ट्रम्प-पुटिन वार्ता प्रगतिउन्मुख, ठोस सम्झौता बिना अन्त्य…..

काठमाडौं –     रुस युक्रेन युद्ध अन्त्यको लागि अलास्कामा भएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनबीचको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ । ट्रम्प र पुटिन एकै मञ्चमा करिब १० मिनेटसम्म संयुक्त रूपमा उपस्थित भएका थिए । दुवै नेताले व्यक्तिगत वार्तामा प्रगति भएको संकेत गरे पनि वार्ता ठोस सम्झौतामा पुग्न सकेन । पुटिनले आफू ‘सत्यनिष्ठ भएर’ युद्ध अन्त्य गर्न इच्छुक रहेको भन्दै यसलाई ठूलो ‘त्रासदी’ को रूपमा व्याख्या गरे । उनले द्वन्द्वका ‘मूल कारण’ हटाउनुपर्ने आवश्यकता औंल्याउँदै युक्रेन र युरोपलाई वार्ता भंग नगर्न चेतावनी दिए । पुटिनका अनुसार, यो भेटवार्ता द्वन्द्व समाधानको सुरुआती बिन्दु मात्र हो । पुटिनले ट्रम्पसँगको सम्बन्धलाई व्यावसायिक भनेका छन् । २०२० को अमेरिकी निर्वाचनपछि आफू पदमा निरन्तर रहेको भए युद्ध सुरु नै नहुने ट्रम्पको भनाइप्रति सहमति जनाएका छन् । ट्रम्पले भने अझै पनि केही असहमति कायम रहेको जनाए । केही प्रगति भएको तर अपेक्षित लक्ष्यमा पुग्न नसकेको बताए । सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन’, उनले भने, ‘धेरै बुँदामा सहमति’ भएको तर केही बुँदा बाँकी रहेको उल्लेख गरे । बाँकी रहेको र सहमतिनजिक पुगेका बुँदाबारे खुलासा गरेनन् । ट्रम्पले चाँडै नै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग टेलिफोन वार्ता गर्ने जानकारी दिएकाछन् । ‘अन्ततः निर्णय गर्ने जिम्मा उनीहरूकै काँधमा छ’, ट्रम्पले भने । अन्त्यमा ट्रम्पले पुटिनसँग फेरि चाँडै भेट्ने सम्भावना व्यक्त गरे भने पुटिनले ‘अर्को पटक मस्कोमा’ भेटौला भन्दै जवाफ दिए । दुईजनाबीच करिब साढे २ घण्टा वार्ता भएको थियो । त्यसपछि १० मिनेट एउटै मञ्चमा देखिएका थिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार