काठमाडौं - विश्वको ठूलोमध्येको एक सिटी बैंकले एकजना ग्राहकको खातामा ८१ ट्रिलियन डलर अर्थात् नेपाली रुपैयाँ ११.२५९ पद्म जम्मा गरिदिएको घटना सार्वजनिक भएको छ । अमेरिकाको न्यूयोर्कको मुख्यालयमा रहेको यस बैंकमा भएको यो गल्ती फाइनान्सियल टाइम्सले सार्वजनिक गरिदिएपछि हलचल मच्चिएको छ । समाचारमा लेखिएअनुसार एक ग्राहकको खातामा २८० डलर जम्मा गरिदिनुपर्नेमा कर्मचारीको गल्तीले ८१ ट्रिलियन डलर जम्मा गरिएक...
अन्तर्राष्ट्रिय
२.२६ विलियन पाउण्ड हतियार किन्न प्रयोग गर्ने…..
काठमाडौं - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संयुक्त अधिराज्य (युके) अर्थात् बेलायत पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कीर स्टार्मरले घोषणा गरेको सहायता रकम समेन हतियार खरिद गर्न प्रयोग गर्ने बताएका हुन् । ह्वाइट हाउसको यात्रापछ...
तिमी तेस्रो विश्वयुद्ध निम्त्याउँदै छौं…..
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् । ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने, ‘ तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं ।’ वार्तामा युक्रेन र अमेरिकाबीचको प्रस्तावित खनिज सम्झौता समेत असफल भएपछि ट्रम्प जंगिएका थिए । त्...
ट्रम्पको जालमा जेलेन्स्की…..
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकामा एक ‘विशाल सम्झौता’मा हस्ताक्षर गर्ने बताएका छन् । ट्रम्पले अमेरिकी सहायता एवं सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेन आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको व्याख्या गरिरहेका छन् । उनले भनेका छन्, ‘हामी यस्तो सम्झौता गर्न सक्षम भएका छौँ, जहाँ हामीलाई आफ्नो पैसा फिर्ता मिल्ने छ भने भविष्यमा ठूल...
ओडिसाको किट विश्वविद्यालय कसरी पुगे यतिका नेपाली विद्यार्थी ?…..
काठमाडौँ - भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युले स्तब्ध बनायो । उनको ‘आत्महत्या’पछि उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको दमन र दुर्व्यवहारका कारण नेपाल र भारत दुवैतर्फ तरंग पैदा गर्यो । अहिले अवस्था सामान्य बने पनि नेपाली विद्यार्थी अझै विश्वविद्यालय फर्किसकेका छैनन् । होस्टेलभित्र भएको कुटपिट तथा जबर्जस्ती होस्टेलबाट...
ट्रम्पको आरोप- जेलेन्स्की तानाशाह हुन्…..
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् । जेलेन्सीको राष्ट्...
पुटिनसँग फोनमा कुरा गरेको ट्रम्पको दाबी…..
वासिङ्टन डिसी - बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । वार्ता धेरै लामो र निकै सकारात्मक भएको उनले बताए । युक्रेन युद्ध तुरुन्तै अन्त्य गर्न वार्ता सुरु गर्न दुईबिच सहमति भएको उनको भनाइ थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यसबारे जानकारी गराएर सुरुवात गर्न चाहेको पनि उनले बताए । दुई राष्ट्रपतिले फोनवार्ताको क...
चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा अमेरिकाले बढायो शुल्क…..
काठमाडौं - अमेरिकाले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ (शुल्क) लगाएका छन् । ट्रम्पको नयाँ नीति अनुसार अमेरिकाले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमाथि २५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको हो । उक्त निर्णय १ फेब्रुअरी सन् २०२५ अर्थात् १९ माघ २०८१ बाट लागू भएको छ । ओभल अफिसमा मिडिया ब्रिफिङको क्रममा ट्रम्पले सो जानकारी दिएका हुन् । ट्रम्पले यो ...
अमेरिकाको स्वर्णिम युग सुरु भैसक्यो : राष्ट्रपति ट्रम्प…..
काठमाडौँ- डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने योजना प्रकट गरेका छन्। उनले राष्ट्रको भविष्य प्रगतिका लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। आफ्नो शपथ ग्रहण समारोहमा उनले अमेरिकी जनतालाई एकताबद्ध भएर काम गर्न आह्वान गरेका छन्। यो नयाँ यु...
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ…..
काठमाडौँ - दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ। यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् । गत डिसेम्बरमा सैन्य शासन लागू ग...
क्यालिफोर्नियामा झन् तीव्र गतिमा फैलिँदै आगो…..
काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ। हावाको गति बढेसँगै आगलागी बढेको छ। हाल यो ८० किलोमिटर/घण्टाको गतिमा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्निनियन्त्रकहरू आइपुगेका छन्। आगलागीक...
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी…..
काठमाडौं - दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो । उनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 47
- Next Page »
















