गोरखा – बुढीगण्डकी बाढीले कटान गर्दा गोरखाका तटीय क्षेत्र जोखिमपूर्ण बनेका छन् । सोमबार गोरखाका बाढी प्रभावित क्षेत्र आरुघाट, आर्खेत, जगत र शान्ति बजार पुग्दा यहाँका तटीय क्षेत्र खण्डहर बनेको देखियो । आइतबार आएको बाढीले सडक र मनास्लु पैदलमार्ग ठाउँठाउँमा कटान गर्दा उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका बस्तीको आवागमन विच्छेद हुनुका साथै उद्धार, राहत र दैनिक उपयोग्य सामग्रीको आपूर्...
समाचार
लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै…..
काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए । त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडाला...
बूढीगण्डकीमा बाढी, इसिमोडको प्रारम्भिक आकलन के छ ?
काठमाडौं - अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुम्चेत नजिक पहिरोले बूढीगण्डकी नदीको बहाव अस्थायी रूपमा थुनिएपछि त्यसको अवरोध फुटेर विनाशकारी बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरेको छ । इसिमोडले आइतबार बिहान करिब ४ बजे सुरु भएको बाढीको प्रारम्भिक विवरण विश्लेषण गर्दै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने जनाएको हो । यसअघि राष्ट्रिय विपद् जोखिम न्य...
बूढीगण्डकी बाढी आउनुअघि कम्पन मापन गरिएको थियो ?…..
काठमाडौं - गोरखाको बूढीगण्डकी नदीमा आज बिहान गेग्रानसहितको आकस्मिक बाढी आउनुअघि उपल्लो क्षेत्रका बासिन्दाले जमिन हल्लिएको महसुस गरेको बताएका छन् । आईरीस भनेर चिनिने अमेरिकाको अर्थस्कोप कन्सोर्टियम संस्थाको भूकम्प अनुगमन प्रणालीमा पनि नेपालको ककनी स्टेसनले जमिन कम्पनको तरङ्ग रेकर्ड गरेको देखिन्छ । अर्थस्कोपले विश्वका विभिन्न स्थानमा जडान गरिएका सिस्मोमिटर (भूकम्प मापन गर्ने उपकरण) बाट प्राप्त ज...
कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी…..
काठमाडौं - नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी भए । मधु आचार्य पनि २ हजार ३४२ मत सहित उपसभापतिमा विजयी भए । समावेशी उपसभापति पदमा बिनोद चौधरी १ हजार ७४५ मतका साथ निर्वाचित चुनिए । खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज प...
बुढीगण्डकीमा बाढी, कहाँ के क्षति…..
गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीमा आएको आकस्मिक बाढीले तटीय क्षेत्रमा असर पुर्याएको छ । आइतबार बिहानै आएको बाढीले दोभान, घट्टेखोला, जगत्, सल्लेरी गाउँलगायतका क्षेत्रमा क्षति गरेको छ । यसबारेको अपडेट बुढीगण्डकीको बाढीले ३४१ मेगावाटको निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगायो बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणा...
बूढीगण्डकी बाढी, चुमनुब्रीका ३५ घर बगे…..
गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको हो । आइतबार बिहान करिब ४ बजे तिर ती गाउँमा बाढी पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । बाढीको जोखि...
मोडल रूपा आङ्बुहांङ लिम्बूलाई सम्मानसहित बिदाइ…..
बेलायत - आस्फोर्ड, केन्टमा मोडल, अभिनेत्री तथा व्यवसायी रूपा आङ्बुहांङ लिम्बूलाई अक्टोबर ९, २०२६ मा बेलायतको आफोर्ड स्थित गोर्खा भिल्ला रेस्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरी सम्मानसहित बिदाइ गरिएको छ। १७ वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय रूपाले म्युजिक भिडियो, लिम्बू चलचित्र तथा फेसन शोमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आउनुभएको छ। व्यवसाय तथा सामाजिक कार्यमा समेत सक्रिय उहाँ पछिल्लो डेढ...
दशैं सुरु, आज घटस्थापना…..
काठमाडौं - नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताए। सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्...
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए । उनका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण ख...
आफ्नो पहिचान बनाउँदै अघि बढेकी एक बहुप्रतिभाशाली महिला…..
काठमाडौं – कला, व्यवसाय र सामाजिक सेवामा सक्रिय रुपा आङ्बुङ अहिले बेलायतमा छिन्। आफ्नो रुचि, मेहनत र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने उनको यात्रा प्रेरणादायी छ। ताप्लेजुङमा जन्मिएकी रुपा आङ्बुङ लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएर कला, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी व्यक्तित्व हुन्। सानै उमेरदेखि कला र मोडलिङप्रति रुचि राख्ने उनले १७ वर्षको उमेरदेखि नै म्युजिक भिड...
वायुमण्डल अस्थिर, शनिबारसम्म वर्षाको सम्भावना…..
काठमाडौं - वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेकाले अझै एक–दुई दिन वर्षाको सम्भावना कायम रहेको हो । मौसम विज्ञान विभागको म...
















