अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु……

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ। तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका हुन्। उनले भने, ‘अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप–नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले अमेरिका–तालिवान शान्ति प्रक्रिया तथा बाँकी ...

ट्रम्पले दिए जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन दबाव……

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन्। एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्‌को विशेष सत्र बोलाउन आह्वान गरेका छन्। ट्रम्पले जोर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन्। राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन्। उनले कुनै प्रमाणविनै बाइडन...

अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अनिवार्य नगरिने……

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड–१९ विरुद्धको खोप लिन नागरिकहरूलाई बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले पहिलोपटक आग्रह गरेपछि बाइडनले यस्तो बताएका हुन् । सीडीसीले अमेरिका कोभिड–१९ को संक्रमण दर उच्च रहने समयमा प्रवेश गरेको बताएको छ । अमेरिकामा शुक्रबार मात्रै भाइरसका कारण २ हजार ५ सय संक्रमितको मृ...

डोनाल्ड ट्रम्प सन् २०२४ मा पुनः निर्वाचन लड्ने……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भने, “यो अचम्मको चार वर्ष भयो, हामीले अर्को चार वर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार वर्षपछि भेट्नेछु ।” कैयौँ रिपब्...

बेलायतमा कोरोना खोप अनुमोदित……

फाइजर र बाओएनटेकले विकास गरेको कोरोना भाइरस खोपलाई अनुमोदन दिनेमा बेलायत विश्वको पहिलो राष्ट्र बनेको छ। बिबिसीका अनुसार यो अनुमतिसँगै बेलायतका जनसाधारणलाई खोप उपलब्ध गराउन बाटो खुलेको छ। बेलायतका औषधि नियामक संस्था एमएचआरका अनुसार यी दुई कम्पनीले निर्माण गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएकाले सो अनुमति दिइएको हो। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पहिलो चरणमा आगामी सातादेखि सुरु हुनेगरी खोपका...

किमले चिनियाँ खोप लगाएको दाबी……

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको एक अमेरिकी सुरक्षा विज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् । ह्यारी काजियानियासले एक लेख लेख्दै उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप हालै लगाएका दाबी गरेका हुन् । काजियानिया...

डब्ल्यूएचओले भन्यो, ‘कोरोना कहाँबाट आएको थियो, त्यो थाहा पाउन अत्यावश्यक; ऊहानमा के भएको थियो पत्ता लगाउनेछौं’……

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक भएको बताएको छ । डब्ल्यूएचओका टेड्रोस एडेनहोम गेब्रियाससका प्रमुखले कोरोनाभाइरस कहाँबाट आयो, त्यसबारे थाहा पाउन अत्यावश्यक भएको र यसबारे संगठनको धारणा स्पष्ट रहेको बताएका छन् । आफ्नो संगठनले यसबारे पत्ता लगाउने र यसो गर्नाले भविष्यमा यस्ता खालका समस्या रोक्न आफूलाई मद्दत पुग्ने बताएको छ । उनले भने, ‘यसको स्रो...

भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउनु आपसी सम्बन्धका लागि हानिकारक : चीन……

सुरक्षाको निहुँमा चिनियाँ कम्पनीमाथि भेदभावपूर्ण व्यवहार गरिएको भन्दै चीनले त्यस्ता कदमहरू तत्काल सच्याउन भारतसमक्ष अपिल गरेको छ । साथै, यस्तै भेदभाव जारी रहे चीन-भारत आपसी सहयोगमा समेत ठूलो क्षति पुग्नसक्ने चेतावनी पनि चीनले दिएको छ । बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भारतले हालसम्म ४३ वटा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एपहरू प्रयोगमा प्रति...

उत्तर कोरियाका शासक किमका भतिजा बेपत्ता, जसका बुबाको हत्यामा किमकै नाम जोडिएको थियो……

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल बेपत्ता भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्। उनको अवस्था अज्ञात भएपछि अप्रिय अवस्थाको आशंका गरिएको छ। यसअघि उनका बुबा किम जोङ नाम पनि सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा मारिएका थिए। जुन घटनामा संलग्न आरोपमा भियतनामी र इन्डोनेसियाली महिला पक्राउ परेका थिए भने दाइ किम जोङ उनक...

मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग खारेज……

अमेरिकाको पेन्सलभेनिया राज्यमा हुलाकमार्फत खसाइएका लाखौं मत अवैध घोषणा गर्न माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले गरेको माग एक न्यायाधीशले खारेज गरिदिएका छन् । पेन्सलभेनियाका न्यायाधीश म्याथ्यु ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी ‘जायज नभएको’ ठहर गरेका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मत...

ट्रम्प, ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा……

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन्। अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्...

डब्लुएचओले कोरोनाविरुद्ध प्रयोग भैरहेको रेमडेसिभिरलाई औषधिहरुको सूचीबाट हटायो……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एन्टी भाइरल औषधि रेमडेसिभिरलाई कोरोना उपचार गर्न प्रयोग गरिने औषधिहरुको सूचीबाट हटाएको छ । विश्वका जुन–जुन देशका अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि रेमडेसिभिर इन्जेक्सनको प्रयोग भैरहेको छ, ती देश र अस्पतालहरुलाई तुरुन्तै सो कार्य बन्द गर्न डब्लुएचओले आग्रह गरेको छ । संगठनले उक्त औषधि कोरोनाको उपचारमा सहयोगी रहेको कुनै प्रमाण नभएको समेत दाबी गरेको छ ।ट...