अमेरिकाको ‘दोहोरो नीति’ माथि प्रहार…..

नयाँ दिल्ली –   रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक भारतीय निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा इन्धन खरिदलाई लिएर अमेरिकाको ‘दोहोरो नीति’ माथि कडा प्रश्न उठाएका छन् । भारत भ्रमणको सिलसिलामा बिहीबार साँझ नयाँ दिल्ली पुगेका पुटिनले इन्डिया टुडेसँगको कुराकानीमा अमेरिकाले एकतर्फ न्युक्लियर रियाक्टर इन्धनका लागि आवश्यक युरेनियम रुसबाट खरिद गरिरहने तर अर्कोतर्फ भारतलाई रुसबाट ऊर्जा आयात रोक्न दबाब दिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले स्पष्ट पारे, ‘यदि अमेरिकासँग रुसबाट इन्धन खरिद गर्ने अधिकार छ भने, भारतले पनि त्यही अधिकार पाउनुपर्छ ।’ पुटिनले यो विषयमा विस्तृत छलफलका लागि आफू तयार रहेको र यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत कुरा गर्न सकिने बताए । चार वर्षपछि पुटिन पहिलो पटक भारत भ्रमणमा आएका हुन्, जहाँ विमानस्थलमा प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा उनको स्वागत गरेका थिए ।

घट्दो आयात: अमेरिकाको दबाबको असर?

अक्टोबरमा ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीले रुसबाट तेल खरिद गर्न रोक्न सहमति जनाएको दाबी गरेका थिए । तर, भारतीय विदेश मन्त्रालयले ‘भारतीय उपभोक्ताहरूको हितको सुरक्षालाई प्राथमिकता’ दिने प्रतिक्रिया दिएको थियो । दिल्लीस्थित थिंक ट्याङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का प्रमुख अजय श्रीवास्तवका अनुसार, अक्टोबर २०२५ मा रुसबाट कुल आयात गत वर्षको तुलनामा २७.७ प्रतिशतले घटेर ४.८ अर्ब डलरमा झरेको छ । उनले भने, ‘रोसनेफ्ट र लुकोइलजस्ता कम्पनीहरूलाई निशाना बनाइरहेका छन् । यी कम्पनीहरूले रुसको ५७ प्रतिशत तेल उत्पादन गर्छन् । यी कम्पनीहरूबाट खरिदमा तीव्र गिरावट आएको छ । अब आयात केवल ती रुसी कम्पनीहरूबाट मात्र जारी छ जुन प्रतिबन्ध सूचीमा छैनन्, जसले यो देखाउँछ कि भारत अमेरिकाको अपेक्षाहरू अनुसार कदम उठाइरहेको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार