बाजुराको जुकोट डाँडामा करोडौँ लगानीका भवन अलपत्र…..

बाजुरा -     बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुईवटा भवन प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् । पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् । संरक्षण र नियमित उपयोगको अभावमा भवनका संरचनासमेत जीर्ण बन्दै गएका छन् । जुकोटको डाँडामा निर्माण गरिएका उक्त भवनमा कुल २ क...

भोटेकोशीले बगायो थातथलो, शोकले खोस्यो दसैं खुसी…..

नुवाकोट -     विजया दशमीका दिन देशभरि टीका, जमरा, पिङ र आशीर्वादसहित चाडपर्वको उल्लास छाइरहँदा नुवाकोट र रसुवाका विस्थापित बस्तीमा भने निराशा देखियो । भोटेकोशी बाढीमा परिवार, आफन्त र थातथलो गुमाएका विस्थापितहरूका बस्ती सुनसान रहे । केही शिविरमा बालबालिकाका लागि पिङ हालिएको भए पनि अभिभावकदेखि वृद्धवृद्धासम्म बाढीमा बेपत्ता र मृत्यु भएका परिवारजनको सम्झनामा टोलाइरहेका थिए । उनीहरू पीडा पोख्दै भन्दै ...

हराउँदै रातो माटो र कमेरोले घर पोत्ने चलन…..

धनकुटा -     दशैं लागेसँगै कुनै समय धनकुटाका गाउँबस्तीमा रातो माटो र कमेरो खोज्ने चटारो हुन्थ्यो । घरका भित्ता रातो माटोले पोत्ने, कमेरोले सेतो बनाउने र काठका झ्यालढोकामा खोटो लगाउने चलन दशैंको तयारीकै अभिन्न हिस्सा थियो । परिवारका सदस्य मिलेर घर लिपपोत गर्थे । तर, अहिले गाउँघरमै पनि यो दृश्य विरलै देखिन थालेको छ । यसको सट्टा घरमा विभिन्न आधुनिक रङ प्रयोग गर्ने चलन बढेको छ । सिमेन्ट र आधुनिक निर्म...

माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार…..

काभ्रेपलाञ्चोक -     बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने...

सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता…..

काठमाडौं -      सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएक...

लिग २ क्रिकेटमा नेपालले क्यानडासँग खेल्दै…..

काठमाडौं -     आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग खेल्दै छ । अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा अनि दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलमा २८ अंक ...

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो…..

काभ्रेपलाञ्चोक -     रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ । विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था एकिन गर्...

हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु…..

काठमाडौं -     यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् । यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ । अन्य मृतकको पहिचान खुलेको छैन । रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट...

कर्णालीका धनी अर्थमन्त्री, ३१ ठाउँमा जग्गाजमिन, करोडौंको शेयर…..

सुर्खेत -      कर्णाली प्रदेश सरकारका अर्थमन्त्री टेकराज पछाईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधवार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गाजमिन रहेको उल्लेख छ । उनीसँग ७० तोला सुन–चाँदी छ भने २९ वटा विभिन्न लघुवित्त तथा कम्पनीहरूमा ठूलो मात्रामा सेयर लगानी छ । गरिब प्रदेशका रूपमा चिनिएको कर्णाली प्रदे...

उत्तर कोरियाद्वारा पनडुब्बीबाट प्रहार गरिने क्रुज मिसाइलको परीक्षण…..

काठमाडौं -     उत्तर कोरियाले बुधबार पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ । आफ्नो नौसैनिक क्षमताको प्रभावकारिता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्न परीक्षण गरिएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार उत्तर कोरियाको पूर्वी तटबाट टाढा समुद्रमा मिसाइल परीक्षण गरिएको थियो । परीक्षणका क्रममा वरि...

महिला हिंसाको गम्भीर आरोप लाग्दा सरकार किन चुपचाप ?…..

काठमाडौं -      सार्वजनिक अभिव्यक्ति र आचरणलाई लिएर पटकपटक प्रश्न उठ्दै आएका रास्वपा सांसद खगेन्द्र सुनार यतिबेला महिलालाई अश्लील गाली गर्दै धम्की दिएको भनिएको अडियो प्रकरणमा विवादमा परेका छन्। सञ्चारमाध्यममा सार्वजनिक भएको उक्त अडियोपछि उनीमाथि गम्भीर छानबिनको माग भइरहेको छ । तर एउटा महिलाको अस्मितासँग जोडिएको विषयमा बहालवाला सांसद मुछिँदा सरकार अहिलेसम्म चुपचाप बसेको छ । यो विषयमा रास्वपा पार्टी...

साउदीको तेल कम्पनी अरामकोको प्रशासनिक भवनमा मिसाइल आक्रमण…..

काठमाडौं -      साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको खबर भने छैन । रोयटर...