काठमाडौं - इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमाफर्mत् मिसाइल आक्रमण गरेको छ । आत्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ...
अन्तर्राष्ट्रिय
लस एन्जलस प्रदर्शनको नालीबेली…..
वासिङ्टन - अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी नीतिविरुद्ध दैनिक रूपमा विरोध प्रदर्शनहरू हुन थालेका छन् । त्यसलाई नियन्त्रण गर्नका लागि अमेरिकी सहर लस एन्जलसका मेयरले गत मंगलबार सहरको मध्ये क्षेत्रमा रातभर लागू हुने गरी कर्फ्यु घोषणा गरे । तर, त्यहाँको प्रदर्शन अमेरिकाको अन्य सहरहरूमा फैलिन थाल्यो । सङ्घीय सरकारले व्यावसायिक कार्यक्षेत्रहरूमा आप्रवासीहरू विरुद्ध छापा मार्न...
इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु, तीन सय बढी घाइते…..
काठमाडौँ - इजरायलले इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा निन्दा गरेका छन्। इरानका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा जारी सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सम्बोधन गर्दै इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर...
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा…..
तेल अभिभ - इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो। इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्...
अहमदावाद त्रासदीले सम्झाएको सौर्य एयरलाइन्स जहाज दुर्घटना…..
काठमाडौं - भारतको अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडेको केही क्षणमै एयर इन्डियाको एआई-१७१ जहाज जमिनमा बजारिन पुग्यो । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण बिहीबार नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नु पर्यो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रुको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उदृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । यसबाहेक २० देखि २५ स्...
अमेरिकाबाट निष्कासित ३७ नेपाली काठमाडौं आइपुगे…..
काठमाडौं - अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो । नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्याौपानेले जानकारी दिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हाले...
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण…..
कीएभ - युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। यस आक्रमणमा, युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी, ४ वटा रुसी सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको जनाएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त आक्रमणमा रुसका ४० वटा युद्धविमानहरूलाई निशाना बनाइएको जानकारी दिए । यसले रुसका ३४ ...
भारत र पाकिस्तानबीच आज वार्ता…..
काठमाडौं - चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो । भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० ग...
भारत–पाकिस्तानबीच युद्धविराम…..
काठमाडौं - भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण ...
भारत-पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक…..
काठमाडौं - पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर...
भारत-पाकिस्तान तनावमा नेपालको धारणा के ?…..
काठमाडौं - दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेपछि परिस्थिति थप बिग्रिन सक्नेमा अमेरिकासहितका मुलुकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भनेका छन् । आफैं युद्धमा रहेको इजरायलले भारतलाई समर्थन गर्दै बुधबार मध्यराति भएको हवाई हमलाल...
पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु…..
काठमाडौं - पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 45
- Next Page »