संखुवासभा समाज हङकङको २८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

२१ अप्रिल, हङकङ– संखुवासभा समाज हङकङद्धारा नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आइतबार मंकिहिलमा समाजको ‘२८ औं वार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम–२०२४’ सम्पन्न गर्यो ।
समाजका अध्यक्ष लिला बहादुर गुरुङ, कार्यक्रमका प्रमुख अतिथि आई.एस.एस.होप सेन्टरका सेन्टर इन्चार्ज टेरेन्स च्योङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाल चम्बर अफ कमर्सका अध्यक्ष लव कुमार गुरुङ लगायत समाजका सल्लाहकार तथा अतिथिहरुद्धारा एकसाथ पटेका पड्काएर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा समाजको मुखपत्र “हाम्रो संखुवासभा” वर्ष–१८, अंक–१४ समेत विमोचन गरिएको थियो ।
समाजका सचिव मणि सेखर गुरुङले संचालन गरेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) द्धारा श्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि टेरेन्स च्योङ, अध्यक्ष लिला बहादुर गुरुङका साथै विशेष अतिथिहरु क्रमशः रिता गुरुङ, लव कुमार गुरुङ, दाजु गुरुङ लगायतले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
हङकङको सेकेण्डरी तथा युनिभर्सिटीमा अध्ययनरत संखुवासभाली विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन पुरस्कार वितरण, समाजका आजीवन सदस्यता वितरण, समाजलाई विशेष योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान जस्ता आधा दर्जन पूर्व निर्धारित कार्यक्रमहरु दिनभरी पानी झरीले गर्दा प्रतिकुल मौषमका कारण गर्न नसकिएता पनि संखुवासभा वचत समूह हङकङको प्रायोजनमा आकर्षक पुरस्कार सहितको लक्कि ड्र उडाइएको थियो भने बी.बी.क्यू तथा विभिन्न नेपाली परिकारहरुको श्वादका साथमा जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरु बीच एक आपसमा भेटघाट, नयाँ वर्षको शुभकामना आदनप्रदान संगै नेपालबाट आएका कलाकारद्धय सोनी कुवर र वसन्त विश्वकर्माको लोकदोहोरी संगै नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले २०२१ देखि हङकङबासी संखुवासभालीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

तस्विरहरु– सौजन्य ज्याप फोटो स्टुडियो

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार