युक्रेनमा रुसको भीषण आक्रमण…..

काठमाडौं -   सोमबार बिहानदेखि रुसले युक्रेनका विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । युद्ध सुरु भएयता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दुरीका क्षेप्यास्त्र आक्रमण भइरहेको छ । युक्रेनका ल्वीव, तर्नोपिल, इभानो-फ्रान्किभस्क, झाइतोमिर, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूबाट शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। यी आक्रमणहरू सोमबार बिहानैदेखि सुरु भएका थिए। बीबीसी सेव...

अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण…..

उत्तर कोरिया-     उत्तर कोरियाले बिहीबार साँझ दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । आफ्नो सीमा क्षेत्रमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले छोटो दूरीका मिसाइल परीक्षण गरेको जापानका रक्षामन्त्रीले जानकारी दिएका छन् । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सियोलमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलसँग भेटेको केह...

चार्ल्स तृतीय औपचारिक रूपमा राजा घोषित…..

लन्डन — चार्ल्स तृतीय बेलायतको राजा घोषित भएका छन् । चार्ल्सलाई शनिबार लन्डनको सेन्ट जेम्स दरबारमा ‘एक्सेसन काउन्सिल’ सदस्यहरूमाझ औपचारिक रूपमा राजा घोषित गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सलाई एक्सेसन काउन्सिल सदस्यहरूले एकै मतले नयाँ राजा घोषित गरेका हुन् । एक्सेसन काउन्सिलमा बेलायतका ६ जना पूर्वप्रधानमन्त्री, न्यायाधीश तथा वरि...

ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट नडराउने…..

काठमाडौं-    ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो । चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर ठूलो मात्रामा सैन...

श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी…..

श्रीलंका-   श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी छ । सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन् ।  दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने ...

राष्ट्रपति राजापाक्षले दिए राजीनामा…..

काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । राजापाक्ष परिवारको कुशासनका कारण मुलुक नै आर्थिक टाट पल्टेको छ । त्यसैविरुद्ध आन्दोलन चर्किएको छ । श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए । उनको राजीनामाबारे शुक्रबार सभामुख...

प्रतिबन्धको बाबजुद रुसको मुद्रा रुबलले डलरसँग प्रतिस्पर्धा…..

काठमाडौं-    यस वर्ष सबै प्रतिबन्ध र चुनौतीका बाबजुद डलरको तुलनामा रुसको मुद्रा रुबल विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसले आधुनिक इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । तर रुबल बलियो बन्न पश्चिमी देशको कारबाहीले पनि रोक्न सकेन । दुई महिना अघि यो यस्तो घटना थियो जुन कल्पना गर्न गाह्रो थियो। डलरको तुलनामा रुबलको स्थिति एक सेन्टभन्दा कममा ...

भारतमा एकै दिन ९० प्रतिशतले बढ्यो नेपालमा झस्को…..

नयाँदिल्ली — भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ । नयाँदिल्लीमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संक...

संसद् विघटन सर्वोच्चद्वारा बदर…..

इस्लामावाद — पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको छ । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्‌मा अविश्वास प्रस्ताव पेस भएको ...

नेटोको अर्को निशाना चीन…..

काठमाडौं -   चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् । सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एस...

चीनसँग दर्जन सम्झौता गर्न नेपाल सरकारको गृहकार्य…..

काठमाडौँ — सरकारले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबा...

उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश, किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार…..

काठमाडौं- चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ । जिलिन प्रा...