Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Article / लेख
Read articles in this category, sumitted by different Authors.

Total result found : 43
More Pages : 1 [ 2 ] 3

उत्तरवर्ती सोचः केही सन्दर्भ केही अनुभूति
Published : July 21, 2009 | Author : हाङयुग अज्ञात | Rating :
Views : 1410
Print | Email to friend
वि.सं. २०६५ चैत्रमा बुबाको अन्तिम दर्शन गर्न नेपाल गएको बेला आर्यघाटमा धेरै नामी स्रष्टाहरूसित भेट भयो र नेपाली साहित्यका सन्दर्भमा मैले 'अपडेट' हुने अवसर पनि पाएको थिएँ । नेपालका सर्वोच्च कवि वैरागी काइँला, संस्कृतका प्रकाण्ड विद्घान डा. तुलसी भट्टराई, विशिष्ट संस्मरणकार अमर नेम्बाङ, नेपालका अत्यन्तै लोकप्रिय कवि श्रवण मुकारूङ, शालिन र भद्र कविद्वय शशी ......
Read Full ...


भयमा आदिवासी
Published : July 15, 2009 | Author : ज्योति जंङ्गल | Rating :
Views : 997
Print | Email to friend
देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेको पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु । अलिपछि बेहोसीबाट व्यूँझनु र म किन बेहोश थिएँ त्यो खोज्दै जानु र त्यसका कारणहरू छरपष्ट पारिदिनु यस उपन्यासको गहनता हो......
Read Full ...


साहित्यिक सहयात्राको सेरोफेरो
Published : July 04, 2009 | Author : बिमल राई | Unrated
Views : 859
Print | Email to friend
देश सुब्बा रातभरिको अनिदो आँखा बोकी पछाडि ढाडमा सानोझोला बोकेर तर मस्तिष्कमा गरूङ्गो बिचार लिएर भेटघाटको दिन हाम्रो प्रतिक्षाको बाक्लो घेरा तोड्दै लुसुक्क आइपुग्नु हुन्छ । बजारको घुइचोलाई छिचोल्दै । बिचारको केन्द्रमा घोत्लिएर नयाँ बिचारको खोजि गर्नुहुने वहाँको बिकसित बानि पहिले हामी चिनजान हुँदाको समयको भन्दा धेरै परिपक्क भएजस्तो लाग्छ आजभोलि । स्थुल बिचारको माध्यमबाट भित्रि तथ्यपरक जडसुत्रीय कुराहरूले हामीलाई खुबै ब्यूझाउने गर्नुहुन्छ......
Read Full ...


दयाकृष्णको जापानी सम्झना
Published : July 02, 2009 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 959
Print | Email to friend
अस्ति जुन २७ तारिख म निकै व्यस्त रहेँ । धेरै अन्तरालपछि साहित्यिक कार्यक्रममा म व्यस्त रहेँ । अझ यसो भनुँ म उपस्थित भएँ । धेरै समय बित्यो फुर्सदमै, केही सृजना गरेको होइन । साहित्यिक मित्रहरू बोलाउँछन्, कार्यक्रम हुँदी सहभागी हुन फिटिक्कै जाँगर चलेको होइन । मौसम प्रतिकूल छ मेरा लागि । आलस्यताले असाध्यै गाँजेको छ मलाई । मस्तिष्कले पढ्न लेख्न मलाई बन्चित गराएको छ
Read Full ...


महाकविले टेकेको भूमिमा
Published : July 02, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Rating :
Views : 808
Print | Email to friend
रुसयात्राको बारेमा केही लेखौँ भन्छु तर यो हृदयमा धेरै कुरा एकैचोटि उम्लेर आउँदा म अभिव्यक्तिको सङ्कटमा परेको जस्तो हुन्छु । यात्राको अविस्मरणीयता छ एकातिर, अनेक नवीनता छन्, ऐतिहासिकता छ, भिन्न अनुभूति छन् भने अर्कातिर कसरी यो परिस्थितिमा हामी पुग्यौँ, कसरी नेपाली जातिले यत्रा आयोजनाहरू सोच्न थाले, सम्पन्न गर्न थाले, यसले हाम्रो जातीय इतिहासलाई कुन कोणबाट हेर्दा विशेष अर्थ भेटिन्छ जस्ता प्रश्नले मलाई खेदिरहन्छन्......
Read Full ...


