होर्मुज स्ट्रेटमा अमेरिकी र इजरायली जहाज प्रतिबन्ध लगाउने तयारी…..

काठमाडौं –      इरानले होर्मुज स्ट्रेटमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ । तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमका रूपमा व्याख्या गरेको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानुन’ का रूपमा पारित गरिने जानकारी दिए । विधेयक तयार छ,’ उनले भने, ‘यस विषयमा विदेश मन्त्रालय, बन्दरगाह तथा समुद्री सङ्गठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग शृङ्खलाबद्ध रूपमा बैठकहरू गरी छलफल गरिएको छ । इरान सधैँ यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको उल्लेख गर्दै उनले अमेरिकी सेनाको उपस्थिति र इजरायली गतिविधिलाई यस क्षेत्रको अस्थिरताको मुख्य कारण भएको बताए । इरानी संसद्को यो विधेयक स्ट्रेट अफ होर्मुजमा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो,’ अजिजीले प्रस्ट पारे, ‘अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड बनेको छ । इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार शुक्रबार स्ट्रेट अफ होर्मुजमा इरानी र अमेरिकी सेनाबीच छिटपुट झडप भएको थियो । साभार : एएफपी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार