संखुवासभा समाज हङकङको अध्यक्षमा प्रकाश गुरुङ

  टोपबहादुर याक्खा

९ अगष्ट, हङकङ– प्रकाश गुरुङ (जे.पी.) को अध्यक्षतामा १३ सदस्सिय कार्य समितिको चयन गर्दै संखुवासभा समाज हङकङको ११ औं अधिवेशन आइतबार जोर्डनस्थित ब्लु ओशन रेष्टुरेण्टमा सम्पन्न भयो ।
समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) को श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति रहेका समाजका अध्यक्ष लिला बहादुर गुरुङ र प्रमुख अतिथिका रुपमा रहेका हङकङ नेपाली महासंघका अध्यक्ष नविन सुहाङद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नविन सुहाङका साथै विशेष अतिथिका रुपमा रहेका समाजका सल्लाहकारहरु उपेन्द्र कोरङ्गी, खड्ग माङ्माली, पूर्ण प्रसाद याक्खा, लव कुमार गुरुङ, प्रकाश गुरुङका साथै किरात याक्खा छुम्मा हङकङका अध्यक्ष टोप बहादुर याक्खा, तमु (गुरुङ) समाज संखुवासभा हङकङका अध्यक्ष श्याम कुमार गुरुङ, लोहरुङ समाज हङकङका अध्यक्ष धर्म राई, बिनोद सुब्बा गुरुङ, जिवन घले लगायतले शुभकामना मन्तब्य राखेका थिए भने समाजका अध्यक्ष लिला बहादुर गुरुङले तीन वर्षे कार्यकाल सफल पार्न सहयोग गर्ने कार्य समितिका सदस्य, सल्लाहकार लगायत समस्त हङकङबासी संखुवासभालीहरुलाई धन्यवाद दिएका थिए ।
दोस्रो चरणको बन्द सत्र कार्यक्रममा समाजका सचिव मणि सेखर गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष लोक राज याक्खाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने समाजको विधानको परिमार्जित विभिन्न महत्वपूर्ण धारा तथा उप–धाराहरुलाई हल मार्फत सर्वसम्मत पारित समेत गरिएको थियो ।
समाजका सल्लाहकार उपेन्द्र कोरङ्गीको अध्यक्षतामा गठित ५ सदस्यीय निर्वाचन मण्डलद्धारा समाजका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रकाश गुरुङ (जे.पी.) को अध्यक्षतामा १३ सदस्सिय कार्य समिति सर्वसम्मत चयन गरेका थिए । जस अनुसार क्रमशः अध्यक्षमा प्रकाश गुरुङ (जे.पी.), वरिष्ठ उपाध्यक्षमा लोक राज याक्खा, उपाध्यक्षमा सुशन गुरुङ, सचिवमा मणि सेखर गुरुङ, सह–सचिव डिल्ली प्रसाद गुरुङ, कोषाध्यक्षमा भविना गुरुङ र सह–कोषाध्यक्षमा विद्या गुरुङ रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा क्रमशः कुमारी याक्खा, कुबेर मणि लिम्बु, पन्चु गुरुङ, जुद्धविर गुरुङ, कमल राई र विनु गुरुङ रहेका छन ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले २०२१ देखि हङकङबासी संखुवासभालीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

संखुवासभा समाज हङकङको ११ औं अधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारीहरुः
१. अध्यक्ष– प्रकाश गुरुङ (जे.पी.)
२. वरिष्ठ उपाध्यक्ष– लोक राज याक्खा
३. उपाध्यक्ष– सुशन गुरुङ
४. सचिव– मणि सेखर गुरुङ
५. सह–सचिव– डिल्ली प्रसाद गुरुङ
६. कोषाध्यक्ष– भविना गुरुङ
७. सह–कोषाध्यक्ष– विद्या गुरुङ
८. सदस्य– कुमारी याक्खा
९. सदस्य– कुबेर मणि लिम्बु
११. सदस्य– जुद्धविर गुरुङ
१२. सदस्य– कमल राई
१३. सदस्य– विनु गुरुङ

Photo- Zap Studio

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार