विश्वकपको सेमिफाइनलमा फ्रान्स भर्सेस स्पेन, इंग्ल्यान्ड भर्सेस अर्जेन्टिना…..

काठमाडौं –       फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् । इंग्ल्यान्डले एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो । यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । त्यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सन् २०१० पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् । नर्वे र स्विटरल्यान्ड सेमिफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो । अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ । यस्तै इंग्ल्यान्ड र बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनिन पाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ । सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार