Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Review / समिक्षा
Read Review in this category, sumitted by different Authors.

Total result found : 65
More Pages : 1 2 [ 3 ] 4

तमसोत्सव अर्थात् अँध्यारो उत्सव
Published : October 27, 2009 | Author : प्रकाश थाम्सुहाङ | Unrated
Views : 988
Print | Email to friend
कवि साम्ब ढकालको "तमसोत्सव" अँध्यारो उत्सव कविताकृति पढ्दै थिएँ झ्याप्प बत्ती गयो । अचम्म भो, उज्यालो छिनमै अँध्यारो भएर आयो । संयोग, अँध्यारो उत्सव के पढ्न थालेको थिएँ मलाई अँध्यारोले छोपेर ल्यायो । पानी पर्‍यापर्‍यै छ, अझै लोडसेडिङ निर्मुल भएको होइन । उदेक लाग्छ अँध्यारो सिवाय हामीले के पायौँ र ?......
Read Full ...


हेत्छाकुप्पासँगको जम्काभेट
Published : October 18, 2009 | Author : प्रदिप कन्दङ्वा | Rating :
Views : 891
Print | Email to friend
अक्सर भिडियोहरूमा देखिरहेको असोका होटेल, होटेलको प्राङ्गण, प्राङ्गणमा प्लाष्टिकको कुर्सिमाथी अलल्लिरहेका केही मानवाकृतिहरू, सिमेन्टको अरङ्गिन र किञ्चित अँध्यारो सिंढि, अनिश्चित दिशाबाट आईरहेको चर्पिको हल्का दुर्गन्ध, मानिसहरूको मधुरो गुन्गुनाहट, कानमा पदचापको हल्का अवतरण छिचोल्दै म असोका होटेलको सभाहलभित्र स्वात्त छिरेँ......
Read Full ...


युद्ध एम्बुसमा राइफलको सङ्गीत : नेपाली उपन्यासमा नयाँ विषयवस्तुको प्रवेश
Published : October 07, 2009 | Author : पूर्ण इन्फादा | Rating :
Views : 2181
Print | Email to friend
विश्वका अनेकन युद्धमा साम्राज्यवादीको साम्राज्य फैलाउन नेपाली रगत नबगेको कुनै ठाउँ बाँकी छैन । राष्ट्रिय सांस्कृतिक पीडालाई जीवन भोगाइका बीभत्स अनुभूतिसँग साट्दै वर्षौंदेखि उर्वर नेपाली युवाको स्वाभिमानयुक्त शिल्प आफ्नै भूस्वर्गमा खन्याउने उत्कट चाहनालाई सामन्तकृत सत्ताले सीमान्तकृत बनायो । न्यायसङ्गत र सहअस्तित्वपूर्ण अधिकारको आवाजमाथि निर्मम र नग्न बुट बज्रिएको दृश्य हेर्दै र जहान परिवारको आँखाबाट खसेको बलिन्द्र आँसु पुछ्दै युद्धमा धकेलिन विवश भए......
Read Full ...


पन गीती एल्बम भित्रको सौन्दर्य
Published : October 07, 2009 | Author : अशोक राई | Unrated
Views : 931
Print | Email to friend
सन्दर्भ रोशा लिम्बूको गिती एल्बम "पन"को हो । यसै सन्दर्भमा आफ्ना केही कुरा ओकली हालौं ।म गीत संगीतको पारखी मात्र । यसको प्राविधिक पक्षमा पुरै अनभिज्ञ म गीत त लेख्छु तर राम्रो गीत लेख्न आउँदैन न गाउन नै । बजाउन त मलाई ताली पनि मिलाएर आउँदैन । अब मैले गीत संगीत यस्तो उस्तो भनेर बोल्ने कुरा त त्यति नसुहाउँला । तर हामी गीतमा सचेतनाका कुरा भने गर्न सक्छौं या आग्रह र विचारको कुरा भने हामी राख्न सक्छौं......
Read Full ...


ज्योति-त्रि-पुञ्जलाई पर्गेल्दा
Published : September 15, 2009 | Author : Chetnatha Dhamala | Unrated
Views : 980
Print | Email to friend
नेपाली साहित्यको क्षेत्रमा तीर्थराज वन्तको नाम अग्रस्थानमा आउँछ । उहाँको जन्म काठमाडौको ठमेलमा वि.सं. १९९६ असार १४ गते भएको थियो भने पुख्र्यौली घरचाहिँ गोरखा जिल्लाको बधुवा गाउँमा हो । सानै उमेरदेखि तीक्ष्ण वन्तले राजनीति शास्त्रमा एम.ए. र कानुन विषयमा बी.एल. सम्मको अध्ययन गर्नुभएको छ । सरस्वती कलेज तथा वाल्मीकि संस्कृत महाविद्यालयमा केही वर्ष अध्यापन गर्नुभएका तीर्थराज वन्त कवि, अनुवादक, सम्पादक र मानवीय कानुनविज्ञ आदि विशेषणले सुपरिचित हुनुहुन्छ......
Read Full ...


हङकङमा टंक सम्बाहाम्फे र उनकोयुद्धभित्र उभिएका बुद्धहरू
Published : August 16, 2009 | Author : अशोक राई | Unrated
Views : 983
Print | Email to friend
टंक सम्बाहाम्फे हङकङमा एक लोकपृय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरूको दूईवटा गीति संगालो 'मनोभाव' र 'सार' बजारमा आईसकेका छन् । हङकङमा सम्बाहाम्फेले गरेका वैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरू नीकै महत्वपूर्ण छन्......
Read Full ...


कवि संङ्केतका ४३ कविताहरू
Published : August 13, 2009 | Author : Ishwor Chamling | Rating :
Views : 763
Print | Email to friend
आफूलाई कवि संङ्केत सर्वनामले चिनाउनु हुने कवि केदार सुनुवारले आफ्ना छरपस्टिएका कविताहरूलाई केलाएर आफै जलिरहेको देश माथी थुपारी दिएका छन । प्रचलित साईजमा उपस्थित यो कृतिको आवरण कला र कृतिको नाम आफै 'जलिरहेको देश'ले नै लेखक वर्ग, लेखनलाई माया गर्ने सर्बसाधारणलाई लोभ्याउदछ । कवि किरण ज्युले यो कृति केही महिना अगाडि मात्र सार्वजनिक गरेका हुन्......
Read Full ...


कवि देवेन्द्र खेरेसको रुङरीको बयान र नदी किनारा
Published : July 15, 2009 | Author : अशोक राई | Unrated
Views : 878
Print | Email to friend
एउटा मध्यम वर्गीय मान्छेले खोज्ने जीवनको लागि न्यूनतम कुरा सायद दुई छाक खाना, एउटा कोठा, न्यानो ओछ्यान, प्यारो नीन्द्रा र मीठो सपना नै हो । तर गाँस, बास, कपास जस्ता आधारभूत तत्वहरू भित्रको यथार्थ असामान्य छ जीवनमा । त्यतिले मात्र पूरा हुँदैन मान्छेको जीवनचर्या । कोठा, ओछ्यान, नीन्द्रा र सपनाभित्र र बाहिरका अनेक अवयवहरूले मान्छे सोचे झै बाँच्न सक्दैन । गाँसमा ढुङ्गा लाग्छ, कोठाभित्र चिन्ताले बास गर्छ, ओछ्यानमा बिझाउने कुरा हुन्छन्, नीन्द्रा निश्चिन्त छैन र सपनाले उतिकै दुःख दिने गर्छ......
Read Full ...


रामकृष्ण बान्तावाको
Published : July 07, 2009 | Author : अशोक राई | Unrated
Views : 1114
Print | Email to friend
"सम्झनाको छाँगाबाट मीठो इन्द्रेणी लहरीँदा तपाई देख्नुहुनेछ आहा ! ती मान्छेहरू ! उज्यालोको गीत गाईरहेका हुनेछन् तरुण तरुणले जीवनको भाका, शब्द सत्ताको स्वभाविक सक्ति । हो मायाबी फूलहरूले गाईरहेका हुनेछन् । प्रत्येक रात सीरुको पातबाट खसेको युवती आँसु कठै ! त्यो पनि सुन्दर दु:ख हुनेछ । र हुनेछ जिन्दगीको बलेसीबाट क्षितिजको घाम हेरीरहेको एक दु:खी गीतकार उहि तपाई हाम्रा पृय रामकृष्ण बान्तावा जो शब्दहरूको पहाड उभ्याएर जीवनको उचाइ उभीन चाहन्छन्......
Read Full ...


अल्मलिरहेको आइकोनोग्राफी
Published : June 02, 2009 | Author : हाङयुग अज्ञात | Rating :
Views : 1204
Print | Email to friend
यतिबेला विश्वमा साहित्य, सङ्गीत र कलाले अनुकरण गरिरहेको समय-बिम्बहरूमध्ये एक उत्तरआधुनिकता-दोश्रो विश्वयुद्घदेखि आजको समयले मानवीय सोच र भोगाइहरूमा पारेको प्रभाव कम महत्वपूर्ण छैन । बीसौं शताब्दीमा मानव-नश्लले विध्वंस मात्र गरेन अनेक यन्त्रहरूको निर्माण पनि गर्‍यो जसले जीवनलाई पहिलेको भन्दा सहज बनायो । हवाइजहाजको निर्माणले मान्छेहरू यौटा देशबाट अर्को देश जान लागे । डुङ्गाबाट दास-बेपार गरेर (अफ्रिकन) मान्छेहरूलाई युरोप लगिएको भने पन्ध्रौं शताब्दीतिरै हो......
Read Full ...


हेत्छाकुप्पा यौटा आवश्यक कृति
Published : May 28, 2009 | Author : राई चन्द्र दुमी | Rating :
Views : 1000
Print | Email to friend
किनभने जातीय मुक्तीलाई जानाजान कसैले तामील टाईगर्स रुप दिएर हाँकिदिए र नेताको सर्टीफाई योग्यभएपछि दरवारमा लगेर बुझाईदिए, जग छँदैथियो आलोकाँचो सेतामगुराली । कसैले मार्क्शवादसंगै जोडेर हिडाउँदा ठूलो बुद्धी पुर्याए मुक्ति पाईएलाजस्तो लागेको थियो, त्यो पनि भोटनै बटुल्नमात्र भईदियो । पछिल्लोकाल ने. क. पा. माओवादीले प्रस्ट उठाएको आत्मा निर्णयको अधिकार सहितको संघीयताको ब्याख्याभित्र बादल दाई, सुशेस आले मगर दाई, गोपाल किराती, स्वर्गीय श्रद्धेय भक्त बहादुर कन्दङवा जस्ता केही थेप्चो नाकहरू हेरेर हजारौँले वलिदान नै गरिदिएका छन तर पर्ख र प्रहार गरौँलामा डल्लिएको छौँ हामी......
Read Full ...


कवि प्रकाश छाङ्छा र उनको 'पुल तरे पछि हराएको मान्छे
Published : May 24, 2009 | Author : अशोक राई | Rating :
Views : 861
Print | Email to friend
प्रकाश छाङ्छा हङकङका पाका कवि हुन् । उनी मिलनसार, हँसिला र ससिला छन् । जीवनका तिक्तताहरुलाई उनले साहित्यमा कतैपनि पोखेको पाइन्दैन । न त जीवन प्रति उनी कहिले निरास नै देखिन्छन् । पिउने कुरामा कवि हरिभक्त कटुवालको याद दिलाउने कवि छाङ्छा साहित्यमा भने उनी जस्तो निरासावादी छैनन् । बरु आफ्ना सृजनाहरुमा उनले देशको माया व्यक्त गरेका छन् । जीवन र जगतका यथार्थहरु उजागर गरेका छन् । राजनैतिक वेथितीलाई व्यंग्य गरेका छन्......
Read Full ...


अनुहारमा लुकेका चोट, पीडाको गहिराई र काङमाङ नरेशका अभिव्यक्ति
Published : May 09, 2009 | Author : गणेश राई | Rating :
Views : 967
Print | Email to friend
प्रतिकात्मक सृजनाले दोहोरो अर्थ बोकेको हुन्छ । यसरी दोहोरो या बहुअर्थी रचना रचिनु रचना कलालाई रचनात्मक बनाउनु हो । कलात्मक बनाउनु हो । जो पठनको दृष्टिमा अरु पठनीय लाग्छ । सृजनालाई कलाद्वारा कुँदिएन भने साहित्य पढ्नुको महत्व हराउने मात्र नभै पठन अपठनीय अर्थात भद्दा लाग्न सक्छ । तेसैले बहूअर्थ लाग्ने कलाकृत सृजना क्लिष्ट जस्तो लागेतापनि तेसको भेद अथवा गुदी भेट्टाएपछि पढ्नुको चोमोलोङ्गमा चढेजस्तो अनुभूत हुन्छ......
Read Full ...


"शब्दघोष जिजीविषाको" भित्र प्रकाश के.सी.को कथाहरूलाई केलाउँदा
Published : April 19, 2009 | Author : अशोक राई | Rating :
Views : 863
Print | Email to friend
"शब्दघोष जिजीविषाको" कथा संग्रह प्रकाश के. सी. र प्रदिप कन्दङ्वा (प्रद्धय) को सयुंक्त कथा संग्रह हो ।यसमा जम्मा दुवै कथाकारका आठ् आठ् वटा गरि जम्मा सोह्र वटा कथाहरू संकलित छन् । कथा संग्रहमा भएका कथाहरूले मूलत हङकङको परिवेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एवं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट् एच् के वेब् मेडीयाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गितकार साथै कवि प्रदिप कन्दङ्वा भने याक एण्ड यति रेष्टोरेन्टका मालिक बनेका छन् ......
Read Full ...


"शब्दघोष जिजीविषाको" भित्र प्रदीप कन्दवाको कथाहरूलाई केलाउँदा
Published : April 14, 2009 | Author : अशोक राई | Unrated
Views : 974
Print | Email to friend
"शब्दघोष जिजीविषाको" कथा संग्रह प्रकाश के. सी. र प्रदिप कन्दङ्वा (प्र द्धय) को सयुंक्त कथा संग्रह हो । यसमा जम्मा दुवै कथाकारका आठ् आठ् वटा गरि जम्मा सोह्रवटा कथाहरू संकलित छन् । कथा संग्रहमा भएका कथाहरूले मूलत हङकङको परिवेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एवं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट् एच् के वेब मेडीयाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गितकार साथै कवि प्रदिप कन्दङ्वा भने याक एण्ड यति रेष्टोरेन्टका मालिक बनेका छन्......
Read Full ...


नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा
Published : April 10, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Unrated
Views : 797
Print | Email to friend
विश्व साहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउँदै ल्याएको छ । यहाँको कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ । मैले काव्यिक आन्दोलनको परिचय (२०६१) मा आधुनिक कालका प्रमुख पाश्चात्य वाद र आन्दोलनको चर्चा गरेको छु, तिनको परिप्रेक्ष्यमा नयाँ इतिहास बोकेको नेपाली साहित्यमा आएका वाद र आन्दोलनको पनि चर्चा गरेको छु । नेपाली साहित्यका मोती मण्डलीदेखि रङ्गवादसम्ममा बितेको डेढ सय वर्षको इतिहासमा तीन दर्जन जति प्रमुख आन्दोलन जन्मिए ......
Read Full ...