वैचारिक अनेकानेकको पक्षमा
Published : July 02, 2009 | Author : हाङयुग अज्ञात | Rating :
Views : 989
Print | Email to friend
दार्शनिक रेने डेकार्टले सोचे- 'म सोच्छु तेसकारण म छु' । उनले यसरी सोच्दा 'म छु तेसकारण सोच्छु' भन्नेहरू आत्तिए । हिजोका संज्ञानहरूमा वर्तमान केलाउँदै भविष्यको रेखाङ्कन गर्नु कुनै पनि शास्त्रको सार्वभौमिक नियम रहेछ । हिजोहिजोमा आज खोज्दै भोलिको मिमांसा जगतको रूपाङ्कनमा तेही भएर अरूभन्दा कुनै पनि अर्थमा पृथक नरहेर सृजनशील अराजकताले पनि हुँदै आएको हो । त्यो हुनु या यो हुनु त्यै डेकार्टले भने झैं अस्तित्वसम्मत्को विचार हुनसक्ला......
Read Full ...


ईतर घोषणाको पक्षबाट
Published : June 04, 2009 | Author : प्रदिप कन्दङ्वा | Unrated
Views : 818
Print | Email to friend
मलाई लाग्दैन कि मेरो मृत्यु भएको छ । किन कि यसघडि म सास फेरिरहेको छु, मैले यस अर्थमा किमार्थ भनेको होईन । बरू यस अर्थमा हुन सक्छ कि यसघडि म केही लेखिरहेको छु । जीवन भ्रमहरूको एक पुलिन्दा हो भन्ने मेरो जिरह छ । असन्तोस यसको सँघटक तत्व हो । दुखको कारण पनि यहि हो । जीवनका यावत गतिबिधिहरूको कारण पनि यहि हो । जीवनको गति प्रदायक तत्व पनि यहि हो । अप्राप्य वस्तुको खोजीमा मान्छे भौतारिन्छ, प्राप्त भएपछि सन्तुष्ट हुने भ्रम पाल्छ......
Read Full ...


दर्शनको घना जंगलमा हामी
Published : May 12, 2009 | Author : बिमल राई | Rating :
Views : 859
Print | Email to friend
मे ३ तारिख आइतबार बिहान म उठ्दा आकाशमा कालो बादल मडारिरहेको थियो । भयवादी देश सुब्बा भन्नु हुन्थ्यो, रंगहरूमा बाक्लो कालो हुन्छ । यो भयको रंग हो । म ताइपेइ उद्यान छिचोल्दै चुनवानको म्याकडोनाल्डमा पुग्दा मित्रहरू देश सुब्बा, प्रेम राई र चन्द्र सम्बाहाम्फे अघि नै आइपुग्नु भएको रहेछ । तर काममा जानुभएकोले डि।बी। पालुवाङ्वा आउनु भएन । वहाँको उपस्थिति खडकिरहृयो हामीलाई......
Read Full ...


म र मेरो कलम
Published : April 20, 2009 | Author : टंक सम्वाहाम्फे | Unrated
Views : 920
Print | Email to friend
डेढ दशक अगाडी विदेशतिर हुर्इकिँदा यी हातहरुले कलम समातेर सिर्जना गर्न पाईएला भन्ने सयमा एक प्रतिशत पनि सोचेको थिईन । सोच्नु पनि कसरी ? परदेशमा पाईला टेकेपछि जे पर्ला सोही टर्ला भन्ने हेतुले हिडिएको हुन्छ । फेरि साहित्य सिर्जना जस्तो गहन कुरा वास्तवमा चानचुने विषय वस्तु अवश्य होइन । त्यसैले कहिले कही आकाशको फल आँखा तरी मर भन्ने उखान सो सरह होला कि जस्तो लाग्थ्यो साहित्य निर्माणका कुरा......
Read Full ...


चियाको चुस्की र हिमाल सकिन्दैन
Published : April 10, 2009 | Author : बिमल राई | Unrated
Views : 911
Print | Email to friend
यही ५ अपि्रल तारीखको दिन । हरेक बिहानीमा मलाई सँधै बिहानीको जनाउ दिने मोबाइल फोन पनि मसँगै मस्त निद्रामा थियो । अर्थात अघिल्लो बेलुकी नै त्यसलाई अफ गरिदिएको थिएँ । मानौ हाम्रो सम्झौता हो यो । बिहानीपख आँखा खोल्दा घडीको छोटो सुईले आठको अंकलाई स्पर्श गर्न दौडिरहेको देखेँ । सोचेँ तर आजको दैनिकीमा असारको पन्ध्र पाइना अर्थात कार्यक्रमको धपेडी थिएन । आइतबारको दिन सधैँ झैँ जागिरसँग पैठेजोरी खेल्नु नपर्ने भएकोले ज्यानले आनन्दको अनुभूति गर्ने गर्छ......
Read Full ...


