गोर्खा ट्रेलब्लजर पाँचौं संस्करण २०२४ सम्पन्न

२४ मार्च २०२४ हङकङ,

मार्च २४ आईतबार ‘गोर्खा ट्रेलब्लजर २०२४’ को पाँचौं सँस्करण सम्पन्न भएको छ । गोर्खा सिमेन्ट्री ट्रष्टद्वारा आयोजना गरिएको यस प्रतियोतामा ३० किलोमिटर दुरि र १२ किलोमिटर दुरिको २ वटा प्रतियोगिता रहेको थियो ।

३० किलोमिटर प्रतियोगिताको पुरूष तर्फ नेपली नागरिक यामनाथ लिम्बू (Limbu Yamnath) ले ३ घण्टा ५४ मिनेट ४३ सेकेण्डमा निर्धारित दुरि पार गरेर प्रथम, क्यानेडियन नागरिक जेफ्री क्याम्पबेल (Jeffery Campbell) ४ घण्टा २ मिनेट २५ सेकेण्डमा निर्धारित दुरि पार गरेर दोस्रो र बृटिश नागरिक टोमि यङ (Tommy Yeung) ले ४ घण्टा ११ मिनेट ८ सेकेण्डमा निर्धारित दुरि पार गरेर तेस्रो भएको छन् । त्यसैगरि महिला तर्फ नेपाली नागरिक रस्मिला तामाङ (Rasmila Tamang) ५ घण्टा २८ मिनेट ९ सेकेण्डमा निर्धारित दुरि पार गरेर प्रथम, नेपाली नागरिक दिलु लिम्बू (Dilu Limbu) ५ घण्टा ३५ मिनेट २३ सेकेण्डमा निर्धारित दुरि पार गरेर दोस्रो र फिलिपिन्स नागरिक मा आरोना कवानिया (Ma Aurona Cabania ५ घण्टा ३७ मिनेट ५३ सेकेण्डमा निर्धारित दुरि पार गरेर तेस्रो भएका छन् ।

त्यस्तै १२ किलोमिटर दुरिमा पुरूष तर्फ नेपाली नागरिक ईश्वर गुरुङ (Ishor Gurung) १ घण्टा ८ मिनेट २६ सेकेण्डमा निर्धारित दुरि पार गरेर प्रथम, जर्मनी नागरिक फिलिप रम्सबेचर (Philip Ramsbacher) १ घण्टा ९ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरि पार गरेर दोस्रो र अस्ट्रेलियन नागरिक माल्ट क्रक्स (Malt Crooks) ले १ घण्टा १४ मिनेट ११ सेकेण्डमा निर्धारित दुरि पार गरेर तेस्रो भएका छन भने महिलातर्फ फिलिपिन्स नागरिक भेनस रामोल (Venus Ramos) ले १ घण्टा २९ मिनेट ५३ सेकेण्डमा निर्धारित दुरि पार गरेर प्रथम, बृटिश नागरिक जानेन आककन (Jannene Atkin) १ घण्टा ३७ मिनेट २४ सेकेण्डमा निर्धारित दुरि पार गरेर दोस्रो र फिलिपिन नागरिक जभिलिन बोदेगन (Jovilyn Bodegen) ले १ घण्टा ३९ मिनेट १६ सेकेण्डमा निर्धारित दुरि पार गरेर तेस्रो भएका छन् ।

न्यूटेराटोरी हङकङको लाउ सुई हेङ रिजर्भर (Lau Shui Heung Reserver) मा सम्पन्न उक्त प्रतियोगितामा नेपाली र बिदेशी व्यक्ति तथा संघ, संस्थाबाट प्रतियोगिहरूको उल्लेखनीय सहभागिता नजाएका थिए । हङकङमा कार्यरत मृतक गोर्खा बृटिश आर्मीहरूको स्मृति सम्झनामा आयोजना हुने यस प्रतियोगिताबाट प्राप्त रकम च्यारिटि स्वरूप CWS (Child Welfare Scheme) लाई प्रदान गरिने प्रवधान रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार