म ता दोबाटोमै अलमल्ल परिरहेछु
म मात्र कहाँ हो र ?
यो बिशाल जनसागरमा
म त स्तब्ध छु ! मौन मौन छु
मुक दर्शक बनेर नियाली रहेछु
थाह छ मलाई पा-री क्षितिज त
दृष्ट्रिको भ्रमजाल न हो,
मृगतृष्णा हो मारिच स्वार्ण मृत वनेजस्तो
हरेक अवसर, ऋतु परिवर्तनसँगै
रंग परिवर्तनको क्षमता राख्ने छेपारो जस्तो
या त मोनालिसाको अनौठो मुस्कान जस्तो
र त यो अन्तरमनले स्विकार्दैन
पटक्कै स्विकार्दैन………. !
आऊ अझै अगाडि अग्रसर बनौं
‘डिजगाइज‘ रूप धरेर
खेलौ खेल सहचरकै निर्मल भावनासँग
आऊ ! हेर ! हामी लुटिएको
युगौदेखि रमिता बनेर
रमिता बनाएर
थाह छ …………………..!
हाम्रो भावनाहरूको बलात्कार गर्ने
मेरै कुटुम्ब, मेरै सहचर भनेर
तर म त स्तब्ध छु, मूर्तिवत छु
अपांग जस्तो, पत्थरको मूर्ति जस्तो !
मेरो अणुअणुमा ‘गोर्खाल्याण्ड ‘होवेना‘
‘अमर सोनार बंगल‘ को चित्कार
बिष्फोट हुँदा पनि मौन मौन !
‘नो म्यान्स ल्याण्ड‘ ‘लिज होल्ड ल्याण्ड‘
‘पि.पि.एस.‘ ‘पाँच डेसिमलको बण्डा‘
छातिभरि समेट्दै मौन नै छु,
‘गीताङ्गे डाडा‘ ‘सुमेरो मन्च‘मा
उदबोधन गरिएको आदर्श भावहरू
अहिले नै तारा टिपेर ल्याउने
जुन नै हत्केलामा झारि दिने
पशुलाई आहार ‘नूनिया‘ चामल खुवाउने
अनि मुग्ध भीड समर्थकका
यन्त्रहरूमा कैद, अनि फेसबुकमा झलमल्ल !
अनेकौ ‘लाईक‘ ‘शेसर‘ प्रशंसा अनि सुपर्वहरू !
तर म मौन मौन नाप तौलमा ब्यस्त छु
अनि ‘म‘ र ‘हामी‘ भित्र भयवाह
सुनामीको छाल उर्लिछ ।