हङकङमा श्रम संस्कृति पार्टीको प्रवाससभा गठन, संयोजकमा नुमा वाजी लिम्बु

  टोपबहादुर याक्खा

१ फेब्रुअरी, हङकङ– श्रम संस्कृति महाअभियान प्रवास सभा हङकङले आइतबार ‘साधारण भेटघाट तथा भोटिङ अपिल कार्यक्रम–२०२६’ को आयोजना गर्दै संयोजक नुमा लिम्बुको नेतृत्वमा पूर्ण कार्य समिति चयन गरेको छ । 
जोर्डनस्थित चुम्लुङ हिमको सभाहलमा सम्पन्न उक्त भेलाले संयोजकमा नुमा वाजी लिम्बु, सह–संयोजकमा क्रमशः प्रकाश राई, नेत्रपाल साम्पाङ र दिपेन खालिङ राईलाई चयन गरेका थिए भने सचिवमा सोहन राई र सह–सचिवमा सरु राई रहेका छन् । त्यस्तै गरि कोषाध्यक्षमा अन्जन राई, सह–कोषाध्यक्षमा इजु राई, प्रवक्तामा किरण लिवाङ लिम्बु र सह–प्रवक्तामा इन्द्र लिम्बु रहेका छन् । सदस्यहरुमा क्रमशः जन्म जय साम्पाङ राई, राज कुमार बुढाथोकी, टेक बहादुर कुलुङ, बाल कृष्ण पुन, मिलन खालिङ राई, विजय लिम्बु र सजिव राई रहेका छन् भने सल्लाहकारहरुमा कान्ता राई, टोप बहादुर याक्खा, माया लिम्बु, रोशन राई, मनि साम्पाङ राई र मनोज लिम्बु रहेका छन् । 

प्रवाससभाका प्रवक्ता किरण लिवाङ लिम्बु, श्रम संस्कृति पार्टीका शुभचिन्तक रमेश चाम्लिङ राई लगायत विभिन्न माटो प्रेमि वक्ताहरुले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रममा श्रम संस्कृति पार्टीको सदस्यता तथा टि–सर्ट समेत वितरण गरिएको थियो ।

Screenshot
कार्यक्रमको अन्तमा आफ्नो मन्तब्य राख्दै देशमा अवको विकल्प भनेकै श्रम सस्कृति पार्टी रहेको र आसन्न निर्वाचनलाई लक्षित गरी प्रवाससभा हङकङलाई समेत सक्रिय बनाउने उदेश्यका साथ केही महिना अगाडी मात्रै गठन भएको तदर्थ समितिलाई पूर्णता दिइएको बताउदै देशलाई भ्रष्टचारमुक्त बनाउँदै पौरखी हातहरु चलाएर मातृभूमिलाई समुन्नत तर्फ लान आगामी निर्वाचनमा माटो चिन्हमा भोट दिएर श्रम संस्कृति पार्टीलाई विजयी गराउन समेत सम्पूर्ण देशवासी दाजु भाई तथा दिदीबहिनीहरुलाई संयोजक नुमा वाजी लिम्बुले अनुरोध गरेकी थिइन ।
प्रवासभाका संयोजक नुमा लिम्बु सभापति र ज्येष्ठ नागरिक कान्ता राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रमलाई सहजकर्ता टोप बहादुर याक्खाले संचालन गरेका थिए ।
समितिका पदाधिकारीहरुः
१.संयोजकः नुमा वाजी लिम्बु
२.सह–संयोजकः प्रकाश राई
३.सह–संयोजकः नेत्रपाल साम्पाङ
४.सह–संयोजकः दिपेन खालिङ राई
५.सचिवः सोहन राई
६.सह–सचिवः सरु राई
७.कोषाध्यक्षः अन्जन राई
८.सह–कोषाध्यक्षः इजु राई
९.प्रवक्ताः किरण लिवाङ लिम्बु
१०.सह–प्रवक्ताः इन्द्र लिम्बु
सदस्यहरुः
११.जन्म जय साम्पाङ राई
१२.राज कुमार बुढाथोकी
१३.टेक बहादुर कुलुङ
१४.बाल कुष्ण पुन
१५.मिलन खालिङ राई
१६.विजय लिम्बु
१७.सजिव राई
सल्लाहकारहरुः
१.कान्ता राई
२.टोप बहादुर याक्खा
३.माया लिम्बु
४.रोशन राई
५.मनि साम्पाङ राई
६.मनोज लिम्बु

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार