नागोया - चार वर्षपछि कतारमा भेट्ने वाचासहित २०औं एसियन गेम्स (एसियाड) को आइतबार समापन भएको छ । जापानकोआइची-नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा समापन भएको हो । २०३० मा हुने २१औं संस्करणको आयोजक कतारको दोहालाई झण्डा हस्तानतरण गर्दै २०औं एसियाड समापन भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का शेख बिन जोअन बिन हमाद अल थानीले २०औं एसियाड समापन भएको घोषणा गरे । उनले आयोजक आइची प्रिफेक्चर र नागो...
अन्तर्राष्ट्रिय
बालेनले राष्ट्रसंघमा दिवासत्रको १७ औं नम्बरमा सम्बोधन…..
न्युयोर्क (अमेरिका) - प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरे । प्रधानमन्त्री शाहको ट...
आणविक खतरा बढ्यो, विश्वव्यापी मुद्दामा बहुपक्षीय दृष्टिकोण जरुरी…..
काठमाडौं - शनिबार नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्चस्तरीय नेताहरूको सहभागिता छ । ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबि...
साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण…..
रियाद - साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक अमेरिकी अधिकार...
पश्चिम एसियामा तनाव चुलिँदै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो…..
तेहरान - पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ। पछिल्लो २४ घण्टामा भएका आक्रमण र त्यसपछिका चेतावनीले यस क्षेत्रमा अस्थिरता थप बढाएको छ। इरानको खातम अल-अन्बिया सेन्ट्रल हेडक्वाटरका प्रवक्ता कर्नल इब्राहिम जोल्फघारीले इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेका छन्। ...
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे…..
बेइजिङ - तिब्बतमा आएको भीषण बाढीमा परी ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (CCTV) का अनुसार बेपत्ता हुनेहरूमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा ठूलो संख्या नेपालीहरूको रहेको छ। चिनियाँ अधिकारीहरूका अनुसार १०४ जना नेपाली नागरिक अहिले पनि बेपत्ता छन्। विदेशी नागरिकहरूको विवरण: चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनु...
१ करोड डलर इनामको घोषणा…..
तेहरान - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ । इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारित भएको जनाइएको छ । भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको र उनको स...
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु…..
क्रिभी - युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसी ड्रोनको दुई चरणको आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्। घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको आक्रमणलाई 'अत्यन्त निन्दन...
इरानसँग अहिले कुनै वार्ता नभएको छैन…..
वासिङ्टन डीसी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले कुनै वार्ता नभएको बताएका छन् । उनको यो भनाइ आफूहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) सँग ‘ब्याक च्यानल’ स्थापना गरेको दाबी गरेको एक दिनपछि आएको हो । इरानी संसद्का सभामुखले भने अमेरिकाले तेहरानबाट थप सहुलियत लिन दबाब दिइरहेको आरोप लगाएका छन् । वार्ताको सम्भावना कमजोर बनेसँगै मध्यपूर्वको तनाव थप बढ्ने चिन्ता देखि...
भारतीय प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गरिने…..
काठमाडौं - भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । प्रधानसेनापति सेठ आइतबार काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा नेप...
जोखिममा नेपाली कामदार…..
लन्डन - सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ जनवरीमा एक भारतीयको रेष्टुरेन्ट ब्याम्बो हाउस लिमिटेड...
कोलम्बियामा शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु…..
काठमाडौं - कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् । केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ । कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा च...
- 1
- 2
- 3
- …
- 51
- Next Page »














