काठमाडौं - यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् । यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ । अन्य मृतकको पहिचान खुलेको छैन । रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट...
अन्तर्राष्ट्रिय
उत्तर कोरियाद्वारा पनडुब्बीबाट प्रहार गरिने क्रुज मिसाइलको परीक्षण…..
काठमाडौं - उत्तर कोरियाले बुधबार पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ । आफ्नो नौसैनिक क्षमताको प्रभावकारिता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्न परीक्षण गरिएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार उत्तर कोरियाको पूर्वी तटबाट टाढा समुद्रमा मिसाइल परीक्षण गरिएको थियो । परीक्षणका क्रममा वरि...
साउदीको तेल कम्पनी अरामकोको प्रशासनिक भवनमा मिसाइल आक्रमण…..
काठमाडौं - साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको खबर भने छैन । रोयटर...
नेपालमा एमसीसी म्याद एक वर्ष थप्ने तयारी…..
काठमाडौं - नेपालमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्ने तयारी गरिएको छ । एमसीसी अनुदानमा सञ्चालित परियोजनाहरू पाँच वर्षभित्र सम्पन्न गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । तर, नेपालमा परियोजना कार्यान्वयन सुरु (इन्ट्री इन्टु फोर्स) भएपछि अमेरिकी सहयोगबारे समीक्षाका कारण केही महिना काम स्थगित भएको, प्राकृतिक विपद्का कारण ढिलाइ भएको लगायत कारण एक वर्षसम्म म्याद ...
चार वर्षपछि कतारमा भेट्ने वाचासहित सकियो २०औं एसियन गेम्स…..
नागोया - चार वर्षपछि कतारमा भेट्ने वाचासहित २०औं एसियन गेम्स (एसियाड) को आइतबार समापन भएको छ । जापानकोआइची-नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा समापन भएको हो । २०३० मा हुने २१औं संस्करणको आयोजक कतारको दोहालाई झण्डा हस्तानतरण गर्दै २०औं एसियाड समापन भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का शेख बिन जोअन बिन हमाद अल थानीले २०औं एसियाड समापन भएको घोषणा गरे । उनले आयोजक आइची प्रिफेक्चर र नागो...
बालेनले राष्ट्रसंघमा दिवासत्रको १७ औं नम्बरमा सम्बोधन…..
न्युयोर्क (अमेरिका) - प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरे । प्रधानमन्त्री शाहको ट...
आणविक खतरा बढ्यो, विश्वव्यापी मुद्दामा बहुपक्षीय दृष्टिकोण जरुरी…..
काठमाडौं - शनिबार नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्चस्तरीय नेताहरूको सहभागिता छ । ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबि...
साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण…..
रियाद - साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक अमेरिकी अधिकार...
पश्चिम एसियामा तनाव चुलिँदै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो…..
तेहरान - पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ। पछिल्लो २४ घण्टामा भएका आक्रमण र त्यसपछिका चेतावनीले यस क्षेत्रमा अस्थिरता थप बढाएको छ। इरानको खातम अल-अन्बिया सेन्ट्रल हेडक्वाटरका प्रवक्ता कर्नल इब्राहिम जोल्फघारीले इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेका छन्। ...
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे…..
बेइजिङ - तिब्बतमा आएको भीषण बाढीमा परी ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (CCTV) का अनुसार बेपत्ता हुनेहरूमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा ठूलो संख्या नेपालीहरूको रहेको छ। चिनियाँ अधिकारीहरूका अनुसार १०४ जना नेपाली नागरिक अहिले पनि बेपत्ता छन्। विदेशी नागरिकहरूको विवरण: चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनु...
१ करोड डलर इनामको घोषणा…..
तेहरान - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ । इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारित भएको जनाइएको छ । भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको र उनको स...
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु…..
क्रिभी - युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसी ड्रोनको दुई चरणको आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्। घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको आक्रमणलाई 'अत्यन्त निन्दन...
- 1
- 2
- 3
- …
- 52
- Next Page »














