बालेनले राष्ट्रसंघमा  दिवासत्रको १७ औं नम्बरमा सम्बोधन…..

न्युयोर्क (अमेरिका) –      प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरे । प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू छन् । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन आइपुगेका प्रधानमन्त्री शाहले यसपटक राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनप्रति धेरैको चासो छ । यसैबीच उनले न्युयोर्कमा को सँग भेट्छन् ? वा भेट्दैनन् ? भन्ने अर्को बेग्लै चासो छ । परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम छ । उनले महासभामा सम्बोधन गर्नुअघि नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्ने कार्यसूची तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । त्यसपछि मात्रै उनले महासभालाई सम्बोधन गर्ने कार्यसूची तय भएको हो । नेपाली समय अनुसार, बिहीबार (नेपालको शुक्रबार बिहान पर्छ) को दिवासत्र सुरु भएपछि महासभामा १८ वटा देशका प्रमुखले बोल्ने कार्यसूची रहेको छ । जस अनुसार, प्रधानमन्त्री बालेनको बोल्ने पालो १७ औं नम्बरमा छ । महासभाको कार्यतालिका अनुसार, एक जनाका लागि बोल्ने समय १५ मिनेट छुट्टाइएको छ । यद्यपि सरकार प्रमुखहरूले १५ मिनेटमा नै सक्नुपर्ने भन्ने हुँदैन । जुन नेपालप् मिष् अनसार, शुक्रबार बिहान ४/५ बजेतिरको समयमा सम्बोधन गर्ने भएका छन् । केहीले अलि धेरै समय पनि बोल्नुहुन्छ, कोहीले १५ मिनेटमा नै सक्नुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यही अनुसार उहाँको पालो शुक्रबार बिहान ४/५ बजेतिरको समयमा आउँछ होला । राष्ट्रसंघीय महासभाको सबैभन्दा महत्वपूर्ण जनरल सेसन मंगलबारबाट न्यूयोर्कमा शुरु भएको थियो । मंगलबार बिहान राष्टसंघका महासचिव गुटेरेसका साथै अमेरिकाका राष्टपति डोनाल्ड टम्प, महासभाका अध्यक्ष डा. खिललुर रहमान लगायतले सम्बोधन गरेका थिए । नेपाल अहिले जलवायु परिवर्तनका कारण सृजित विनासको चपेटामा परेको छ । तर, कमजोर र यसरी प्रभावित देशलाई न्याय दिलाउने सन्दर्भमा विभिन्न बहस भइरहेका छन् । प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबारे जुन क्षति भयो त्यसपछि आफ्ना अधिकारबारे बोल्ने विषय छन् त्यसमा तयारीसहित बोल्ने कार्यसूची रहेको स्रोतहरू बताउँछन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार