काठमाडौं - अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको जनाएको छ। कार्यालयका अनुसार थप पहिरो तथा अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भए...
समाचार
मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता…..
बागलुङ - बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोक...
वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो…..
काठमाडौं - जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंका र नेपालबीच बिहान पौने ६ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो । खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ । नेपालको यात्रा भने क्वाटरफाइनलबाटै सकिएको छ । नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँग...
१ मंसिरदेखि मासु जाँच ऐन कार्यान्वयन…..
काठमाडौं - सरकारले २८ वर्ष पुरानो ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा पूर्णरूपमा कार्यान्वयनमा ल्याउँदैछ । उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यसाथ सरकारले १ भदौमा नै राजपत्रमा सूचना प्रकाशित गरी यसलाई तीन चरणमा देशभरि लागु गर्ने घोषणा गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भ...
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता…..
बागलुङ - बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेप...
वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता…..
काठमाडौं - वर्षा रोकिएपछि अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ । पृथ्वी राजमार्ग लगायतका सडक खुलाएर आज दिउँसोसम्म गाडी सञ्चालन गर्ने तयारी छ । बुधबारदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत देशभरका सडक अवरुद्ध छन् । आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुलाएर पोखरातर्फ जाने सवारी साधन सञ्चालन गरिएको थियो ।...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ…..
काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ परेका छन् । पक्राउको कारणबारे विस्तृत विवरण खुलाइएको छैन । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘शासकीय मामिला एवं न्यायिक कामकारबाहीमा चलखेल गरेको’ आरोपमा उनका बारेमा निरन्तर गुनासो र उजुरी परिरहेको थियो । सूत्रहरूका अनुसार, जबराको सक्रियता दुई खालको थियो । पहिलो, आफूलाई राजनीतिक गतिविधिमा सक्रिय बनाएर उनले भावी कुनै पदका ला...
पहिरोका कारण कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध…..
काठमाडौं - धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका-१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ । बेनीघाट रोराङ गाउँपालिका-७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको ...
चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा अति भारी…..
काठमाडौं - पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ । यो समाचार तयार पार्दासम्म उक्त मापन केन्द्र आसपास क्षेत्रमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यसैगरी परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा ...
उपत्यकासहित पूर्वी भागमा ठूलो पानी नपर्ने, पश्चिमतिर भोलिसम्म जोखिम…..
गुल्मी - नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आजबाट पानी पर्न कम हुने जनाएको छ । तर पश्चिमी भूभागमा भने आज र भोलि पनि वर्षा निरन्तर हुने सम्भावना रहेको विभागले जनाएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमश: पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले जानकारी दिए । पूर्वमा बादल ...
१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला…..
काठमाडौं – सन् २०१४ को इन्चोन एसियाली खेलकुद। क्वाटरफाइनलमा अफगानिस्तानले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल ८ रनले चुकेको त्यो क्षण नेपाली क्रिकेट प्रशंसकका लागि अझै पनि एउटा नमीठो घाउ बनिरहेको थियो । त्यही एक हारले नेपाललाई पदकको ऐतिहासिक सम्भावनाबाट टाढा धकेलेको थियो । तर, ठीक १२ वर्षपछि एसियाली खेलकुदकै मञ्चमा इतिहास दोहोरिएन, बरु रचियो । एसियाली खेलकुद अन्तर्गतको बहुप्रति...
देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना…..
काठमाडौं - काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । झरी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसमविदहरुले बताएका छन् । मौसमविदहरुका अनुसार आज र भोलि पनि झरी पर्ने पूर्वानुमान छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना छ । निरन्तरको भरीले बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भएका...
















