सजिलो हुनेछैन तर, हामी जित्छौं…..

वासिङ्टन -    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर वृद्धि गरे । त्यसलगत्तै आएका विभिन्न प्रतिक्रिया र शेयर बजारले देखाएको नकरात्मक संकेतलाई मध्यनजर गर्दै उनले अमेरिकी नागरिकलाई आश्वस्त बनाउने प्रयास गरेका छन् । ट्रम्पले अमेरिकीहरूलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धि ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

२५ वर्षसम्म खान मिल्ने मासु र जंगलमा बाँच्ने तालिमको माग…..

काठमाडौं -    बेलायतीहरुले तेश्रो विश्वयुद्धको आशंकालाई लिएर तयारी सुरु गरेका छन् । जसका कारण बेलायतमा बाँच्ने तालिम ((सर्भाइबल ट्रेनिङ) को माग ७५ प्रतिशतले बढेको छ । बेलायतमा मानिसहरुले तेश्रो विश्वयुद्धको जोखिमबाट बँच्नका लागि आफूलाई तयार पारिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आणविक बमको एक स्विच थिच्दा हुनसक्ने सम्भावित सर्वनाशकारी विस्फोटबाट आफूलाई बँचाउनका लागि बेलायतीहरुले लामो समय...

भेटवार्ता सार्थक र रचनात्मक…..

काठमाडौँ -    नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबिचको भेटवार्ता सार्थक सकारात्मक भएको जनाएका छन् । शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा थाइल्यान्डकाे बैंककमा ओली र मोदीबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि रिमालले सामाजिक सञ्जालमा भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्...

अमेरिकी धम्की अर्थहीनः इरानी सर्वोच्च नेता खामेनी…..

तेहरान-    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताएका छन् । फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै खामेनीले भने, अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले उनीहरूलाई कहीँ पनि पुर्‍याउँदैन ।’ यदि उनीहरूले इरानविरूद्ध क...

एक ग्राहकको खातामा ८१ ट्रिलियन डलर जम्मा गरिदिएपछि…..

काठमाडौं -      विश्वको ठूलोमध्येको एक सिटी बैंकले एकजना ग्राहकको खातामा ८१ ट्रिलियन डलर अर्थात् नेपाली रुपैयाँ ११.२५९ पद्म जम्मा गरिदिएको घटना सार्वजनिक भएको छ । अमेरिकाको न्यूयोर्कको मुख्यालयमा रहेको यस बैंकमा भएको यो गल्ती फाइनान्सियल टाइम्सले सार्वजनिक गरिदिएपछि हलचल मच्चिएको छ । समाचारमा लेखिएअनुसार एक ग्राहकको खातामा २८० डलर जम्मा गरिदिनुपर्नेमा कर्मचारीको गल्तीले ८१ ट्रिलियन डलर जम्मा गरिएक...

२.२६ विलियन पाउण्ड हतियार किन्न प्रयोग गर्ने…..

काठमाडौं -       युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संयुक्त अधिराज्य (युके) अर्थात् बेलायत पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कीर स्टार्मरले घोषणा गरेको सहायता रकम समेन हतियार खरिद गर्न प्रयोग गर्ने बताएका हुन् । ह्वाइट हाउसको यात्रापछ...

तिमी तेस्रो विश्वयुद्ध निम्त्याउँदै छौं…..

काठमाडौं-      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् । ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने, ‘ तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं ।’ वार्तामा युक्रेन र अमेरिकाबीचको प्रस्तावित खनिज सम्झौता समेत असफल भएपछि ट्रम्प जंगिएका थिए । त्...

ट्रम्पको जालमा जेलेन्स्की…..

काठमाडौं -     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकामा एक ‘विशाल सम्झौता’मा हस्ताक्षर गर्ने बताएका छन् । ट्रम्पले अमेरिकी सहायता एवं सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेन आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको व्याख्या गरिरहेका छन् । उनले भनेका छन्, ‘हामी यस्तो सम्झौता गर्न सक्षम भएका छौँ, जहाँ हामीलाई आफ्नो पैसा फिर्ता मिल्ने छ भने भविष्यमा ठूल...

ओडिसाको किट विश्वविद्यालय कसरी पुगे यतिका नेपाली विद्यार्थी ?…..

काठमाडौँ -    भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युले स्तब्ध बनायो । उनको ‘आत्महत्या’पछि उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको दमन र दुर्व्यवहारका कारण नेपाल र भारत दुवैतर्फ तरंग पैदा गर्‍यो । अहिले अवस्था सामान्य बने पनि नेपाली विद्यार्थी अझै विश्वविद्यालय फर्किसकेका छैनन् । होस्टेलभित्र भएको कुटपिट तथा जबर्जस्ती होस्टेलबाट...

ट्रम्पको आरोप- जेलेन्स्की तानाशाह हुन्…..

काठमाडौं -     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् । जेलेन्सीको राष्ट्...

पुटिनसँग फोनमा कुरा गरेको ट्रम्पको दाबी…..

वासिङ्टन डिसी -     बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । वार्ता धेरै लामो र निकै सकारात्मक भएको उनले बताए । युक्रेन युद्ध तुरुन्तै अन्त्य गर्न वार्ता सुरु गर्न दुईबिच सहमति भएको उनको भनाइ थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यसबारे जानकारी गराएर सुरुवात गर्न चाहेको पनि उनले बताए । दुई राष्ट्रपतिले फोनवार्ताको क...

चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा अमेरिकाले बढायो शुल्क…..

काठमाडौं -     अमेरिकाले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ (शुल्क) लगाएका छन् । ट्रम्पको नयाँ नीति अनुसार अमेरिकाले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमाथि २५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको हो । उक्त निर्णय १ फेब्रुअरी सन् २०२५ अर्थात् १९ माघ २०८१ बाट लागू भएको छ । ओभल अफिसमा मिडिया ब्रिफिङको क्रममा ट्रम्पले सो जानकारी दिएका हुन् । ट्रम्पले यो ...