खोलिबुङ, जसराज किराँती र सालिक सिपाही
Published : March 24, 2009 | Author : गणेश राई | Rating :
Views : 1122
Print | Email to friend
चेतना सौन्दर्य मान्छे हुनुको सन्दर्भ र सौरभमा अथवा जीवन्तताको महत्व र मानेमा सप्पैभन्दा ठूलो शक्ति हो । साथै अजेय सम्पति पनि हो । नत्र फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट-'मलाई दशौं हजार सङगीनकोभन्दा चारओटा विरोधि पत्रिका (पत्रकार) सित डर लाग्छ ।' भनी किन भन्थे होलान् र । यसो हुनाले चेतना सौन्दर्य मान्छेको सप्पैभन्दा शक्तिशाली हतियार हो । चेतना सौन्दर्यमा जब वैचारिक वैविध्यता समाहित हुन्छ । त्यो अरु उँचो हुन्छ । प्रखर हुन्छ । र, थप सुन्दरका साथै कलात्मक बन्छ । सृजनात्मक निस्सिमताको समावेसी दृष्टिमा वैचारिक अनेकानेक अथवा विविधता सर्वस्वीकार्य हुनुपर्छ, तबमात्र सृजनाको आयाम आयामिक हुनका अतिरिक्त पठनीय हुन्छ......
Read Full ...


गीतकार डि.बि.पालुङवा र आलाप गीतिसंग्रह
Published : March 22, 2009 | Author : टंक सम्वाहाम्फे | Unrated
Views : 1038
Print | Email to friend
लामो मेहनत र परिश्रम पछि कवि तथा गीतकार डि.बि.पालुङवाले सन् २००८ को मध्यतिर 'आलाप' नामक आधुनिक गीति एल्वम नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको सामु प्रस्तुत गर्नु भएको छ । उक्त गीति संग्रह नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वाषिर्कोत्सवको सुखद अवशरमा विमोचन गरिएको थियो । अहिले 'आलाप' गीति संग्रह धेरै नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको हातमा परिसकेको छ......
Read Full ...


"हेत्छाकुप्पा" एक बहुआयामिक उपन्यास
Published : March 10, 2009 | Author : अशोक राई | Rating :
Views : 1384
Print | Email to friend
हेत्छाकुप्पा किराँतीहरूको पुर्खा हो । हेत्छाकुप्पा मानिसहरूको शैशवता हो । सभ्यताको थालनी हो । ऊ नै संघर्षको पहिलो पात्र हो र ऊ नै दु:खको पहिलो पात्र हो, संघर्षशील र मार्गनिर्देशक पात्र हो । किराँतीहरू शिकारी युगदेखि कृषियुगमा प्रवेश गरेको पनि उसकै पालादेखि हो । त्यसैले हेत्छाकुप्पा किराँती सभ्यताको बिम्ब हो । यो मिथकलाई आधुनीक हेत्छाकुप्पामा प्रतिबिम्बित गरेर यो "हेत्छाकुप्पा" उपन्यास लेखिएकोछ ......
Read Full ...


"आलाप" को आलाप
Published : February 21, 2009 | Author : अशोक राई | Unrated
Views : 965
Print | Email to friend
"आलाप" गीति एलबम बजारमा आएको करिब एक बर्ष पुग्न लाग्यो । यस कृतिको बारेमा केही लेखौंला भन्दाभन्दै यत्रो समय गएछ । यस्तै त हो मान्छेलाई परिस्थितीले बाध्य बनाएर हिडाउँछ तर पनि मानिस यो गर्छु त्यो गर्छु भन्न छाड्दैन । अनेक दु:खहरूमा पनि जीवन त बाँचेकै हुन्छ । दु:ख र सुखको बीचमा जीवनको लय मिलाउनु र आत्म सन्तुष्टी लिएर जिउँनु नै जीवनको सौंन्दर्य हो । जिन्दगीका यिनै सौन्दर्यलाई शब्दमा उनेर "आलाप" मार्फत सजाएकाछन् कवि तथा गीतकार पालुङ्गवाले । सुमधुर तथा कर्णप्रिय गीतहरूको एउटा मीठो संगम हो यो "आलाप" एलबम । ......
Read Full ...


More Pages : 1 2 [ 3 ] 4


    Links
Column / स्तम्भ

    Random Pick
मान्छेले बनाएको मन्दिर
मन्दिरभित्रको देवता
मान्छे उसैसँग डराउँछ ।
...........

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687806
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com