बेलायतमा १८० पेशामा वर्क परमिट बन्द…..

लन्डन -     बेलायत सरकारले यसअघि श्वेत पत्रमा उल्लेख गरे बमोजिम अध्यागमन नियम परिवर्तन कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । मंगलबार संसदमा पेश गरिएको नयाँ नियमहरुले खासगरी बेलायतको कामसँग सम्बन्धित आप्रवासन व्यवस्थामा उल्लेखनीय कडाइ गरेको छ । संसदबाट पारित भए दुई सातापछि २२ जुलाईदेखि कार्यान्वयनमा आउने नयाँ नियमबाट विशेषतः वर्क भिसामाथि कडाइ हुने छ । व्यवस्था र नियन्त्रण पुनर्स्थापित गर्न प्रमुख अ...

इरानमा ३० सुरक्षा प्रमुख र ११ आणविक वैज्ञानिक मारिएको इजरायलको दाबी…..

काठमाडौँ-    इजरायलले हालै इरानसँग भएको १२ दिने युद्धका क्रममा इरानका ३० भन्दा बढी वरिष्ठ सुरक्षा अधिकारी र ११ जना वरिष्ठ आणविक वैज्ञानिकको मारिएको दाबी गरेको छ। उक्त युद्धमा इजरायली वायु सेनाले ९०० भन्दा बढी लक्ष्यमा हमला गरेको र इरानको मिसाइल उत्पादन क्षमतामा पनि ठूलो क्षति पुर्‍याएको दाबी गरिएको छ। इजरायली सैन्य अधिकारीका अनुसार जुन १३ मा इजरायलले इरानमा गरेको आश्चर्यजनक आक्रमणले इरानको ...

इरानबाट मिसाइल प्रहार भएसँगै करिब ४ लाख नेपाली भएको कतारमा त्रास…..

काठमाडौँ -     करिब ४ लाख नेपाली कार्यरत कतारमा इरानको तर्फबाट मिसाइल प्रहार भएसँगै त्रासको माहोल सिर्जना भएको छ । इरानबाट कतारको सनैयामा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरिएको अन्तरार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि अमेरिकी सेनाले उक्त हमलालाई सफलतापूर्वक आकाशमै निष्क्रिय पारेको समाचारहरुमा उल्लेख छ। प्रत्यक्षदर्शीहरुका अनुसार अमेरिकी सैन्य अखडालाई लक्षित गर्...

कतारमा इरानी हमलापछि इरान-इजरायल संघर्ष नयाँ मोडमा…..

काठमाडौं -    इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ । इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको उक्त संघर्षले नयाँ रूप लिएको हो । इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्वपूर्ण आणविक केन्द्रहरूलाई निसाना बनाउँदै हमला सुरु गर...

इरानमा खामेनीको सत्ता परिवर्तन किन नगर्ने ?…..

काठमाडौं -      अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि इरानको सत्ता परिवर्तनबारे बहस सुरु भएको छ । यो बहसको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेका हुन् । उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेका छन् । उनले लेखेका छन्, ‘रेजिम चेन्ज (शासन सत्ता परिवर्तन) भन्नु आजको समयमा राजनीतिक रुपबाट सही मानिँदैन तर यदि मौजुदा इ...

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण…..

काठमाडौं -    अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् । ट्रम्पले भनेका छन्, ‘सवै विमान सुरक्षित तरिकाले ...

इजरायलमा अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ…..

काठमाडौँ -      इरान र इजरायलबिच चर्किरहेको युद्ध आफूहरूले देखेमध्ये सबैभन्दा भयानक र खतरनाक रहेको इजरायलमा बसोबास गरिरहेका नेपालीले बताएका छन् । विगत केही दिनदेखि जारी यस द्वन्द्वमा दुवै देशले ठुलो जनधनको क्षति व्यहोरिरहेका छन् । इरानले इजरायलका विभिन्न सहरहरूलाई लक्षित गरी निरन्तर हवाई आक्रमण गरिरहेको छ, जसले त्यहाँका नेपाली समुदायमा त्रासको वातावरण सिर्जना गरेको छ । इजरायलमा हाल करिब साढे ५ हजा...

इजरायलमा पहिलेभन्दा आक्रमण तेज छ, तर स्वदेश फर्किन चाहन्नौं…..

काठमाडौं -    करिब दुई दशकदेखि इजरायलमा बसोबास गर्दै आएका कृष्ण भण्डारीले यति शक्तिशाली आक्रमण यसअघि कहिल्यै अनुभव गरेका थिएनन् । पहिल्यैदेखि मिसाइल आक्रमण हुने गर्थ्यो, तर यहाँको अत्याधुनिक ‘आयरन डोम’ प्रणालीले अधिकांश आक्रमणहरू आकाशमै निस्तेज पार्थ्यो,’ भण्डारी भन्छन्, ‘तर, अहिले एकैचोटि ४ सयदेखि ५ सय मिसाइल आक्रमण हुँदा केही जमिनमा खसेर क्षति भएको छ । गैरआवासी नेपाली संघ, इजरायलका अध्यक्षसमेत र...

इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तिमा ८ जनाको मृत्यु…..

काठमाडौं -     इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमाफर्mत् मिसाइल आक्रमण गरेको छ । आत्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ...

लस एन्जलस प्रदर्शनको नालीबेली…..

वासिङ्टन -     अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी नीतिविरुद्ध दैनिक रूपमा विरोध प्रदर्शनहरू हुन थालेका छन् । त्यसलाई नियन्त्रण गर्नका लागि अमेरिकी सहर लस एन्जलसका मेयरले गत मंगलबार सहरको मध्ये क्षेत्रमा रातभर लागू हुने गरी कर्फ्यु घोषणा गरे । तर, त्यहाँको प्रदर्शन अमेरिकाको अन्य सहरहरूमा फैलिन थाल्यो । सङ्घीय सरकारले व्यावसायिक कार्यक्षेत्रहरूमा आप्रवासीहरू विरुद्ध छापा मार्न...

इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु, तीन सय बढी घाइते…..

काठमाडौँ -     इजरायलले इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा निन्दा गरेका छन्। इरानका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा जारी सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सम्बोधन गर्दै इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर...

इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा…..

तेल अभिभ -     इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो। इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्...