बगैंचा सम्बाददाता हङकङ
३१ मे २०२६ आईतबार सुनुवार समाज हङकङले हङकङको पार्कभ्यू (श्याँदरपार्क) मा किरात कोईंच सुनुवारहरूको महान चाड सालिवा श्याँदर २०२६ (उभौली) उपलक्षमा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।
सुनुवार समाज हङकङले आयोजना गरेको उक्त कार्यक्रम किरात कोईंचको परम्परागत बिधि अनुसार पित्रृ र प्रकृतिको पुजा आराधना गरि आफ्नो मौलिक वाजा ढोल, झ्याम्टा (गुईदवा, बुफ्थेल) बजाएर नाचेर हर्ष उल्लासकासाथ सम्पन्न गरेको छ ।
यसै महान चाडको अवसरमा किरात इतिहासविद लेखक अतित मुखिया (ईश्वर किरण सुनुवार)द्वारा लिखित तथा सुनुवार समाज समाज हङकङद्वारा प्रकाशित ‘किरात कोईंच मुक्दुममा आधरित परम्परागत उक्कार विधि An Indigenous Healing System In Kiranti Koits Mukdum’ पुस्तक बिमोचन गरिएको थियो ।