भयवादकोः आवश्यकता, विकास र गन्तब्य
Published : March 22, 2009 | Author : देश सुब्बा | Rating :
Views : 1026
Print | Email to friend
विचारहरूको महाजंगलमा भेला भएका छौं आज । सबैसित आ-आफ्ना जीवित विचारहरू छन् । यही जंगलमा अंकुरित विचार हो भयवाद । भयवादलाई यहाँसम्म ल्याउन यहाँहरू सबैको ठूलो सहयोग छ । त्यसको लागि यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । आजको यस कार्यक्रमलाई मैले गौरवशाली डायास्पोरिक कार्यक्रम मानेको छु । डायास्पोराको जीवनशैली, विचार र साहित्यमा यसको अति ठूलो महत्व रहने छ......
Read Full ...


उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य
Published : March 14, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Rating :
Views : 1456
Print | Email to friend
प्रस्तुत रचनाको शीर्षकले दुईतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सन्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण गर्नुपर्ने हुन्छ । त्यसकारण म यहाँ बीचको तर छोटो बाटो दौडिन चाहन्छु । यो सूत्र पक्रेर अरूले विस्तारमा जाने मार्ग पत्ता लगाउन सक्छन्......
Read Full ...


हङकङमा नेपाली साहित्य हिजो आज र भोली (कार्यपत्र)
Published : March 09, 2009 | Author : प्रदिप कन्दङ्वा | Rating :
Views : 823
Print | Email to friend
नेपाली साहित्य यतिखेर बिकेन्द्रिकृत युगमा संक्रमित हुने क्रममा छ । सामन्ति राज्यसत्ताको केन्द्रको बिरोध र अवसानसँगै हिन्दुकृत नेपाली साहित्यको केन्द्रमा पनि यतिबेला चैतर्फी प्रहार भईरहेको छ । राज्यका तमाम भाषा-भाषी, संस्कृति र समाजको प्रकार्यबाट उदविकास भएका साहित्यिक मान्यताहरुलाई तथाकथित राष्ट्रिय एकताको नाममा सदैव बर्जित गरेर नेपालको राज्यसत्ताले पृथक मान्यता र आस्थामा विश्वाश राख्नेहरुलाई निमिट्यान्न पार्ने हेतु......
Read Full ...


नयाँ वर्ष २००९ र नेपाली पदक
Published : February 25, 2009 | Author : टंक सम्वाहाम्फे | Unrated
Views : 817
Print | Email to friend
हङकङमा क्रिसमसको उल्लासमय वातावरण सकिंदा नसकिंदै अर्को उल्लास थप्न सन २००९ को नयाँ वर्ष आउँन केहि दिन मात्र बाँकी थियो । नयाँ वर्षाई मनाउँने मेरो कुनै तयारी थिएन । औसत दिनहरु झैं हृदय देखि स्वागत गरुँला भन्ने सोच्दै मात्र थिए । तर अचानक नेपाली साहित्य प्रतिष्ठान हङकङलाई साहित्यमा सेवा गरे वापत नेपाली महासंघ हङकङद्वारा नेपाली पदक प्रथमले सम्मान गर्ने जानकारी पाएपछि मेरो मनले नयाँ वर्षलाग्नु भन्दा केहि दिन अगाडी नै नयाँ वर्षलागेको महशुस गर्न थाल्यो । सोहि अनुसार नेपाली महासंघ हङकङको दशौं वाषिर्कोत्सव सन् २००८ डिसेम्वर ३१ तारिखका दिन पदक ग्रहण गर्ने काम पनि सम्पन्न भयो ।......
Read Full ...


सुन्दर चेतना-भय र भयवाद
Published : February 01, 2009 | Author : देश सुब्बा | Unrated
Views : 946
Print | Email to friend
भयवादको धारणा विकास हुन थालेको पनि एक दशक हुन लागेको छ । विश्वका दर्शन, साहित्यले सह्रशताब्दी, दुईसह्रशताब्दी मनाउँदै छन् धमाधम । नेपाली साहित्य विचारले पनि शताब्दी मनाइसकेको घडीमा भयवाद निकै पछिबाट पहिला विचारमा अनि साहित्यमा आएको छ-हङकङ, काठमाण्डौँ र धरानमा विमर्श, छलफल हुँदै । छोटो अवधिमा राष्ट्रिय बहस हुनुले विषयको सघनता जनाउँछ गतिशीलता देखाउँछ ......
Read Full ...


जनजाति साहित्यको अवलोकन र संरक्षणको सवाल
Published : January 15, 2009 | Author : हाङयुग अज्ञात | Rating :
Views : 894
Print | Email to friend
जनजाति शब्दलाई जनजाति साहित्य समूहका अभियन्ता भूपेन्द्र चेम्जोङ र नेपाल कुश्शाले अङ्ग्रेजीको नेटिभ -native_ भनेर समूहको मुखपत्र जनजाति द्वैमासिक-वर्ष १, अङ्क १, नोभेम्बर-डिसेम्बर, २००३)मा उल्लेख गरेका छन् । तर, नेपाल जनजाति महासंघ र राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान-कार्यदल)ले जनजाति शब्दलाई अङ्ग्रेजीको नेशनालिटीज् -nationalities_ शब्दको समानान्तर उभ्याएका छन् । जनजाति शब्दलाई कतिपयले आदिबासी शब्दको पर्यायवाचीका रूपमा पनि चलाउने गरेका छन् । ......
Read Full ...


युद्ध, साहित्य र समय
Published : December 06, 2008 | Author : गणेश राई | Rating :
Views : 1043
Print | Email to friend
आपस्वारा ओखलढुङगाको बहादुर अगमसिं राईको ओखलढुङ्गा ठूलो छ कि सिद्धिचरण श्रेष्ठको ओखलढुङ्गा ठूलो छ ? बिशेनपुरले भन्ने छ कि कविताले भन्ने छ ? ......
Read Full ...


बल दाइ, यात्री र काठमाडौं
Published : November 26, 2008 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1963
Print | Email to friend
मेरो पि्रय कवि, आदरणीय कवि बल दाइ । बल दाइ अर्थात् कृष्णभूषण बल । नाम सुन्ने बित्तिकै म श्रद्धाले नतमस्तक हुन्छु । तीसको दशकमा उदाउनुभएका शिष्ट तर विशिष्ट कवि बल दाइका कविताहरू पढेर मैले धेरै सिकेको छु । राजधानीदेखि बाहिर मोफसलमा रहेर पनि नेपाली काव्यिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अंशदान (Contribution) को बखान गरी साध्य छैन । ......
Read Full ...


बेढङ्गका साहित्यिक गतिविधि र साहित्यकर्मीहरू
Published : November 18, 2008 | Author : शरण सुब्बा | Rating :
Views : 1167
Print | Email to friend
भर्खरै मात्र "पाँचौ पोखरेली झ्याल" को सन्दर्भमा मितेरी सेवा समिति पोखरा, हङकङले कविता प्रतियोगिता आयोजना गर्र्यो । हुन त यस अघी पनि यस्तो प्रतियोगिता बर्सेनी जसो नेपाली साहित्य प्रतिष्ठानले नगरेको होइन, तर यो कार्यक्रम पहिलाको भन्दा यसकारणले भिन्न छ कि प्रथम त यस्को आयोजक आफैमा साहित्य संस्था होइन, दोस्रो निर्णायकहरू पनि स्थानीय होइनन् । नेपाली साहित्यमा सरूभक्त नाम चलेका कलमबाज हुन् भने प्रकट पगेनी र तीर्थ श्रेष्ठ नाम कमाएका कवि । ......
Read Full ...


आदिवासी आन्दोलनमा सांगितिक आयाम
Published : November 15, 2008 | Author : प्रदिप कन्दङ्वा | Rating :
Views : 955
Print | Email to friend
युगौं देखी धर्म र जातीवादको माखेसाङ्लोमा बेरिएका तमाम अस्तित्व प्रेमी नेपालीहरूको एउटै र अकाट्य अभिष्ट रहेको छ, उल्लेखित उत्पिडनबाट "मुक्ति" । एक धर्म, एक जात, एक भाषा र एक भेष भन्ने सामन्ति केन्द्रीय सत्ताको बिभेदकारी मुलमन्त्रबाट देशमा उत्पन्न भएको चरम जातीय र धार्मिक दमनबाट "छुटकारा" । आफ्नो पहिचान, आफ्नो अस्तित्व र आफ्नै स्वशासन सहितको अखन्ड नेपाल ।......
Read Full ...


More Pages : 1 [ 2 ] 3


    Links
Column / स्तम्भ

    Random Pick
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687809
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com