप्पै जनजाति स्रष्टाहरू एउटै मोर्चामा आबद्घ हुनैपर्छ । ब्राम्हणवादी नेपाली साहित्यका सम्पूर्ण अवशेषहरूलाई ध्वस्त गर्नु पर्दछ । हङकङको जनजाति साहित्य आन्दोलनले यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको छ र यसअनुरूप आफ्ना कार्यक्रमहरूलाई अझै तिब्र र धारिलो बनाएर लैजानु पर्दछ । विचार र व्यवहारलाई सङ्सागै लगेको खण्डमा मात्रै जनजाति साहित्यको उद्देश्य पुरा हुने देखिन्छ । राज्यले बहुलवाद र बहुसास्कृतिवाद -pluralism  & multiculturalism­­_ लाई आफ्नो शासकीय आदर्श बनाउादै जब नेपालका आदिबासी समुदायहरूको विकास, उन्नति र प्रगतिमा उत्तिकै चासो देखाउनेछ  तब मात्रै वास्तविक अर्थमा सम्पूर्ण नेपाल समृद्घशाली बन्नेछ । नयाँ नेपालका नाममा मीठा-मीठा नारा ठोक्ने ती आर्य नश्लका नेताहरूले जनजातिका मुद्दाहरूमा संवेदनशील भएनन् भने हाम्रो मुलुकको उत्थान असम्भव छ । सहअस्तित्व र समन्वयले मात्रै नयाँ नेपाल निर्माणको जग बसाउन सकिन्छ भन्ने कुरा नेपालभरिका विभिन्न जाति र जनजातिहरूले बुझ्नु पर्दछ । नेपालबाहिरका नेपालीहरूले समेत सहअस्तित्व र समन्वयको नीतिलाई सकारेर सिङ्गो नेपाली जातिको अग्रगमनका लागि जनजातिको विकास अनिवार्य रहेकोमा एकै मत बनाउनु पर्दछ । राज्यले जनजाति लेखकसाहित्यकारहरूमाथि झड्केलो व्यवहार गरे पनि जनजाति साहित्यको उत्पादन अत्यन्तै उत्साहजनक रहेको छ ।

 

. जनजाति साहित्य/प्रज्ञा प्रतिष्ठानको स्थापना

          ब्राम्हणवादी राज्यसत्ताले सधैा जनजाति मूलका लेखकसाहित्यकारहरूलाई उपेक्षा र तिरस्कार गरिरहेको अवस्थामा नेपाललगायत विश्वभरिका नेपाली जनजातिहरूको आर्थिक र बौद्घकि सहयोगमा राष्ट्रिय जनजाति साहित्य प्रतिष्ठान नेपालको स्थापना गरी जनजातिहरूको जीवन र जगतसित सम्बन्ध राख्ने नेपाली साहित्यको विकास तथा संरक्षण गर्न सकिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वतहमा जनजाति मूलका साहित्यकारहरूलाई जानबाट सधैा रोक्ने गरिएको छ । हाम्रो उद्देश्य प्रज्ञा प्रतिष्ठानमै रहेर नेपाली साहित्यको विकासमा आफ्नो बुद्घि र बर्कतले भ्याएसम्म काम गर्नु रहेता पनि जब राज्यले हामीलाई काम गर्ने अवसर दिदैंन तब हामीले हाम्रो अस्तित्व र समुदायको विकासका लागि काम गर्नैपर्ने हुन्छ । हङकङका जनजातिहरूको चन्दाले नेपालमा करोडौंको घण्टाघर र अस्पताल बन्नसक्छ भने जनजाति लेखकसाहित्यकारहरूको विकास र संरक्षणका लागि राष्ट्रिय जनजाति साहित्य प्रतिष्ठान नेपालको निर्माण कसो नहोला । यसरी संस्थागत रूपमा जनजाति साहित्यलाई अगाडि बढाएको खण्डमा निश्चय नै भोलिका दिनमा कुनै पनि जनजाति मूलका लेखकसाहित्यकारहरूले भूपी शेरचनको नियति भोग्नुपर्ने छैन । हाम्रा जनजाति स्रष्टाहरूको मूल्याङ्कन राज्यले गर्दैन भने हामी स्वयम्ले गर्नु पर्दछ । जनजाति मूलका लेखकसाहित्यकारहरूलाई मात्रै होइन गायक, कलाकार, सङ्गीतकर्मीहरूलाई पनि राज्यले उपेक्षा गर्ने गरेको सर्वविदितै छ । तेसो र यी सप्पै स्रष्टाहरूलाई संरक्षण प्रदान गर्ने उद्देश्यले 'राष्ट्रिय जनजाति प्रज्ञा प्रतिष्ठान नेपाल'को स्थापना गर्न सकिन्छ र यो जनजाति प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठानको समानान्तर संस्थान हुनेछ । यहाँ प्रस्तावित गरिएको नाम पछि प्राज्ञजनहरूको सल्लाहसुझावले परिवर्तन पनि हुनसक्नेछ । जनजाति साहित्य प्रतिष्ठान या जनजाति प्रज्ञा प्रतिष्ठानको विधान बनाउने जिम्मा जनजाति मूलका विद्वानहरूलाई दिन सकिनेछ । यसरी हामीले जनजाति स्रष्टाहरूको हकहित, विकास, उन्नति र प्रगतिका लागि जनजाति साहित्य प्रतिष्ठान या जनजाति प्रज्ञा प्रतिष्ठानको गठन गरी भौतिक पूर्वाधारहरू जुटाइदिएको खण्डमा पुरानो राज्यसत्ता आफै ढल्नेछ । पुरानो ब्राम्हणवादी राज्यसत्ता जनजातिहरूको अस्तित्वलाई स-सम्मान राज्यका सप्पै निकायहरूमा प्रतिनिधित्व गराएर नयाँ क्रान्तिकारी राज्यसत्तामा रूपान्तरण हुन्छ भने नेपाल प्रज्ञा प्रतिष्ठानकै यौटा विभागका रूपमा जनजाति प्रज्ञा प्रतिष्ठानलाई राख्न सकिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सैद्घान्तिक स्थापनाले मात्रै जनजातिहरूको उत्थान सम्भव देखिदैन । इतिहासका पानाहरू पल्टाउने हो भने पटकपटक क्षेत्री/बाहुन शासकहरूले जनजातिहरूलाई राजकाजदेखि टाढा राख्दै आएका छन् । राज्य सबैको साझा भएकोले सबै जातजाति, नश्ल र सम्प्रदायका मानिसहरूले समान् रूपमा राज्यका निकायहरूमा सहभागी हुन पाउनु पर्दछ । जनजाति मूलका स्रष्टाहरूले समानान्तर प्रज्ञा प्रतिष्ठान निर्माण गर्नु भनेको समानान्तर राज्य स्थापनाको मार्ग खोलेजस्तो लागे पनि यथार्थमा जनजाति मूलका स्रष्टाहरूको विकास र संरक्षण नै जनजाति प्रज्ञा प्रतिष्ठानको अन्तिम उद्देश्य हुनेछ ।

 

. निष्कर्ष

          जनजाति साहित्य नेपाली साहित्यको निर्माणमा प्रमुख भूमिका निर्वाह गरिरहेको साहित्य हो । नयाँ नेपाली साहित्यको सन्दर्भमा पनि जनजाति साहित्यलाई छुटाउनेबित्तिकै सिङ्गो नेपाली साहित्य अधुरो हुनेछ । जनजाति मूलका नेपाली साहित्यकारहरूले नेपाली साहित्यको विकासमा अत्यन्तै ठूलो योगदान भानुभक्तकै कालदेखि गर्दै आइरहेका छन् । शिरीजङ्गा, जितबहादुर सिाजाली मगरहरूले नेपाली साहित्यमा आफ्नो उपस्थिति नजनाइदिएको भए सायद नेपाल सिङ्गो हुने थिएन । भाषालाई माध्यम मात्रै मानिन्छ तर कहिलेकाहीा भाषा नै साध्य पनि बन्न पुग्छ । खस पर्वते भाषामा जनजातिहरूले साहित्य लेखेर नराम्रो काम के गरे ? बरू राष्ट्रियतालाई अझ मजबुत बनाउने काम भएको छ । खस पर्वते भाषा माध्यम भाषा मात्रै नभएर यो भाषा सुत्दाउठ्दा चाहिने साध्यजस्तै बनिसकेको छ । तेसो र यही खस पर्वते भाषामा जनजातिहरूले भोगिरहेका समस्याहरूका विषयमा साहित्य लेखेर शासकहरूका मन र मस्तिष्कसम्म हाम्रो आवाज पुर्याउनुपर्छ । भाषा र साहित्य कसैको पनि पेवा हुँदैन । तेसो र खस पर्वते भाषा जनजातिहरूको पनि हो र यो भाषामा जनजातिहरूले साहित्य रचना गर्न पाउँछन् । जनजातिहरूले यसरी साहित्य रचना गर्दा साहित्यको विषय र वस्तुले जनजातिहरूको जीवन र जगतलाई स्पर्श गरेको खण्डमा त्यो साहित्य जनजाति साहित्य हुन्छ । जनजाति साहित्यको प्रमुख उद्देश्य भूपेन्द्र चेम्जोङका अनुसार पिछडिएका जनजातिहरूको साहित्यमार्फत् उत्थान गर्ने, राजनैतिक र सामाजिक रूपले अन्यायअत्याचारमा परेका जनजातिहरूमा साहित्यद्वारा चेतना जगाउने रहेका छन् । जनजाति साहित्यको व्यवस्थित अध्ययन तथा अनुसन्धान हुनु जरूरी छ । राज्यसत्ताले बेवास्ता गरेका सम्पूर्ण जनजाति लेखकसाहित्यकारहरूलाई 'राष्ट्रिय जनजाति साहित्य प्रतिष्ठान नेपाल' या 'राष्ट्रिय जनजाति प्रज्ञा प्रतिष्ठान नेपाल'को छानामनि संरक्षण प्रदान गर्दै जनजातिहरूको संवेदना र विचारहरूको सम्मानमा जनजाति साहित्यको सिङ्गो, अटुट र गौरवशाली इतिहास निमार्ण गर्न सकिन्छ । यो महान् कार्यका लागि हातेमालो गर्न तमाम जनजाति मूलका स्रष्टाहरू तयार हुनुपर्दछ । तेसो र मात्रै जनजातिहरूको विकास, उन्नति र प्रगति सम्भव देखिन्छ । तेसो र मात्रै जनजाति साहित्य समृद्घशाली बन्नेछ । जनजाति साहित्यको संरक्षणका लागि सैद्घान्तिक र व्यवहारिक दुवै संज्ञानहरूको आवश्यकता छ । विचार पक्षको विकासका साथै संघसंगठनहरूको स्थापना र व्यवस्थापनले मात्रै जनजाति साहित्यको संरक्षण र सम्बर्द्घन गर्न सकिन्छ ।

 

टिप्पनी र टिप्पनीकारहरू

) जनजाति साहित्यले यसरी मूलधारमा जादाँ अन्य मातृभाषाहरू ��"झेलमा पर्ने सम्भावना देखिन्छ ।

- कवि तथा गीतकार गणेश इजम

) ब्राम्हणवादी साहित्यलाई ध्वस्त गर्नु भन्दा पहिले जनजातिहरूले आफूभित्रको ब्राम्हणवादी सोच ध्वस्त गर्नु पर्दछ ।

-      कवि शरण सुब्बा

) समानान्तर प्रज्ञा प्रतिष्ठान बनाइसकेपछि फेरि विभाग बनाउने कुरा प्रष्ट भएको छैन ।

-      कवि भोगेन एक्ले

) आधारभूत खाका कोरिएको छ । जनजाति प्रज्ञा प्रतिष्ठानका लागि तत्काल नीतिनियम निर्माण गरेर व्यवाहारिक रूपमा काम सुरू गर्नु पर्ने देखिन्छ ।

-      कवि नरेश सुनुवार

) नेपालका जनजातिहरू पहिले जाति थिए । भारततिरबाट भाग्दै आएका कुलमण्डल शाह र उसका भरौटेहरूले छलकपट गरी नेपालका विकसित र शुसभ्य आदिबासी जातिलाई जनजाति बनाएका हुन् । तेसकारण जनजातिबाट जाति होइन जातिबाट जनजाति भएको हुनुपर्छ ।

- कवि तथा गीतकार प्रदीप कन्दङ्वा

 

सन्दर्भ-सूचि

. जनजाति र राष्ट्रवाद- परशुराम तामाङ

. छापामा दलित- एकता बुक्स, काठमाडौं नेपाल

. माक्र्सवाद र नेपालमा जनजाति आन्दोलन- सीताराम तामाङ

. जनजाति द्वैमासिक- सम्पादक, दिल पालुङवा 'नेपाल कुश्शा'

. घुम्ने मेचमाथि अन्धो मान्छे- भूपी शेरचन

. राष्ट्रिय काल्पिकमाथि केही प्रश्नहरू- प्रकाश थाम्सुहाङ

. सृजनशील साहित्य- सृजनशील साहित्य समाज हङकङ

. आदिबासी गीति एल्बम- आदिबासी गीतकार समाज हङकङ

. इन्द्र सम्पूर्ण ग्रन्थ १- इन्द्रबहादुर राई

१०. बैरागी काइालाका कविताहरू- बैरागी काइँला

११. आत्मा आन्दोलनको घोषणा- भूपेन्द्र चेम्जोङ

१२. Critical theory today- Lois Tyson

१३. Culticulturalism- Taylor/Gutmann   
                                                                                                                                         



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
ओ ! काठमाण्डु !
के फुर्ति लाउँछस् तँ ?
तेरो दुर्गन्धित कण्डो सुँघ्नु भन्दा
मेरो गाउँको ‘हरामीचोक’मा
खोपी खेलर बस्छु- बुझिस् ?
जतिबेलासम्म तँ मेरो आख्खेको याम्बु थिइस्

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622872
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com