अमेरिका - बिहानैदेखि अमेरिकी अखबार आज हुने जो बाइडेन र डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित टेलिभिजन बहसको समाचारले भरिभराउ छन् । पूर्व र वर्तमान राष्ट्रपति एटलान्टामा तयार पारिएको सीएनएनको सेटमा बहस गरिरहेका छन् । द न्यूयोर्क टाइम्स अखबारले यो बहसलाई ‘रिम्याच’ अर्थात पुनर्प्रतियोगिताको संज्ञा दिएको छ । केही नयाँ नियमसहित हुन लागेको यो बहस ९० मिनेटसम्म चल्ने जनाइएको छ । दर्शकको सहभागिता बिना हुन लागे...
अन्तर्राष्ट्रिय
नेपाल र श्रीलंकाबीचको खेल रद्द…..
अमेरिका – आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आ...
कम्तीमा तेस्रो पल्ट आफू भाग्यमानी, पाकिस्तानी टिमको आश…..
काठमाडौँ – पाकिस्तानले ट्वान्टी-ट्वान्टी विश्वकप २०२४ को सुरुआत बिहीबार अमेरिकाविरुद्धको खेलसँगै गर्दैछ । पाकिस्तानी टिमको आश हो, कम्तीमा तेस्रो पल्ट आफू भाग्यमानी सावित हुनेछ । सन् २०२१ को संस्करणमा पाकिस्तान सेमिफाइनलमा रोकियो । त्यसको पनि एक वर्षपछिको संस्करणमा फाइनलमा पराजित भयो । के अब पालो पाकिस्तान च्याम्पियन हुने समयको हो त ? कम्तीमा पाकिस्तानका लागि प्रतियोगिताको तयारी आफैंमा सहज भने र...
भाजपा गठबन्धनले जित्यो २९३ सिट, मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने…..
काठमाडौं - भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ । भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । कांग्रेस एक्लैले ९९ र समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल का...
आजबाट आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट सुरु…..
काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटमा २० टिमले सहभागिता जनाउँदैछन्। ४ समूहमा बाँडिएका टिमहरू खेलमा जित निकाल्दै आफ्नो सुखद सुरुआतसहित प्रतियोगिता सुरु गर्न चाहन्छ। जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरलैंड, कनाडा र अमेरिका, समूह ‘बी’ मा बेलायत, अस्ट्रेलिया, नामीबिया, स्कटल्यान्ड र ओमान, समूह ‘सी’ मा न...
युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि…..
काठमाडौँ — युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो । बीबीसीका अनुसार फेब्रुअरी २०२२ देखि तथ्यांक संकलनको काम भइरहेको थियो । युद्ध सुरु भएदेखि नै बीबीसी र मिडियाजोनका लागि काम गर्ने स्वयंसेवक...
इरानद्वारा इजरायलमाथि आक्रमण, पश्चिम एसिया थप तनावमा…..
काठमाडौँ — इजरायलको जेरुसेलमस्थित मोहिनमा कार्यरत बाँकेका कुमार बुढा क्षेत्रीलाई शनिबार राति इरानले इजरायलमाथि आक्रमण गर्दै छ भन्ने पूर्वसूचना थियो । तर, त्यो आक्रमण कति भयानक हुन्छ भन्ने क्षेत्रीलाई आकलन थिएन । इजरायलमाथि आक्रमण हुँदै छ भन्ने हल्ला एक सातादेखि नै व्यापक थियो । यहाँको सरकारले शनिबार राति आक्रमण हुँदै छ भन्ने पूर्वसूचना दिएको थियो । त्यसअनुसार हामी सुरक्षित अवस्थामा बसेका थियौं,’ क...
मस्को कन्सर्टमा आक्रमण, १ सय ३३ को मृत्यु…..
काठमाडौँ — मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद...
रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु…..
काठमाडौँ — रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् । रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेक...
मौन मौन गुनासो
म ता दोबाटोमै अलमल्ल परिरहेछु म मात्र कहाँ हो र ? यो बिशाल जनसागरमा म त स्तब्ध छु ! मौन मौन छु मुक दर्शक बनेर नियाली रहेछु थाह छ मलाई पा-री क्षितिज त दृष्ट्रिको भ्रमजाल न हो, मृगतृष्णा हो मारिच स्वार्ण मृत वनेजस्तो हरेक अवसर, ऋतु परिवर्तनसँगै रंग परिवर्तनको क्षमता राख्...
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन साउदको आग्रह…..
काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई स्वदेश फिर्ता गरिदिन रुससँग आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले उक्त आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने...
हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित…..
ढाका - बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेकी छन् । आफ्नो पार्टी अवामी लिग र उनका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन्। प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अप...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 47
- Next Page »
















