नेपाल च्याम्बर अफ कमर्श हङकङले १५औं बार्षिकोत्सव

गत २८ जुन २०२३, आईतबार साँझ नेपाल च्याम्बर अफ कमर्श हङकङले आफ्नो १५औं बार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त कार्यक्रम चिम्साचुई स्थित ईन्टरकन्टिनेन्टल ग्राण्ड स्ट्यान्फोर्ड होटलमा आयोजना गरिएको थियो ।स्थापनाकालदेखि निरन्तर रुपमा मनाउँदै आएको सो कार्यक्रम महामारी कोभिटको कारण बिगत ३ बर्षदेखि स्थगित गरिएको थियो । कार्यक्रममा हङकङ ट्रेड डेभलोप्मेन्ट काउन्सिलका डेपुटि एक्जिक्युटिभ डाईरेक्टर प्याट्रिक...

अलबिदा भेना

नरेश सुनुवार 2023 जनवरीको तेस्रो अन्तिम दिन आईतबार परेको थियो । हङकङको मौसम- चिसोले निक्कै सताईरहेको थियो । चिसोकै कारण मैले त्यो आईतबार घरमै बसेर दिन बिताउने निष्कर्ष निकालेँ । सायद बुढौलीले छोएर होला जाडो खप्न कठिन हुने र चिसोले प्रायः टाउँको दुुख्ने गर्दछ । जीवन सगिनि रबिनाले स्नेहपूर्वक जोहो गरिदिएको तातो सुप, पानी र सिटामल खाएर मण्डीले बेरिएर कोठामा सुतिहरेको थिएँ । साँझ परिसकेको थियो । मोबा...

माइत जाने बाटो अर्थात हङकङमा कविता

-देवेन्द्र खेरेस युङलन ! फेरि आइपुगेकी छु घुम्दैघुम्दै म पार्कमा । -युङलन पार्क । कवि सुनिता गिरी, हङकङको साहित्य लेखनका अव्वल नाम हो । उनको ‘माइत जाने बाटो’ कविता कृति पहिलो संस्करणबाट पढ्दै आएको छु । र, दोस्रो संस्करणसम्म आइपुग्दा कविताहरू धेरै बुझ्ने मौका मिलेको छ । दोस्रो संस्करणको प्रकाशकीयमा दाजु गुरूङले “ ‘माइत जाने बाटो’ मा यात्रारत कविको कल्पनाको स्निग्ध क्यानभासमा ठिक यति...

किसन राईले वाचेको किस्सा

देबेन्द्र खेरेस (कवि/लेखक) हङकङका पत्रकार तथा समाजसेवी किसन राईको असामयिक निधन भएको वर्षदिन वितिसकेकोछ। पाँच वर्ष अघि हङकङको एक साहित्यिक कार्यक्रमको भेट नै हाम्रो अन्तिम हुन गयो। तर अझ पनि कुनै कार्यक्रम वा भीडहरूमा देख्छु/भेट्छु झै लागिरहेछ। घटना सत्य हुदाहुदै पनि मनले स्वीकार्न गार्हो हुदो रहेछ। हङकङमा ऐभरेष्ट दैनिक पत्रिका प्रकाशन सुरू भएसंगै किसन राईसंग साक्षात्कार हुने अवसर मिलेको थियो...

तिमी यहि कहि छौ–सुनिता गिरी

तिमीलाई फूलहरुमा भेट्छु तिमीलाई जूनहरुमा भेट्छु तिमीलाई घामहरुमा भेट्छु लहराइरहेको छालहरुमा भेट्छु तिमी बिलय भएर पनि हृदयहरुमा छौ बिजुली झैँ आकाशमा केही चम्किएको आभाष हुन्छ पानी जस्तो आँखामा केही छछल्किरहेको प्रतीत हुन्छ कहाँ हो कहाँ पहरा जस्तो अनौठो गरि यो छाती किन सुसाईरहेको अनुभुत हुन्छ तिमी बिलय भए पछि माउ बिनाको चल्ला भएका छौ भोक हराएको छ तिर्खा हराएको छ निद हराएको छ तर पनि ...

मर्दाको मलामी, जिउँदाको जन्ती

अलि लामो समय ग्याप भएको थियो । 'एक थुंगा सेतो फूल हातमा लिएर हुमहाम स्थित शवगृहको शोकसभा हलमा सामेल नभएको' । लाग्दछ- यस्तो दीन नआईदिए हुन्थ्यो ! तर बिधिको बिडम्बना आफूले नचाहेर पनि कतिपय अप्रिय लाग्ने कुराहरू जीवनमा ब्यहोर्न पर्ने हुन्छ, स्वीकार्योक्ति गर्नुपर्ने हुन्छ । हो ! त्यसै नियतिलाई आत्मसात गर्दै मेरो अनन्य मित्र श्री गंगाराम राईज्यूको सासुआमा तथा प्रीय बहिनि संगिता राईको ममतामयी आमा स्व. ...

आदिवासी जनजाति साहित्यकार महाँसघ गठन…..

न्यूयोर्क क्वीन्स, “साहीत्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ । ” भन्ने नाराका साथ भेला भएको अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको भेलाले मणि बाँङदेल राईको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महाँसघ गठन गरेको छ । एघार सदस्यीय कार्य समितीमा उपाध्यक्ष फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिव दिलीप कुमार श्रीष , कोषाध्यक्ष मनु लोहरुङ राई चुनीएको हो । सदस्यहरुमा तारा मिलन छन्त्याल, विरे...

पुस्तक चर्चा “रुदिना” र शिव प्रधान

हङकङमा नियमित हुने साझा साहित्यको ९९ औं श्रृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास " रुदिना" हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुईतीन जना साथीहरुको हस्तलिखित नामै सम्वोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, तर वहाँहरु व्यस्ततालेनै होला यो धारावाहिक कार्यक्रममा कहिलै उपस्थित हुनु भएन । हुनत यो भन्दा अघिपनि साहित्यकार प्रधानले मे २६,२...

एक अपिल

बिहानको सुर्योदय सगै सुर्य नअस्ताएसम्म र पुनः उज्यालोले पृथ्विलाई नचुमेसम्म ब्यस्त हुने देश भनेको हङकङ हो । मानौ २४ घण्टानै ब्यस्त हुने देश । तर हङकङबासी नेपाली दाजुभाइ दिदी बहिनीहरुले अलिकती सोच्नु पर्ने विषय मैले देखेर यो बन्द गरिसकेको कलम फेरि चलाउन बाध्य भए । बिहान उठेदेखि रात नपरिन्जेल सम्म काममा ब्यस्त हुने ठाउँ भनेको हङकङ हो । यहाँ कति त घरमा खाना पकाउन र खान नभ्याएर चाईनिज रेष्टुरेन्...

जुमबाट ९६ औं साहित्य श्रृंखला

२६ जुलाई, हङकङ– कोराना कहरका बीच विश्वव्यापी रुपमा प्रयोग हुदै आएको अनलाइन प्रविधि जुम मिटिङ मार्फत सृजना वाचन तथा समीक्षा गर्दै ९६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा श्रृंखलाले पहिलो प्रयास स्वरुप आयोजना गरेको उक्त कार्यक्रममा जोडिएका साहित्यकारहरु पूर्णिमा शाह, रमण गुरुङ, सुनिता गिरी, दिपेन्द्र राई, डोम राना, गीता अधिकारी, आर्यन भण्...

गजल

शान्तिराम नेपाल (ताप्लेजुङ)   मकै छरेर मकै खोजिन्छ कालिपोके फल्न सक्छ । दिने दैवले नै हो भन्छन् भाग्यले छल्न सक्छ ।   सुकरात एक्लै थिए सत्यका लागि विष पिए एक्लै पुकारेर हुन्न भीडले सत्य बदल्न सक्छ ।   लर्वरिन्छ , ढल्छ, बेहोस हुन्छ मान्छे माते पछि प्रेमको एक प्याला मदिराले सत्य ओकल्न सक्छ ।   मान्छेले मेरो भनी रहन्छ, आफैँमा रहँदैन सधैँ रुख जरा...

मुक्कुमलुङ्मा र युःमा माङबारे मिथकहरू ..

लेखक:गायक/समाजसेवी मान तबेबुङ (नाजम) फक्ताङलुङ-३ खेबेङ ताप्लेजुङ (हाल युके)                 अहिले विश्वमा नै आफ्नो पहिचान खोजका आन्दोलनहरु चर्किदै गएका छन। त्यस्तै हाम्रो देश नेपालमा पनि यहाँका रैथाने मुलबासीहरुको अनेकौ धार्मिक, भाषिक र भौगोलिक पहिचानका कुरालाई राज्यले एकात्मक शासन लादेर मास्नको लागि आफ्नो भए भरको बुद्धि र शक्ति प्रयोग गरि रहदा यस्को विरुद्धमा चर्का आवाजहरु उठ्नथालेका छन। यसैगरि ...