सम्पादकीय

नयाँवर्ष २०८० सालको उपलक्षयमा देशविदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना साथै हाम्रा सम्पुर्ण भिजिटर/दर्शकहरूमा शुख, शान्ति, समृद्धिको कामना सहित सम्पुर्ण नेपालीहरूमा बधाई समेत प्रकट गर्दछौँ ।

नेपालको संविधान घोषणा, नयाँ संविधानकै आधारमा भएका राजनीतिक घटना, परिघटना तथा तीनै तहमा सफलतापुर्वक सम्पन्न भएका निर्वाचनहरू, देशमा भएको संघिय व्यस्था, राजनीतिक स्थिरता, दिगो सरकार रहेको यस सुखद अवस्थामा नयाँ वर्ष २०८० सालको सुरूवातले वितेका वर्षहरूमा नेपाली जनतामा देखिएका निरासार, बैमनुष्यता र विविध अन्योलताको अन्त्य हुने नेपाली जनतामा विश्वासको आशा पलाएको छ । बहुमत प्राप्त सरकारले राजनीतिक अस्थिरतालाई पुर्ण विराम लगाउदै राजनीतिक पार्टी, असन्तुषट पक्ष क्षेत्रहरूलाई समेट्दै वैदेशिक, छिमेकिहरूसँगका राजनीति, कुटनीतिक तथा अन्य सम्बन्धहरूलाई सुधार तथा विकसित गर्दै, विकासमा संलग्न विभिन्न निकाय, गैर सरकारी संस्थाहरू विकास र समृद्धिमा ध्यान केन्द्रित गर्दै विकसित राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्दै देशलाई समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता हो ।

नेपालको ऐतिहासिक, राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक विकासका अनुभबका साथै परिवर्तित अवस्थामा स्थानीय निकाय देखि केन्द्रिय स्तरसम्म्, केन्द्र देखि दुरदराजका क्षेत्रसम्म सम्पुर्ण जात, भाषा, धर्म, लिंगलाई समान्ताका आधारमा देशमा दिगोविकास र आर्थिक समृद्धितर्फ देशलाई अग्रसर गराउनु अबको अपरिहार्ता हो । देश विकासका लागि औधोगिक विकास गर्दै वैदेशिक रोजगारीका लागि देशका युवाशक्ति पलाएन रोक्किनेतर्फ ध्यान केन्द्रित हुनु अहिलेको एक ट्टकारो आवश्यक हो ।

सरकाले देश विकास र समृद्धिका लागि स्वदेशिक, बैदेशिक, गैर आवशीय लगानीका लागि शुरक्षा, पुर्ण पारदर्शिताका साथ लगानिमा आकर्शित गर्दै सरकारले अभिभाक्त्वको भुमिका निर्वाह तर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ । उचित व्यवस्थापन सहित जलविधुत उत्पादन, शिक्षा, स्वास्थ, खेलकुल, व्यापार, सांगितक तथा चलचित्र क्षेत्रमा विकासका साथ देशले गुणात्मकरूपमा प्रगतिका लागि स्थानिय तह देखि केन्द्रिय स्तरसम्म जनता देखि कर्मचारीसम्म गम्भिरता, सम्वेदनशिलता, सजक्ताका साथै आफ्नो अधिकार, कर्तब्यप्रति वफादर भएर कार्यगर्ने तर्फ लागुने भन्ने सबैमा कामना गर्छौँ। साथै जनताका सामान्य कार्यका लागि स्थानिय निकाय देखि उच्च तहसम्म हुने उपारदर्शिता, झन्झटिलो प्रक्रिया, विकासमा नाममा भएका भ्रष्टचार, कमिसनबाट हुन नसकेका दिगो विकासबाट मुक्तभै होस भन्ने समेत कामना गर्दछौ । अन्तमा सम्पुर्ण नेपाली जनता, सरकार तथा सम्बन्धि सम्पुर्ण निकाय, गैर आवशीय नेपालीहरूमा देश, समाज, क्षेत्र, प्रदेश तथा सिंगो विकासका लागि २०८० सालको शुभकामना व्यक्त गर्न चहान्छौ साथै हामी नेपाली पत्रकारितालाई थप मजबुद तथा सहज बनाउनका साथै जनताका संञ्चार तथा सुचनाको अधिकारहरू सुनिचित गर्न थप परिमार्जित गर्दै अघि बढ्ने बाचा गर्दछौँ ।

नितेश सुनुवार
प्रधान सम्पादक
बगैचा डटकम
तथा
बगैचा सञ्चार प्रा.लि. नेपाल परिवार