म्यानमारमा आन्दोलनका क्रममा अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा……

सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छअनुग...

आङ सान सुकीमाथि ६ ओटा नयाँ आरोप……

म्यान्मारमा सेनाको 'कू' पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्। उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ। न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताएका छन्। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन्। म्यान्मारको उत्तरपूर्वी बगो सहरम...

म्यानमारमा थप ८२ मारिए……

जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको म्यानमारको सेनाले शुक्रबार एकै दिन ८२ जना नागरिकको हत्या गरेको छ। म्यानमारको यांगुन सहरनजिकै सेनाको कदमको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा उक्त संख्यामा हताहती भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ। म्यानमारका स्थानीय मिडिया र घटनाका प्रत्यक्षदर्शीका अनुसार सुरुमा उक्त आक्रमणमा केकति प्रदर...

म्यानमारमा व्यापक सैनिक दमन, ८९ प्रदर्शनकारीको मृत्यु……

म्यानमारमा सैनिक ‘कु’ को विरोध गर्ने क्रममा व्यापक सैनिक दमन हुँदै आएको छ। त्यसक्रममा शनिबार मात्र कम्तीमा ८९ प्रदर्शनकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिबार नै त्यहाँ ‘नेसनल आम्र्ड फोर्सेज डे’ परेको थियो। सैनिक ‘कु’ को चर्को विरोध भइरहेका बेला सेनाले पनि व्यापक दमन गरेपछि उक्त संख्यामा प्रदर्शनकारीको मृत्यु भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएक...

म्यान्मारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए……

सैनिक कूपछि म्यान्मारमा चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा एकै दिन यति धेरै जनाको ज्यान गएको यो पहिलोपटक हो । द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार भएको हिंसात्मक झडपमा परी म्यान्मारको मुख्य सहर यांगुनमा मात्रै २१ जनाको मृत्यु भएको छ । देशका अन्य सहरहरूमा समेत गरी ३८ जना प्रदर्शनक...

चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी……

चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पु¥याएको आरोप लागेको ...

चीनले बनायो कोरोना पासपोर्ट……

कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका लागि यस्तो व्यवस्था गरेको हो। यस्तो व्यवस्था गर्नेमा चीन विश्वकै पहिलो देश बनेको छ। उक्त डिजिटल सर्टिफिकेटमा खोप लाएनलाएको जानकारी तथा भाइरस परीक्षण नतिजा ...

म्यानमारमा हिंसात्मक दमनविरुद्ध काठमाडौंमा प्रदर्शन…..

काठमाडौँ — म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीहरूले म्यानमारमा नरसंहार बन्द...

‘तीन महिनाभित्र सबै अमेरिकीलाई खोप’……

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यसम्ममा सबै वयस्क अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप पाइसक्ने बताएका छन् । अमेरिकाले यसअघि जुलाई अन्त्यसम्म सबै वयस्क नागरिकलाई खोप उपलब्ध हुने घोषणा गरेको थियो । बाइडेनले यसअघि घोषणा गरिएको भन्दा दुई महिनाअघि नै सबैले खोप पाउने भए पनि खोप अभियानको समय बढाइने जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्ध निकै लामो रहेको भन्दै जनतालाई ‘...

उत्तर कोरियाले अमेरिकी भ्याक्सिन चोर्ने प्रयत्न गरेको आरोप……

अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप उत्तर कोरियामाथि लागेको छ । दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । यद्यपी, कुनै डाटा चोरी भएको वा नभएको विषय अहिलेसम्म स्पष्ट भने भएको छैन । दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर अधिकारीहरुले विधायकहरुलाई गोप्य जानकारी दिएका छन् । अमेरिकी कम्पनी ...

डब्ल्यूएचओ टीमले कोभिड १९काे उत्पत्ति जाँच गर्न वुहान बजार भ्रमण गर्‍यो……

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभिड १९  को उद्गम अनुसन्धान गर्ने टोलीले आइतबार हुआनन् बजार भ्रमण गरे जुन अहिले चिनियाँ शहर वुहानको बन्द समुद्री खाना केन्द्र हो जहाँ नयाँ कोरोनाभाइरस सुरुमा पत्ता लागेको थियो। टोली भारी सुरक्षाको बीचमा हुआनान् आइपुगेकाे थियाे, बजार वरिपरि एक उच्च निलो बार बाहिर अतिरिक्त ब्यारीकेटहरू राखिएको थियो, र एक घण्टा पछि अनुरक्षणका साथ निस्किए। बिहीबार दुई साता क्वारेन्टि...

बेलायतमा २९ हजारभन्दा बढी संक्रमित, ७८ लाखले लगाए खोप……

बेलायतमा पछिल्लो २४ घन्टामा २९ हजार ७९ जना नयां कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्याँक अनुसार नयां संक्रमित संगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७२ हजार ८१३ पुगेको छ । बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा केहि कमि आएको स्वास्थ्य विभागले जनाएको छ । हाल यहाँका अस्पतालमा झन्डै ३५ हजार संक्रमितको उपचार भइरहेको छ भने झन्डै चा...