युद्धविरामको जिम्मा अब जेलिन्स्कीको हातमा…..

अलास्का –    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन्। शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबिच त्रिपक्षीय बैठक हुने संकेत गरे। अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो,’ ट्रम्पले भने, ‘हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने बैठकको तयारी गर्दैछौँ। सम्झौतामा अवरोध भइरहेका बुँदाबारे विस्तृत खुलासा गर्न अस्वीकार गर्दै उनले केवल ‘के गर्न सकिन्छ भनेर हेर्ने’ इच्छा व्यक्त गरे। सम्झौता शुक्रबार टुङ्गिन नसके पनि उनले वार्तालाई सफल ठहर गर्दै बैठकलाई १० मध्ये १० अङ्क दिए—‘यो अर्थमा कि हामी निकै राम्रोसँग मिल्यौँ। ट्रम्पका अनुसार, पुटिनसँगको वार्तामा युक्रेन युद्ध अन्त्य गर्नका लागि भूमि अदलाबदली र अमेरिकाबाट युक्रेनका लागि सुरक्षा आश्वासन दिने विषयमा ‘धेरैजसो सहमति’ भएको छ। उनले भने, ‘हामी धेरै कुरामा सहमत भएका छौँ, बैठक न्यानो माहौलमा भयो।’ उनले पुटिनलाई उनले ‘बलियो र कडा नेता’ भनेका छन्। ट्रम्पले भने, ‘हामी युद्ध अन्त्यको धेरै नजिक छौँ, तर अन्ततः युक्रेनले यसमा सहमत हुनुपर्छ।’ उनले जेलिन्स्कीलाई सन्देश दिँदै भने, ‘सम्झौता गर्नै पर्छ। यसअघि रुसलाई कडा प्रतिबन्धलगायत ‘गम्भीर परिणाम’को चेतावनी दिएका ट्रम्पले अहिले भने त्यसमा पछि हटेका छन्। ‘आजको बैठकका कारण अहिले त्यसबारे सोच्न आवश्यक छैन,’ उनले भने, ‘सायद दुई वा तीन हप्तामा सोच्नुपर्ला, तर अहिले होइन। एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार