Advertisement |
|
|
|
Essay / निबन्ध
Read essays in this category, sumitted by different Authors. |
चिन्ता गर्नुपर्छ
Published : June 24, 2014 | Author : सरण राई | Rating :     |
|
|
'कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?'
ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन ।
चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् ......
|
Read Full ... |
मृत्यु फरवार्ड
Published : July 02, 2012 | Author : युवराज नयाँघरे | Unrated |
|
|
शोकका खबरले भरिएको छ मेरो इमेल बक्स !
जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ दिइरहेछ मलाई । भनौँ न, नजिकको साथी !
बिहान र बेलुका । खबर पढ्ने र जान्ने ध्याउन्नमा कम्प्युटरसँग बसाउठी हुन्छ मेरो । एकदेखि सुरु भएर दुइ वा तीन घन्टासम्म सूचनाको अँगालोमा समय खर्चिन्छु । स्वभाविक दिनचर्या जस्तो ।
अचेल मेरो इमेल बक्समा चाङ छ मृत्युका खबरको ।......
|
Read Full ... |
भोग
Published : May 12, 2012 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
किनारमा छु रगते आहालको !
सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका दशैंमा मिस्सिउँ र मनाउँ आँफै पनि ।
नौरथाको अन्तिम दिन हो यो ।
नवमीको दिन । बिहानै पुगेँ म दक्षिणकाली । जाने उत्कण्ठा पुरानै हो । बल्ल तारतम्य मिल्यो यो पालि । बिहानको चारैबजे जाने मेलोमेसो, त्यहाँ पुग्दा घामले सारीचोलो लाएर नाँचिसक्यो छमछमी......
|
Read Full ... |
चाल्दै-चाल्दै जीवन धूलो !
Published : March 11, 2012 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
चाल्न थालेको जीवन उमेर जत्तिकै भो !
जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न ।
घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी
|
Read Full ... |
भुँवरीमा भिखम
Published : September 14, 2011 | Author : युवराज नयाँघरे | Unrated |
|
|
विमानस्थलको भीडमा छ भिखम !
उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै-परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ ।
उसको सानैदेखिको रहर - आकाशमा उड्ने ।
आकाशको सम्मोहनले उसलाई तान्छ घरी - घरी । भिखम तराईमा जन्म्यो, हुर्क्यो र बढ्यो । अक्षरसम्म चिन्यो ।
'एइ बौवा, कि छे ?'
भिखमसँग ठट्टा गर्नेहरूले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने
|
Read Full ... |
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
Published : August 23, 2011 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
बन्धनको क्यानरीले गाउँछ मीठो गीत
सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ?
बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा भित्र कैद भएको क्यानरी चरी मुक्त हुन नसकेपछि कहिले विद्रोहको गीत गाउँछ त कहिले विरहको गीत गाउँछ तर आफ्नै भाषामा गाइरहन्छ......
|
Read Full ... |
रातो राम्रो गुलियो मीठो
Published : July 06, 2011 | Author : दयाकृष्ण राई | Unrated |
|
|
शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई केलाएर दृष्टिगोचर गर्न बाध्य गरायो । बेलायती साम्राज्यले आफ्नो उपनिवेशलाई सुम्पिएर मलायाबाट हात धोएर हङकङमा गोर्खा सैनिकको ब्रिगेडलाई स्थाइ रुपमा खडा गर्यो, हङकङ आफ्नो उपनिवेश रहुञ्जेलसम्म......
|
Read Full ... |
बाटो म्याद !
Published : July 02, 2011 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न !
मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरा निम्ति ।
यो बाटो म्यादले समग्र जीवन चलेको छ मेरो ।
मैले बाटो छुटाउनै पर्छ अन्यथा सारा योजना लथालिङ्ग हुन्छ, ल्याङफ्याङ हुन्छ र लल्याकलुलुक हुन्छ । यसैले सबै खाले लथालिङ्ग, ल्याङफ्याङ र लल्याकलुलुकबाट जोगिना मैले बाटाका लागि समय नछुट्टाईकन धरै छैन......
|
Read Full ... |
आँसु चुहेको कार्यक्रम
Published : May 24, 2011 | Author : निर्भिक राई | Rating :     |
|
|
गैर वामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चआसनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, "पारिजातको साहित्य आफूले पढेकोछु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिइन् । लक्ष्मीप्रसादले मुनामदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ 'शिरीषको फूल' च्यातिदिए हुन्छ भनिन्......
|
Read Full ... |
झिम्केको झोला
Published : April 24, 2011 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
एयरपोर्टको मुखैमा छ झिम्के !
दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरूको हुलमा छ ऊ । काँचा केटाहरूको बगालमा छ झिम्के ।
एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल ।
ट्याक्सीको साना गाडीहरूको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा ।
झिम्के आफ्नो झोला मिलाउँछ ।
|
Read Full ... |
नियात्रा इराकका रातहरू
Published : October 24, 2008 | Author : केदार 'संकेत' | Rating :     |
|
|
रातको ड्यूटीले गर्दा दिनमा सुत्नु स्वभाविकै ठान्छू म । तरपनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस र ? टेक्स मेसेज हो या भ्वाइस मेसेजको हो मोबाइलले सङ्केत दिन्छ । म अल्छे पाराले आँखाको ढकनी उघार्छु । मोबाइलको भ्वाइस मेसेज रहेछ । मेसेज सुनेर एकछिन किंकर्तब्यबिमूढ हुन्छु ।......
|
Read Full ... |
|
Random Pick |
Step after step
On the way to the end;
Where you and I Will have the ability
To be ourselves again
On my journey.
I passed |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
924318
|
Total Categories |
15
|
More
Links |
|
|