पिएचडि स्कलर राईद्वारा विश्वप्रसिद्ध हङकङ लौरियट फोरममा वैज्ञानिक कार्यपत्र प्रस्तुत

  नरेश सुनुवार 'ठूले'

सम्बाददाता बगैंचा सन्चार हङकङ

नोबेल पुरस्कार विजेता वैज्ञानिक राईनहाड गेन्जलसंग मिलन राई

हङकङ पोलिटेक्निक विश्वविध्यालयमा विद्यावारिधिका लागि अध्ययनरत २८ वर्षीय डा. मिलन राई उत्कृष्ट २०० युवा वैज्ञानिकहरूमा छनौटमा परि यहि नोभेम्बर १३ देखि १८ सम्म आयोजित विश्वप्रसिद्ध हङकङ लौरियट फोरममा सहभागि भई आफ्नो वैज्ञानिक अनुसन्धान प्रस्तुत गरेका छन् ।
हङकङ लौरियट फोरम परिषदले विश्वभरिबाट खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्र विषयमा अध्ययनरत र विद्यावारिधि सकेका ३५ बर्ष मुनिका युवाहरूबाट आवेदन माग गरेको थियो। २०२१ को नोभेम्बरमा हुने तय भएकोमा विश्वब्यापि महामारि कोरोनाको कारणले स्थगित भएर उक्त सम्मेलन अहिले आयोजना भएको थियो ।

छनौट प्रकिया अनुसार पहिलो चरणमा खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्रका वरिष्ठ वैज्ञानिक र प्राध्यापकहरू सम्मिलित साईन्टिफिक रिभ्यु कमिटिले उत्कृष्ट आवेदकहरू छनौट गरेको थियो र पहिलो चरणमा छनौट भएकाहरू मध्येबाट दोस्रो चरणको लागि हङकङ पोलिटेक्निक विश्वविध्यालयका पूर्व प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविध्यालयका पूर्व उपकुलपति एवम प्राध्यापक लगालयत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साईन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गरेको थियो ।

वैज्ञानिकहरूमाझ आफ्नो कार्यपत्र प्रस्तुत गर्दै मिलन राई

फोरमको उदघाटन हङकङ सरकार प्रमुख जोन लिले गरेका थिए भने हङकङ सरकारका मुख्यसचिव, उप- मुख्यसचिव, सचिवहरू लगायतले सम्वोधन गरेका थिए। हप्तदिनको सताब्यपि सम्मेलनमा विश्वविख्यात नोबेल पुरस्कार तथा स, फिल्ड मेडल, ब्रेकथ्रु पुरस्कार लगायत बिभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित विश्वका वरिष्ठ वैज्ञानिकहरूको वैज्ञानिक प्रस्तुति रहेको थियो। उक्त विश्वविख्यात नोबेल पुरस्कारबाट सम्मानित विश्वका वरिष्ठ वैज्ञानिकहरूको अगाडि राईले आफ्नो वैज्ञानिक कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्मेलनमा राईले नोबेल पुरस्कार विजेता वैज्ञानिक राईनहाड गेन्जलसंग समसामयिक कुराकानी पछि नेपाल भ्रमण गर्न निम्तो समेत दिएका थिए । जवाफमा गेन्जलले आफ्नो हिमाल चढ्ने चाहना भएपनि घुडाको समस्याले त्यो चाहना पूरा नहुने बताएका थिए ।

‘हुने बिरूवाको चिल्लो पात‘ भने जस्तै राई सानैदेखि बिभिन्न बैज्ञानिहरूको जीवनी पढ्न रुचाउँथे । उनि स्कूलमा निक्कै मिहिनेति र मेघावी विद्यार्थी थिए । काठमाण्डौं स्थित बोर्डिंग स्कूलमा अध्ययनरत राईले एसएलसी परिक्षामा ८९ प्रतिशत अंक लिएर उत्कृष्ट श्रेणीमा उतिर्ण भएका थिए । ११ र १२ कक्षासम्म काठमाण्डौमा अध्ययनरत उनि स्नातकतहको अध्ययनका लागि भारत गए र २०२० मा भारतबाट स्नातकतहमा दृष्टि विज्ञानमा गोल्ड मेडलिष्ट बनेका थिए ।

समारोहलाई सम्बोधन गर्दै हङकङ कार्यकारी प्रमुख जोन लि

स्नातकतहमा गोल्डमेडलिष्ट विद्यार्थीले मास्टर्सतह अध्ययन नगरि सिधै PhD. अध्ययन गर्न पाउँने प्रावधान भएकोले हाल उनी हङकङ पोलिटेक्निक विश्वविद्यालयमा जलबिन्दु सम्बन्धि वैज्ञानिक प्रोजेक्टमा विद्यावारिधि गर्दैछन् ।

उनले स्नातक तहमा पढ्दै गर्दा विश्व दृष्टि सम्मेलन लगायत भारतको अरू धेरै सम्मेलनमामा कार्यपत्र प्रस्तुत गरिसकेका छन् । केही समय अघि सम्पन्न तेस्रो एसिया प्यासेफिक न्यूरोसाईन्स सम्मेलनमा पनि राईलाई सर्वोकृष्ट छात्रको रूपमा नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

हङकङ पोलिटेक्निक विश्वविध्यालयमा विद्यावारिधिका लागि अध्ययनरत २८ वर्षीय डा. मिलन राई उत्कृष्ट २०० युवा वैज्ञानिकहरूमा छनौटमा परि यहि नोभेम्बर १३ देखि १८ सम्म आयोजित विश्वप्रसिद्ध हङकङ लौरियट फोरममा सहभागि भई आफ्नो वैज्ञानिक अनुसन्धान प्रस्तुत गरेका छन् ।

हङकङ लौरियट फोरम परिषदले विश्वभरिबाट खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्र विषयमा अध्ययनरत र विद्यावारिधि सकेका ३५ बर्ष मुनिका युवाहरूबाट आवेदन माग गरेको थियो। २०२१ को नोभेम्बरमा हुने तय भएकोमा विश्वब्यापि महामारि कोरोनाको कारणले स्थगित भएर उक्त सम्मेलन अहिले आयोजना भएको थियो ।

२८ वसन्त पार गरेका राई आमा निरम राई र बुवा रूद्र बहादुर राईको जेष्ठ सुपुत्रको रूपमा काठमाण्डौको जोरपाटी, नारायणटारमा जन्मेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार