भारत–पाकिस्तानबीच युद्धविराम…..

काठमाडौं -      भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण ...

भारत-पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक…..

काठमाडौं -      पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर...

भारत-पाकिस्तान तनावमा नेपालको धारणा के ?…..

काठमाडौं -      दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेपछि परिस्थिति थप बिग्रिन सक्नेमा अमेरिकासहितका मुलुकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भनेका छन् । आफैं युद्धमा रहेको इजरायलले भारतलाई समर्थन गर्दै बुधबार मध्यराति भएको हवाई हमलाल...

पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु…..

काठमाडौं -      पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशा...

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन…..

काठमाडौं -       भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय पनि भारत सरकारले गरेको छ । यी हुन् भारत सरकारले...

भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु…..

काठमाडौं-      भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ । हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् । भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन् । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही घाइतेलाई उपच...

ट्रम्प कर वृद्धिको निशाना सधैं चीन नै थियो ?…..

काठमाडौं -     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे भन्सार शुल्क वृद्धि योजनाले सुरुवातमा अमेरिका आउने धेरै देशका सामानमा आयात शुल्क वृद्धि भयो। यीमध्ये केही देशहरू लामो समयदेखि अमेरिकाका सहयोगी रहँदै आएका थिए। तर, ९ अप्रिलमा यो योजना लागू भएको केही घण्टामै ट्रम्पले चीन बाहेक बाँकी संसारका लागि पारस्परिक भन्सार शुल्क वृद्धि ९० दिनका लागि रोक्ने घोषणा गरे। यस कदमपछि केही विश्लेषकहरूले प्रश्न उठाउन ...

ट्रम्पले भन्सार शुल्क बढाएर पछि धेरै अमेरिकी कम्पनीका सेयर डाउन…..

काठमाडौं-    अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा सम...

सजिलो हुनेछैन तर, हामी जित्छौं…..

वासिङ्टन -    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर वृद्धि गरे । त्यसलगत्तै आएका विभिन्न प्रतिक्रिया र शेयर बजारले देखाएको नकरात्मक संकेतलाई मध्यनजर गर्दै उनले अमेरिकी नागरिकलाई आश्वस्त बनाउने प्रयास गरेका छन् । ट्रम्पले अमेरिकीहरूलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धि ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

२५ वर्षसम्म खान मिल्ने मासु र जंगलमा बाँच्ने तालिमको माग…..

काठमाडौं -    बेलायतीहरुले तेश्रो विश्वयुद्धको आशंकालाई लिएर तयारी सुरु गरेका छन् । जसका कारण बेलायतमा बाँच्ने तालिम ((सर्भाइबल ट्रेनिङ) को माग ७५ प्रतिशतले बढेको छ । बेलायतमा मानिसहरुले तेश्रो विश्वयुद्धको जोखिमबाट बँच्नका लागि आफूलाई तयार पारिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आणविक बमको एक स्विच थिच्दा हुनसक्ने सम्भावित सर्वनाशकारी विस्फोटबाट आफूलाई बँचाउनका लागि बेलायतीहरुले लामो समय...

भेटवार्ता सार्थक र रचनात्मक…..

काठमाडौँ -    नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबिचको भेटवार्ता सार्थक सकारात्मक भएको जनाएका छन् । शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा थाइल्यान्डकाे बैंककमा ओली र मोदीबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि रिमालले सामाजिक सञ्जालमा भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्...

अमेरिकी धम्की अर्थहीनः इरानी सर्वोच्च नेता खामेनी…..

तेहरान-    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताएका छन् । फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै खामेनीले भने, अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले उनीहरूलाई कहीँ पनि पुर्‍याउँदैन ।’ यदि उनीहरूले इरानविरूद्ध क...