सन २००४ सालमा सगरमाथा गोरखा/नेपालि समाजको स्थापना देखी लिएर यसै संस्थाको भोगाईले दुई दशक पार गरेपछिमात्र मेरो सामाजिक अभियानको यात्रा अन्त्य हुनेभयो। संस्थापक कोश अध्यक्षको पदभार सम्हालि सकेपछि पनि आराम गर्न पाईएन। सन २०१६ मा महासचिवको पद रिक्त भएपछी महा अधिवेसनको प्रस्ताव नकार्न नसकी सातौ महाधिवेशन बाट संस्थाको महासचिव देखी फेरी सुरुगरि प्रत्येक पद हरु सम्हाल्दै नेतृत्व पनी गर्नुपर्ने अवस्था आएको हो। बिभिन्न जात जाति, भासा, सस्कार र सस्कृति हरु मिलेर हामि नेपालि बनेका छौ। हाम्रो देश नेपाल बनेको छ।बिभिन्न पहिचान हरु मिलेर नेपालि पहिचान बनेको छ। तेसैले सगरमाथा गोर्खा/नेपालि समाज आश्फोर्ड वासि सम्पुर्ण नेपालिहरुको साझा सङस्था हो भन्ने मान्यतालाई प्राथमिकता दिएर सवै सवै पुर्व अध्यक्ष ज्यु हरुले कार्यभार सम्हाल्नु भयो। आश्फोर्ड वासि सम्पुर्ण नेपालिले हाम्रो सहरमा बस्ने नेपालिको उन्नति र प्रगतिको लागि संयुक्त रुपमा सपना देख्ने गर्छौ।

यस संस्थाको संस्थापक अध्यक्ष श्री लिम्बु, पुर्व अध्यक्ष भास्कर तितुङ, चक्रबहादुर राई र क प्रसाद छन्त्याल ज्यु हरुको नेतृत्वमा काम् गर्दा पनि अरु सवै अध्यक्ष ज्युहरुपनि हाम्रो अभिभावक बनिदिनु भयो । सम्मानित पुर्व अध्यक्ष ज्यु हरुको नामावलि यस प्रकार छ:
१ श्री प्रशाद लिम्बु – संस्थापक अध्यक्ष
२ किसोर गुरुङ – दोश्रो अध्यक्ष
३ सन्तोश घले – तेश्रो अध्यक्ष
४ गोम्बा शेर्पा – चौथो अध्यक्ष
५ नरेन्द्रकुमार लिम्बु – पाचौ अध्यक्ष
६ पोपिराज राई – छैटौ अध्यक्ष
७ श्री तेम्बे (लिम्बु) – सातौ अध्यक्ष
८ भास्कर तितुङ – आठौ अध्यक्ष
९ चक्रवहादुर राई – नवौ अध्यक्ष
१० क प्रशाद छन्त्याल – दशौ अध्यक्ष
त्यस्तै रह्यो म आवद्ध भएका दुइटा संस्थाहरुमा पनी। काम गर्ने शिलशिलामा जस्ले गाली गर्यो, हामिले आशीर्वाद सम्झेको छौ। कति कुराहरुमा कमजोर सम्झेर विभेद गर्ने सँग बलियो हुन सक्ने प्रेरणा बन्यो ।
सवैको निकै तितो भित्र रमाइलो किस्साहरु छ । कतिकुरामा असहजताको साथ मन दरो गरि सवै अध्यक्ष ज्युहरुको कार्यकालहरु पुरागर्दा सम्मका स्मरणयोग्य दिनहरु छन। भाग्यबस आफ्नो अनुकुलतामा मात्र काम गर्न खोज्ने टिमहरु नभेटिने होइनन। समाजको सेवामा उत्री सकेपछी त्यस्ता समस्याहरुलाइ समुन्द्र जस्तै भएर साथ साथै बगिरहनुपर्ने हुन्छ। मन गरुङगो हुँदा बेस्सरी कथा सुनाएर मन हलुङगो बनाउने पात्र सवैकोलागि रियलमा साथिहरु हुन्छ।
सवै पुर्व अध्यक्ष हरुको धोको समग्र आश्फोर्ड वासि नेपालिहरुलाई एकतावद्ध गर्ने र संस्थालाइ सम्पुर्ण सदश्यहरु केन्द्रित कार्य सम्पादन गर्ने हो। अनि गुणात्मकलाई पहिलो र संख्यालाई दोस्रो स्थानमा राख्ने। झिना मसिना कुरामा ध्यान नदिइकन आफ्नो महान उद्देश्यका लागि केम्द्रीत हुने। हरेक पदहरु सम्हाल्दै जादा सांगठनिक प्रतिवेदन बनाउनु परेकोबेला संस्थाको सपना साकार गर्ने कार्यहरु सम्पादन गर्दैगर्दा धेरै अनुभवहरु गर्न सकिन्छ।

यी दुई दशक भित्रमा कुनै कार्यसमितिले कमिमात्र काम गर्न सकेको पाईदैन। ति दस्तावेज माइनटसहरु संस्थाको फाईलमा आफै बोल्छन। संस्थागत निर्णयले समयको अभावमा कसैको गुनासो सम्बोधन हुन नपाएको खण्डमा पुर्व अध्यक्षर्र सल्लाहकार ज्यु हरुले तु – सचेत गराईएको उदाहरणहरु छन। संस्थागत सहयोग सहकार्यमा स्थानिय सरकारको स्थिति स्थानिय संघसंस्था हरु र बिभिन्न उदेश्यमा खडाभएका विषयगत संगठनहरु सहकार्य र सुमधुर सम्बन्ध कायम रहदै आएको छ। पुर्व अध्यक्ष ज्यु हरुले आफु संग संगै कामगर्दै आएका साथिहरुलाई यस सम्मान भेटघाटमा विशेष धन्यवाद व्यक्त गर्नु भएको छ।
आश्फोर्डवासी सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु र युवा वर्गले सवैको कार्यकाल हरुमा बिशेष हात, साथ र सहयोग गर्नु भएको छ। यो दुई दशक भित्र प्राविधिक रूपमा सहयोग गर्नु हुने ब्याक्तिहरु, समाजको लागी आर्थिक मानसिक सहयोग गर्नु हुने सबैको नाम संस्थाको रेकर्ड फाइलमा सुरक्षित रहेको छ।
यो सम्मान पाउदा सदा माया स्नेह, हौसला दिनुहुने सम्पुर्ण व्यक्ति हरुसंग ॠणि भएकोकुरा पुर्व अध्यक्ष ज्यु हरुले कुरा गर्नुभएको छ। कार्यसम्पादनको क्रममा हुन सक्ने प्रतिकुल सम्पर्क तथा यसबाट हुनसक्ने असहजताप्रति पनि क्षमायाचना गर्नुभएकोछ। वहाअरुले नै १० औं महाधिवेशनवाट अध्यक्ष जस्तो गरिमामय पदमा आसिन गराउनु भयो। संस्थालाई यहासम्म पुग्न बिभिन्न तह र तप्का बाट जसरी सहयोग पुर्याउनु भएकोथियो त्यसैगरी आगामी दिनहरुमापनो यहाहरुको साथ सहयोगको आशा गरेको छु।
म भन्न चाहान्छु तपाई हरुको बिनासहयोगर ११औ कार्यसमीतिको अमुल्य समय खेर जानेछ। तपाईहरु काम दिनुहोस हामी समयदिन्छौ। सगरमाथा गोर्खा नेपालि समाज परीवारले म प्रती निभाउँदै आएको अपार सहयोग, आदार , सत्कार , र प्रगाड मायाँ, ममता नसम्झनु म बाट ठूलो अन्याय हुन्छ भन्ने मान्यता राख्दछु। अन्त्यमा बिभिन्न संघसस्था साथीभाई, इस्टमित्र र आफन्तजनवाट दुई दशक सम्म निरन्तर साथ – सहयोग पुर्याउदै आउनु भएकोमा सवै पुर्व अध्यक्षहरुको तर्फवाट हार्दिक आभार ब्यक्त गर्न चाहान्छु।

धन्यवाद डम्मर सिंगक |अध्यक्ष|
वर्तमान कार्यसमिती सगरमाथा गोर्खा/नेपालि कम्युनिटी, आश्फोर्ड, केण्ट।












