राजधानीमा हमला गर्ने चेतावनी…..

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो । मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरुमा ‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेक...

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौँ …..

बेइजिङ — नेपालको संसद्‍बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए। आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै 'व्याख्य...

रुससँग शान्ति वार्ताका लागि बेलारुस पुग्यो युक्रेनी…..

काठमाडौँ — रुससँग शान्ति वार्ताका लागि युक्रेनी अधिकारी बेलारुसको सीमा क्षेत्रमा पुगेका छन् । युक्रेनको राजधानी किभस्थित बीबीसी संवाददाता अब्दुजलिल अब्दुरासुलोभका अनुसार रुसको प्रस्तावअनुसार युक्रेनी प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुसको सीमास्थल पुगेको हो । यसअघि बेलारुसले वार्ताका लागि स्थान तय भएको जानकारी दिएको थियो । वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुप...

रुसले युक्रेनमाथि आक्रमण, हालसम्म १३७ युक्रेनीको मृत्यु…..

काठमाडौँ — रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।  त्यस्तै रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै...

अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं…..

बेइजिङ — चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ। चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा 'धम्की कुटनीति' सुरू गरेको छ। यसको ...

युक्रेनमा रूसी आक्रमण अझै सम्भव छ: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार रसियालाई युद्धबाट पछि हट्न आग्रह गर्दै रसियाले युक्रेनको सीमाबाट केही सेना फिर्ता गरेको समाचारको पुष्टि नभएको बताए। "रूसका नागरिकहरूलाई: तपाईं हाम्रो शत्रु हुनुहुन्न, र मलाई विश्वास छैन कि तपाईं युक्रेन विरुद्ध रक्तपातपूर्ण, विनाशकारी युद्ध चाहनुहुन्छ," बाइडेनले ह्वाइट हाउसबाट राष्ट्रिय टेलिभिजन टिप्पणीमा भने। बाइडेनले भने कि संयुक्त राज्य अमेरिकाले "र...

बेलायतमा एकै दिन दुई लाख बढी सङ्क्रमित…..

लन्डन । बेलायतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्न थालेको छ । बितेको २४ घण्टामा दुई लाख भन्दा बढी सङ्क्रमित भएका छन् जुन महामारीयताकै नयाँ कीर्तिमान हो ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप दुई लाख १८ हजार ७२४ मा नयाँ सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सङ्ख्या एक साताभित्र ६८ प्रतिशतले वृद्...

भारतले मदर टेरेसाको परोपकारका लागि विदेशी कोष रोकेको छ

अगस्ट २६, २०२१ भारतको कोलकातामा अर्डरको मुख्यालय बाहिर नि:शुल्क खाना सङ्कलन गर्न । भारतको सरकारले मदर टेरेसाको परोपकारी संस्थालाई विदेशी कोष प्राप्त गर्नबाट रोक लगाएको छ । क्याथोलिक संगठनले स्थानीय कानून अन्तर्गत सर्तहरू पूरा नगरेको भन्दै गरिबहरूको लागि आश्रयहरू चलाउने सबैभन्दा प्रख्यात समूहहरू मध्ये एकलाई प्रहार गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मिशनरिज अफ च्यारिटीले विदे...

करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भूभागमै प्रवेश…..

पूर्वी नवलपरासी, काठमाडौं — भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिर/भिडियो खिचेको हो । नेपालको अनुमतिबेगर एसएसबीले आइतबार न...

रेको नजरमा ओली चतुर खेलाडी…..

काठमाडौँ — नेपालमा २०७२ सालमा आएको विध्वंसकारी भूकम्पलगत्तै भारतले ठूलो राहत र साथ–सहयोग दिएपछि पनि भारतविरोधी नेपाली मनस्थिति सेलाइसकेको थिएन । केही भारतीय मिडियाले देखाएको नेपाल–नेपालीको चित्रका कारण विपत्तिमा परेका नेपालीमा स्वभावैले आक्रोश थियो । त्यो बेला ‘ब्याक अफ इन्डियन मिडिया’ भन्दै चर्किएको विरोध सानो थिएन । भूकम्पको घटनालगत्तै तत्कालीन भारतीय राजदूत रञ्जित रे नेपालबारे ब्रिफिङ गर्न दिल्...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण…..

काठमाडौँ, अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ। मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। परिणाम उत...

चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच विशेष सुरक्षा सम्झौता…..

वासिङ्टन — बेलायत, अमेरिका र अस्ट्रेलियाले चीनको प्रभाव रोक्नका लागि भन्दै एक विशेष सुरक्षा सम्झौता गरेका छन् । चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो । बुधबार भिडियो मिटिङमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौताको घोषणा गरेका हुन् । तीन ठूला शक्तिाराष्ट्र...